हिमालयन बैंकमा सिईओ राणाको मनपरी


Tuesday, 30 Jan, 2018 12:00 AM

काठमाडौं - हिमालयन बैंकका प्रमुख कार्यकारी (सीईओ) अशोक राणाले मनोमानी तरीकाले बैंक सञ्चालन गर्दा बैंकका संस्थापक शेयर धनीबीच विवाद चर्किएको छ । ११.८५ प्रतिशत सेयर हुने खेतान समूहलाई प्रतिनिधित्वबाट अलग गरिएपछि विवाद चर्किएको हो । म्युचुअल ट्रेडिङले विशेष साधारणसभाको माग गर्दै निवेदन समेत दिएको छ । तर सिईओ राणाले नियम कानुनको धज्जी उडाउँदै बैंक आफ्नो अनुकलतामा सञ्चालन गर्दै आएका छन् । संस्थापक मध्येबाट सञ्चालकहरू सलिम अम्लारी (हबिव बैंक), सुशील विक्रम थापा (आभा इन्टरनेसनल) र प्रचण्डबहादुर श्रेष्ठ (छाया इन्टरनेसनल) ले प्रतिनिधित्व गरिरहेका छन् । मनोजबहादुर श्रेष्ठ (एन ट्रेडिङ ) सञ्चालक समितिको अध्यक्ष छन् । 


एन ट्रेडिङ र छाया इन्टरनेसनल नरसिंहबहादुर श्रेष्ठको परिवारको हो । अध्यक्ष मनोजबहादुर र सञ्चालक प्रचण्डबहादुर नरसिंहबहादुरका छोरा हुन् । एन ट्रेडिङको १२.७१ प्रतिशत र छाया इन्टरनेसनलको ८.८९ प्रतिशत सेयर छ । आभा इन्टरनेशनल हिमालय शमशेर राणाको हो, जसको ११.३८ प्रतिशत सेयर छ । बैंकमा ११.८५ प्रतिशत सेयर रहेको खेतान समूहको म्युचुअल ट्रेडिङलाई प्रतिनिधित्व नगराइएपछि विवाद चर्किएको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) ले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व चारबाट तीनमा झारेपछि एकजना संस्थापक समूहका सदस्य बाहिरिनुपर्ने भएपछि विवादको अबस्थामा सिर्जना भएको हो । 


बैंकमा पाकिस्तानको हबिव बैंकको २० प्रतिशत र कर्मचारी सञ्चय कोषको १४ प्रतिशत शेयर छ । उनीहरूको प्रतिनिधित्व बैंक सञ्चालक समितिमा छ ।


केही अघिसम्म अरूण केसीले सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका थिए । केसीले खेतान समूह छाडेपछि म्युचुअल ट्रेडिङले सञ्चालक समितिबाट उनको मनोनयन फिर्ता गरी प्रसाद ज्ञवालीलाई गत भदौ ८ मा सिफारिस गरेको थियो । ज्ञवालीको नाम बैंकको सञ्चालक समितिमा प्रवेश नगराइएपछि विवाद चर्किएको हो ।


बाफियाले संस्थापक सेयरधनी समूहको सञ्चालक समितिमा प्रतिनिधित्व संख्या चारबाट तीनवटामा घटाइदिएको छ । सञ्चालक समितिमा म्युचुअल ट्रेडिङको मनोनयन गर्न बहालवाला एकजना सञ्चालकलाई हटाउनुपर्ने भएपछि समितिले नयाँ सञ्चालक मनोनयनमा चासो नदिएको हो । बैंकमा ११.५७ प्रतिशत सेयर भएको म्युचुअल ट्रेडिङलाई प्रतिनिधित्वविहीन बनाई ८.८७ प्रतिशत सेयर भएको छाया इन्टरनेसनलको प्रतिनिधित्वलाई निरन्तरता दिइएपछि कम्पनी रजिस्ट्रार कार्यालय र राष्ट्र बैंकमा समेत उजुरी परेको छ । 


बैंकमा २१.६ प्रतिशत सेयर हुने नरसिंहबहादुर श्रेष्ठको परिवारबाट अध्यक्ष र सञ्चालक गरी दुईजनाको प्रतिनिधित्व छ । तर, ११.८५ प्रतिशत सेयर हुने खेतान समूहलाई बाहिर राखिएको छ। बढी सेयर हुँदाहुँदै पनि प्रतिनिधित्वबाट अलग गरिएपछि म्युचुअल ट्रेडिङले विशेष साधारणसभाको माग गरी निवेदन दिएको थियो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार सेयर योगदानमुताविक नयाँ सञ्चालक समिति गठनका लागि उसले विशेष साधारण सभा माग गरेको थियो । बाफियाअनुसार सञ्चालक समिति समायोजन गर्न राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । तैपनि, सञ्चालक समितिले खेतान समूहको माग सुनुवाइ गरेको छैन ।


हिमालयन बैंकमा लामो समयदेखि अध्यक्ष श्रेष्ठ र सीईओ राणाबीचमा विवाद भएको पिटैदै आएका छन् । विवाद गरिरहे पनि स्वार्थ मिल्दा दुवै एक हुने गर्छन् । सीईओ र सञ्चालक समिति दुवैको पदावधि सकिन लाग्दा दुवैले एकअर्कालाई सघाई पदावधि लम्ब्याएका थिए । सन् १९९३ मै स्थापना भएको बैंकले विवादकै कारण अपेक्षित वृद्धि हासिल गर्न सकेको छैन। नाफामा उसलाई नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक लगाएतले पछि पारिसकेका छन् । राणाले एसएलसी फेल भएकालाई समेत बंंैकमा जागिर दिएका छन् । केही भ्रष्ट प्रहरीको अनुरोधमा गत बर्ष राणाले अन्य बैंकबाट निकालिएका व्यक्तिलाई समेत हिमालयन बैंकमा जागिर लगाएका छन् । 

 

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top