सुन तस्करका मुख्य तस्करको पहिचान, एजेन्ट पक्राउ


Thursday, 12 Jan, 2017 12:00 AM

काठमाडौं -अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न मुख्य एजेन्ट पक्राउ परेका छन् । मुख्य एजेन्ट काभ्रेका रामहरि कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार पक्राउ गरेको हो ।

विमानस्थलबाट तस्करी गरेर ल्याएको सुन कार्कीले राजधानीका सुन पसले लगायत विभिन्न व्यक्तिसम्म पु¥याउने गरेको सिआइबीले जनाएको छ । प्रहरीका अनुसार मुख्य तस्कर र तस्करीको सुन किन्ने पसलेको पनि पहिचान भइसकेको छ । तस्करीमा संलग्न थप केही व्यक्ति पक्राउ परिसकेको र गिरोहमाथि अनुसन्धान भइरहेको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए ।

गत बिहीबार साढे ३३ किलो सुनसहित पक्राउ परेका नेपालगन्जका गोपालबहादुर शाहीसँग सुन लिएर कार्कीले व्यापारीहरूलाई पठाउने गरेको सिआइबीले जनाएको छ ।

शाहीसँगै पक्राउ परेका सन्तोष काफ्ले र दिलबन्धु थापाले भने दुबईमा बसेर सेटिङ मिलाउँदै आएका थिए । नेपाल आएको वेला सुनसहित उनीहरू पक्राउ परेका हुन् ।

Related News

बिचार

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

डीएसपी हुँदा एसएसपी पक्राउ गर्नुपर्दा

बडाहाकिम अनुहारमा चिटचिट पसिना निकाल्दै हातमा एउटा कागज समातेर आफ्नो कार्यकक्षमा ओहोरदोहोर गरिरहेका थिए । मैले आफू आएको जानकारी गराउनासाथ उनले ‘माथिको आदेश’ भन्दै हड्बडाउँदै र दुवै हात कमाउँदै (आवा) आकाशवाणीका रूपमा प्राप्त गरेको कागजको एउटा टुक्रा मतिर बढाए । तलदेखि माथिसम्म पढेँ । धेरै कुरा केही थिएन । गृह मन्त्रालयबाट जारी गरिएको गोप्य निर्देशन रहेछ । जसमा लेखिएको थियो, ‘विशिष्ट राजनीतिक परिस्थिति सिर्जना हुन पुगेकाले उल्लिखित ६ व्यक्तिलाई तुरुन्त पक्राउ गरी हिरासतमा लिनू र यस कदमविरुद्ध कुनै व्यक्ति वा समूहद्वारा राजनीतिक क्रियाकलाप प्रदर्शन गर्न खोजे उनीहरूलाई पनि यसै आदेशका आधारमा पक्राउ गरी माथि जानकारी गराउनू ।’ पाँच जना व्यक्तिको नाममा मलाई त्यस्तो अप्ठ्यारो लागेन । तर, एक जना व्यक्तिको नामले मलाई भित्रैदेखि झकझक्यायो । मैले ती नाम दोहोर्‍याएर–तेहेर्‍याएर पढेँ । एकपटक झस्किएँ पनि, कतै आफ्नै नाम त छैन भनेर । मेरो नाम त थिएन तर मभन्दा माथिल्लो तहका प्रहरी अफिसर अर्थात् एसएसपीको नाम त्यो पक्राउ गर्नू भन्ने पुर्जामा चौथो नम्बरमा थियो । उनी नेपाली कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायका नातेदार थिए ।

महत्वपूर्ण वेबसाइट

Top