यी हुन् नेपालका ‘टप १०’ सुन तस्कर


Tuesday, 12 Sep, 2017 12:00 AM

काठमाडौं - नेपाल प्रहरीले विभिन्न स्थानबाट अबैध सुन बरामद गर्न थालेपछि सुन तस्करका नाईकेहरू छटपटाउन थालेका छन् । पछिल्लो एक बर्षको अवधिमा प्रहरीले काठमाडौं र रसुवाबाट मात्रै एक सय पचास किलो भन्दा बढी सुन बरामद गरेपछि तस्करहरू छटपटाउन थालेका हुन् । प्रहरीले मात्र होईन सुन बोक्ने भरिया र क्यारिङवाला स्वयम्ले सुन बोकेर फरार हुन थालेपछि झन सुन तस्कर तर्सित हुन थालेका छन् । एक बर्षको अवधिमा प्रहरीले बरामद गरेको बराबरको सुन भरिया र क्यारिङवालाले गायव बनाएको चर्चा यतिखेर तस्करबीच चल्न थालेको छ । नेपालका नामुद सुन तस्कर बौद्धका आम्डो घ्याम्चोले यतिखेर आफ्ना छोरा कुङ्गा टासीलाई प्रयोग गरेर सुनको तस्करी गर्दै आएका छन् ।

जनप्रहार साप्ताहिकका अनुसार घ्याम्चोको सुन पटक–पटक बरामद भएपनि उनि भने कानुनको कमजोरीको फाईदा उठाउँदै उम्कन सफल भएका छन् । २०६९ सालमा काठमाडौं परिसरले बरामद गरेको १६ किलो, २०७० मा काभ्रेमा लुटपाट भएको १२ किलो, त्यसको लगत्तै काठमाडौं प्रहरीले बरामद गरेका ८ किलो सुनका मालिक घ्याम्चो थिए । तर उनी १६ किलोमा प्रहरीको अनुसन्धानमा तानिएपनि राजश्व अनुसन्धान बिभागले जोगाएको थियो । तत्कालिन समयमा राजश्वका उपसचिव भरत सुवेदीले जोगाएका थिए । तिनै घ्याम्चो अहिले आफ्नो छोरा कुङ्गालाई अघि सारेर नियमित सुन तस्करी गर्दै आएका छन् ।

उनको सुन क्यारिङ सिन्धुपाल्चोकका टेम्बो शेर्पा, राजु घलान तमाङ, सोनाम शेर्पा लगायत एक दर्जनले गर्दै आएका छन् । स्रोतका अनुसार पछिल्लो समय तस्करी गरी ल्याएको ५ किलो सुन सहित घ्याम्चोका भरिया सोनाम शेर्पा फरार छन् । स्रोतका अनुसार भरिया शेर्पा भारतको दिल्लीमा छन् । त्यस्तै सुन तस्करका अर्का नाईके हुन् सिन्धुपाल्चोक घर भई बौद्ध बस्ने शम्भू शेर्पा तस्करीबाटै करोडपति बनेका हुन् । शेर्पा अहिले बौद्धमा रहेको उनको आलिशान महलमा बस्दै होटल हायातको फिटनेश क्लबमा शारिरिक ब्यायामको लागि पुग्ने गर्छन् । देखाउटी व्यवसायी नै केही नभएका शेर्पाको दैनिक भनेकै सुन तस्करी गर्नु हो ।

सिन्धुपालचोकका छिरिङ शेर्पा पनि सुन तस्करका टप फाईप भित्र पर्ने पात्र हुन् । ढेड बर्ष अगाडी तातोपानीबाट राजधानी भित्रिदै गरेको बा९च १४६३ नम्बरको कालो कारमा १८ थान सुन बरामद भएपछि छिरिङको धन्दा छताछुल्ल भएको हो । छिरिङ सहित उनका दाजुभाई साङ्गे शेर्पा र मिङमार शेर्पा पनि सुन तस्करका नाईके भएका स्रोतको दाबी छ । सुन तस्करी गरेकै भरमा छिरिङले स्वयम्भूमा बंगला ठड्याएका छन् । लिपिङ सिन्धुपाल्चोकका छिरिङ समान्य परिवाका व्यक्ति हुन् । सुन तस्करी गरेर छिरिङ हाल करोडका मालिक भएका छन् । भिक्षु पोशाकमा रहेका मिङमारले भिक्षुको भेषमा सुन भारतसम्म पु¥याउने काम गर्दै आएका छन् । उता दोलखाका पेम्पा दोर्जे शेर्पाले पनि एक दर्जन क्यारिङवाला र भरियाको प्रयोग गरेर सुन तस्करी गर्दै आएका छन् । नवीन भन्ने राजुकुमार राई, मोहन कुमारलाई सुन बोक्न लगाउँदै आएका छन् ।

पछिल्लो समय तातोपानी नाका बन्द भएपछि यी तस्करले केरूङ नाकालाई मुख्य आधार बनाएर सुन तस्करी गर्दै आएका छन् । तस्करीमा बारम्बार प्रहरीको नाम जोडिँदै आएपनि सुन तस्करहरूले भगवान भरोसाको भरमा काठमाडौं भित्राउँदै आएका छन् । सामान्य चेकजाँचमा सुन बरामद हुदैन, विना सूचना बाटोमा हिँडेको गाडीलाई नियन्त्रमा लिएर ४–५ घण्टा खानतलासी गर्न सम्भव नहुने हुँदा सुन तस्करी मौलाएको हो ।
दिनको सयौं गाडी केरूङ नाकाबाट काठमाडौं भित्रीन्छ । ति गाडी मध्ये २–४ वटा गाडीबाट सुन पास हुँदै आएको छ । सुन बोक्ने र क्यारिङ गर्नेको चहलपहलमा शंका लागे तस्करीकै सदस्यहरूले प्रहरीलाई खबर गर्दै आएका छन् । भरियाले केही सुन लुकाएर प्रहरीलाई आफै खबर गरी पक्राएर जेल बस्न तयार हुन्छ ।

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top