हिमालयन बैंकमा नक्कली सर्टिफिकेटका भरमा जागिर !


Tuesday, 6 Feb, 2018 12:00 AM

काठमाडौं - नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरो (सिआईबी)ले नक्कली सर्टिफिकेटधारी डक्टर, ईन्जिनियर र पाईलटलाई कारवाहीको दायरमा ल्याएपछि अन्य क्षेत्रमा पनि नक्कली सर्टिफिकेटको भरमा जागिर खानेको भाग दौड मच्चिएको थियो । भागदौड बैंककिङ क्षेत्रमा पनि देखियो ।


नेपाल मै बनाएको नक्कली सर्टिफिकेट भरमा जागिर खाने व्यक्तिले पदबाट राजीनामा दिएपनि भारतिय मुलमा बनाईएका सटिफिकेट धारी भने अहिले पनि बैंकिङ क्षेत्रमा सयौंको संख्यामा रहेका छन् । स्रोतका अनुसार हिमालयन बैंकमा यस्ता नक्कली सर्टिफिकेटवाला दुई दर्जनको हाराहारीमा रहेका छन् । यि नक्कली सर्टिफिकेटधारीलाई बैंकका प्रमुख कार्याकारी (सिईओ) अशोक राणा समुहले संरक्षण दिएको छ ।


उच्च पदस्थ पदमा समेत रहेका ति नक्कली सटिफिकेटधारी कर्मचारीलाई बैंकका र राणाका धेरै कमजोरी थाहा भएको हुँदा सिईओ राणाले चाहेर पनि निकाल्न नसक्ने हुँदा उनिहरूले बैंकमा हैकम चलाउँदै आएको स्रोत बताउँछ । यि नक्कली सर्टिफेकटको बारेमा नेपाल प्रहरीका सिआईबीले अनुसन्धान गर्ने हो भने धेरै कुरा बाहिर आउने बैंकका एक कर्मचारी बताउँछन् । उता सिईओ राणाले आफ्नो मनपरि तरीकाले बैंक सञ्चालन गर्दा शेरधनी बिच पनि विवाद चल्दै आएको छ ।


बैंकको उन्नती नचाहाने कर्मचारी र जागिर जोगाउन लागिपरेका नक्कली सर्टिफिकेटधारी कर्मचारीलाई साथमा लिएर सिईओ राणा पदमा टिकिराखेका छन् । बैंकको पहिलाको भन्दा स्तरोन्नती खस्कीँदा पनि राणा पदमा टाँसिएर बसेको आरोप लागेको छ । उता बैंकमा ११.८५ प्रतिशत सेयर रहेको खेतान समूहको म्युचुअल ट्रेडिङलाई संचालक समितिमा प्रतिनिधित्व नगराइएपछि  बैंकमा झनै विवाद चर्किदै आएको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) ले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व चारबाट तीनमा झारेपछि एकजना संस्थापक समूहका सदस्य बाहिरिनुपर्ने भएपछि विवादको अबस्था सिर्जना भएको हो । केही अघिसम्म अरूण केसीले सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका थिए ।
केसीले खेतान समूह छाडेपछि म्युचुअल ट्रेडिङले सञ्चालक समितिबाट उनको मनोनयन फिर्ता गरी प्रसाद ज्ञवालीलाई गत भदौ ८ मा सिफारिस गरेको थियो । ज्ञवालीको नाम बैंकको सञ्चालक समितिमा प्रवेश नगराइएपछि विवाद चर्किएको हो ।


हिमालयन बैंकमा लामो समयदेखि अध्यक्ष मनोज बहादुर श्रेष्ठ र सीईओ राणाबीचमा विवाद चल्दै आएको छ । विवाद गरिरहे पनि आफ्नो स्वार्थ  पुरा गर्न  सीईओ र सञ्चालक समिति दुवैको पदावधि सकिन लाग्दा दुवैले एकअर्कालाई सघाई पदावधि लम्ब्याएका छन् ।सन् १९९३ मै स्थापना भएको बैंकले विवादकै कारण अपेक्षित वृद्धि हासिल गर्न सकेको छैन ।

 

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top