घोडेजात्रामा पहिलोपटक महिला घोडसवार


Monday, 27 Mar, 2017 11:31 AM

दिपक खरेल, काठमाडौं-  नेपाली सेनाले वर्षौदेखि आयोजना गर्दैआएको घोडेजात्राको घोडसवारमा सोमबार पहिलो पटक सैनिक महिलाले सहभागिता जनाएकी छिन्। नेपाली सेनाले घोडेजात्राको अवसरमा प्रर्दशन गरेको शो(जम्पमा महिला सैनिक सिपाही हरीकुमारी गुरुङले सहभागिता जनाएकी हुन्।
घोडेजात्राका अवसरमा वर्षेनी सेनाले अश्वकलाका विविध पक्ष र महत्व झल्कने प्रर्दशनी आयोजना गर्दैआएको छ।

सेनाको क्याभलरी गणमा घुडसवारसम्बन्धी तालिम लिएकी गुरुङको प्रर्दशन आर्कषक तर जोखिमपूर्ण रहेको थियो। सेनामा महिलाको प्रतिधित्व बढाउने प्रधानसेनापतिको तीनवर्षे योजनाअनुसार यसपटक घोडसवारमा महिला सैनिकको प्रतिनिधित्व गराइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

घोडेजात्राका अवसरमा वर्षेनी सेनाले अश्वकलाका विविध पक्ष र महत्व झल्कने प्रर्दशनी आयोजना गर्दैआएको छ। यसपटक घोडेजात्राका अवसरमा टुँडिखेलमा राईड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, नेपाली सेना र नेपाल प्रहरीको चार्जर घोडा दौड, साईकल रेश र डगशोको प्रर्दशनी भएको थियो। यस्तै,  घोडाको विकासक्रम झल्कने प्रदर्शनी कार्यक्रमको आकर्षण बन्यो। नियमित हुने शो–जम्प, क्याभलरी राईड, टेण्ट पेगिङ्ग, क्रस टेण्ट पेगिङ्ग, लान्स एण्ड रिङ्ग, स्वर्ड एण्ड लेमन, लान्स हिट प्याग, लान्स सुईरो र क्रिज, हर्ष बल, भल्टिङ्ग, सिक्स वारररेन फ्रि जम्प, म्युजिकल राइड, ट्रिक राइड, क्रसकन्ट्री र डग अब्स्टे्रकल प्रदर्शन गरिएको थियो।

निर्देशनालयका अनुसार घोडेजात्रामा भएको म्यूजिकल राइड प्रतिस्पर्धामा घोडसवार उपसेनानी सरोज पुडासैनी प्रथम र घोडसवार उपसेनानी पशुराम पाण्डे द्वितिय भएका छन्। शो–जम्पमा घोडसवार हुद्वालाल बहादुर कुँवर प्रथम र घोडसवार करणकुमार चौधरी द्वितिय भएका छन्। पुरस्कृतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शिल्ड तथा प्रमाण्पत्र प्रदान गरेकी छिन्।

 प्रधानमन्त्रको सहभागिता नरहेको घोडेजात्रा

नेपाली सेनाले मुख्यअतिथिबिना नै यस वर्षको घोडेजात्रा सम्पन्न गरेको छ। सेनाले वर्षेनी आयोजना गर्ने घोडेजात्राका मुख्यअतिथि प्रधानमन्त्री रहने गर्छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशबाहिर भएको र कार्यवाहक प्रधानमन्त्री नतोकिएको कारणले घोडेजात्रामा तीनजनामध्ये कोही उपप्रधानमन्त्री सहभागी भएनन्।

सेनाले टँुडिखेलमा रहेको सैनिकमञ्चको अग्रस्थानमा प्रमुख अतिथि सेनाका परमाधिपति राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशका लागि स्थान छुट्याएको हुन्छ। यसपटक उक्त स्थानमा राष्ट्रपति भण्डारी,  उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानन्यायाधीश सुशिला कार्की मात्र उपस्थित रहे।

घोडेजात्राको इतिहास

प्रत्येक वर्ष गुरुमापा नामको दैत्यबाट मुक्ति पाएको सम्झनामा  टुँडिखेलमा घोडेजात्राको आयोजना हुने गरेको छ।

किम्बदन्तीअनुसार  टुँडिखेलको पूर्व दक्षिणको रुखमा रहेको गुरुमापाले मानव बस्तीमा दुःख दिने तथा बालबालिका खाइदिने गरेकाले सो दैत्यलाई घोडाको टापले कुल्चेर मारिएको सम्झनामा यो पर्व मनाउने गरिन्छ। सेनाले १९०६ मा घोडचढी सैनिक दल स्थापना गरेपछि अश्वकलालाई संस्थागत र व्यवहारिक प्रयासको सुरुवात भएको मानिन्छ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार तत्कालीन राजा सुरेन्द्रविक्रम शाह तथा प्रधानमन्त्री जंगबहादुर राणाका पालामा रिसल्ला नामबाट घोडचढी सैनिक टुकडी स्थापना गरिएको थियो। नयाँसडकस्थित भूगोलपार्कमा घोडा तबेला स्थापना गरिएको थियो।

Related News

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top