लायन्स क्लवद्वारा एचआईभी संक्रमित वालवालिकालाई कपडा वितरण


Monday, 5 Dec, 2016 12:00 AM

काठमाण्डौ -विश्व एड्स दिबसको अबसरमा लायन्स क्लव अफ काठमाडौ नेटवर्कले एचआईभि संक्रमित तथा टुहुरा बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । क्लवले सितापाईला स्थित पुर्नवल प्लस होममा एक कार्यक्रम गरी चौतिस जना वालवालिकाहरु लाई न्यानो कपडा वितरण गरेको हो । लायन्स क्लव ईन्टरनेशनल ३२५ बि वान अन्तर्गत लाईन्स क्लव अफ काठमाण्डौं नेटवर्कद्वारा आयोजित कार्यक्रममा लाईन्स क्लब ईन्टरनेशनल एम.डी.३२५ बि वान्को पाष्ट मल्टीपल काउन्सिल प्रमुख (पिएमसिसि) पिएमजेएफ लायन राजन लम्साल, ३२५ बि वानका प्रमुख डिस्ट्रिक सल्लाहकार  एमजेएफ लायन ईन्दु लम्साल, रिजन चियर पर्सन लायन विनय खकुराल, क्लब प्रेसिडेन्ट लायन बलराम पाठक, पुर्नबल होमका प्रमुख महेश श्रेष्ठ, क्लब सेक्रेटरी लायन राजनबाबु श्रेष्ठ, नेटवर्क कोषाध्यक्ष लायन चुडाप्रसाद वस्ताकोटी लगायतको उपस्थिती थियो । 
 
न्यानो कपडा वितरण गर्दै पिएमसिसि लायन राजन लम्सालले लायन्स क्लव समाज सेवामा समर्पित संस्था भएका कारण यसले आफ्ना सम्पूर्ण गतिबिधिलाई लोककल्याणकारी कार्यमा केन्द्रित गरेको वताउनु भयो । लायन्स क्लव अफ काठमाडौ नेटवर्कले असहाय वालवालिकाहरुलाई न्यायो कपडा वितरण गरेकोप्रति धन्यवाद दिँदै लम्सालले सम्पूर्ण लायन सदस्यहरुले सामाजिक हितको कार्यमा आफूलाई क्रियाशील राख्नु पर्ने वताउनु भयो । एमजेएफ लायन ईन्दु लम्सालले लायनको तर्फबाट प्रदान गरिएको सानो सहयोगले बालबालिकाहरुको दैनिकीलाई सहज बनाउने विश्वास ब्यक्त गर्नु भयो । लायन्स क्लव अफ काठमाडौ नेटवर्कका प्रमुख बलराम पाठकले नेटवर्कको तर्फबाट यस्ता सामाजिक सरोकारका कार्यहरु भइरहेका र आगामी दिनमा पनि गरिरहने बताउनु भयो । ३२५ बि वान डिष्ट्रिक रिजन चियर पर्सन लायन विनय खकुरालले विगतका वर्षहरुमा पनि पुर्नबल प्लस होममा क्लवको तर्फबाट न्यानो कपडा वितरण गरेको स्मरण गर्दै आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने बताउनु भयो । पुनर्बल प्लस होमका प्रमुख महेश श्रेष्ठले लायन्स क्लव अफ काठमाडौ नेटवर्क तथा सम्पूर्ण लायन सदस्यहरुलाई धन्यवाद प्रदान गर्नु भएको थियो ।

Related News

बिचार

नवराज सिलवाल प्रकरणः गणतन्त्रको कोतपर्व

-कृष्णा पौडेल,
निश्चय नै सिंगो राष्ट्रको अगाडि नागरिक नै हार्ने हो । राष्ट्रको जितका लागि नागरिकलाई हराउने हो । यो युनिर्भसल वा युर्निभसल जस्तै हो । हात्ती र हात्तीछाप चप्पल जस्तै । राज्य हार्नु हुँदैन भन्दै आफ्ना अभिष्ट पुरा गर्न केही नेता र प्रहरी स्वयंले प्रहरी संगठनमाथि खेले । यो भन्दा मेरो पुवाग्रह देखिन सक्छ । समाचारको बहानामा सञ्चार माध्यमले व्यक्तिको मानहानी गर्दै दोषी नै प्रमाणित गरिदिए । सिंगो राष्ट्र जो एक असल नागरिकको विपक्षमा लागिरहेको छ । जो एक असल नागरिकलाई हराउन लागिपरिरहेको छ । मिडिया, जसलाई त्यही राज्यद्वारा नियन्त्रित संस्थाले दिएको रिपोर्टको आधारमा न्याय खोजिरहेको व्यक्तिलाई दोषी नै प्रमाणित गरी समाचार छापिरहेका छन् । घन्काइरहेका छन् । सिलवाल र सरकार दुवै तर्फका आ–आफ्ना प्रतिवेदन विभिन्न मिडियामा आइसकेका छन् । प्रतिवेदनमा दुवै पक्षले आफू सही भएको यथेष्ट प्रमाण दिन खोजेका छन् ।

आईजीपी नियुक्ति प्रकरण :- कता जाँदैछ नेपाली कांग्रेस ?

सर्वोच्च अदालतले आइजीपी नियुक्तिका सन्दर्भमा गरेको फैसला कार्यन्वयन नगराउन कांग्रेस सभापति देउवा स्वयं सक्रिय भएको प्रचार सुरु भएको थियो । कांग्रेसको यो निर्णयले त्यो आरोपलाई पुष्टि गरेको छ । अदालतले निर्णय दिईसकेपछि कार्यान्वयनमा सघाउनुको विकल्प छैन । देउवाको आज जुन राजनीतिक उचाई छ यसमा स्वतन्त्र न्यायालयको ठूलो योगदान छ । पहिलो कुरा, सर्वोच्च अदालतका तत्कालिन न्यायधीशले ‘नेविसंघ अवैध हो’ भन्ने राजाको इच्छा मानिदिएको भए देउवाको राजनीतिक उदय नै हुने थिएन । त्यतिबेलै प्रतिबन्ध लागेर सेलाउँथ्यो । नेविसंघको अध्यक्ष बनेपछि नै देउवाको राजनीतिक शिखर आरोहरण सुरु भएको हो । त्यतिबेलाको निरंकुश राजतन्त्रले समेत अदालतको फैसलालाई दायाँबायाँ गर्ने आँट गरेन ।

महत्वपूर्ण वेबसाइट

Top