​जनार्दन गृहमन्त्री बनेपछि सचिव र आईजीपीको किन भयो निदहराम


Thursday, 8 Jun, 2017 12:00 AM

काठमाडौं  -ऊर्जामन्त्रीका रुपमा सफल कार्यकाल पूरा गरेका जनार्दन शर्मा गृहमन्त्री बनेका छन् । शर्मा गृहमन्त्री बन्नेबित्तिकै अहिले केही व्यक्तिहरुको निदहराम भएको छ । गृहमन्त्री शर्मा नेकपा माओवादी केन्द्रका अहिलेसम्मकै सबैभन्दा सफल मन्त्री हुन् । उनी युद्धकालमा पनि डेपुटी कमाण्डरसम्म बनेका थिए । हक्की स्वभाव, इमानदार तथा लोकप्रिय छवि बनाएका शर्मा ऊर्जामन्त्री बनेपछि मुलुकमा दिनमा १८ घण्टासम्म हुने लोडसेडिङ हटाउन सफल भएका थिए । सो क्रममा विद्युत् चोरी गर्ने, विभिन्न माफिया र भ्रष्टाचारीलाई कारबाही गरेर तह लगाएका थिए । 

अहिले गृहमन्त्री बनेका शर्माले आफूमातहतका निकायमा भएका गलत क्रियाकलाप, भ्रष्टाचारलगायतको भण्डाफोर गर्ने र केही व्यक्ति कारबाहीको भागिदार हुने सम्भावना देखेपछि उनीहरु आत्तिएका हुन् । गृहमन्त्रालयअन्तर्गत नेपाल प्रहरी पनि पर्ने र प्रहरीमा पछिल्लो समय राजनीति, भ्रष्टाचार, सहकर्मीमाथि हिलो छ्याप्ने काम भइरहेको छ । प्रहरीमा यसअघि भएका काला कर्तुतहरु खुल्ने डरका कारण पूर्वआईजीपी उपेन्द्रकान्त अर्याल, हालका आईजीपी प्रकाश अर्याल, गृहसचिव लोकदर्शन रेग्मी र आईजीपी अर्यालका मामा तथा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मालगायत व्यक्तिहरु त्राहिमाम भएको स्रोतको भनाइ छ । 

आईजीपी अर्याल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहँदा ३५ किलो सुनकाण्डमा मुछिएका थिए । उनले गलत रुपमा सुराकी खडा गरेर लाभ लिन खोजेको भन्दै सर्वत्र आलोचना पनि भएको थियो । त्यतिमात्र नभएर तत्कालीन लेखा समितिमा पनि त्यो प्रकरण पुगेको थियो । तत्कालीन लेखा समितिका सभापति थिए जनार्दशन शर्मा । शर्माले अर्यालमाथि छानबिन र कारबाही गर्नसक्ने प्रक्रियामा पुगेपछि रातारात सांसद किनबेच भएको थियो । समितिमा सभापति शर्मा र नेपाली कांग्रेसका धनराज गुरुङ मात्र कारबाही गर्ने पक्षमा भए । अन्य सांसदहरुको असहयोगका कारण अर्याल कारबाहीबाट बचेका थिए । 

पछि त्यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो । सोही बेलामा नै पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालले १ किलो सुन बरामद काण्डमा आफ्नो श्रीमतीलाई नक्कली सुराकी खडा गरेको सम्बन्धमा अख्तियारमा उजुरी परेको थियो । त्यतिमात्र नभएर उपेन्द्रकान्तको पालामा प्रहरीमा ज्याकेट खरिद काण्ड, हालैमात्र म्यादी प्रहरीलाई धेरै रकम उल्लेख गरी थोरै रकम वितरणलगायत काण्डका कारण विगतदेखि वर्तमानसम्मका प्रहरी अधिकृत तथा गृहका सचिव रेग्मी पनि तानिने सम्भावना रहेको स्रोतको भनाइ छ । इमानदार र सदाचारको स्वभाव भएका शर्मा गृहमन्त्री बनेपछि उनले अवश्य नै कारबाही गर्नेछन् भन्ने डरका कारण उक्त व्यक्तिहरुको निदहराम भएको स्रोतको दाबी छ । 

स्रोतका अनुसार उनीहरुले शर्मालाई गृह मन्त्रालयमा आउन नदिन भरमग्दुर प्रयास गरेका थिए । उनीहरुले नेपालस्थित भारतीय दूतावासमार्फत गृहमन्त्रीमा शर्माको साटो माओवादीकै कृष्णबहादुर महरा ल्याउन लबिङ गरेका थिए । यसका लागि भारतसँग राम्रो सम्बन्ध बनाएका कांग्रेसका नेता अमरेश कुमारलाई प्रयोग गरिए पनि उनीहरुको सो प्रयास सफल भएन । स्रोतका अनुसार शर्मालाई भारतीय दूतावासबाट कुरा गर्नका लागि पटकपटक फोन पनि आएको थियो । तर, शर्माले आफू बरु मन्त्री नै नबन्ने तर कसैको प्रभावमा परेर काम नगर्ने मनसायका साथ दूतावासको आग्रहलाई कुनै रेन्स्पोन्स नै नदेखाको स्रोतको भनाइ छ । 

    गृहमन्त्रीमा शर्मा नियुक्त भएपछि सचिव पनि फेरिने र आफ्नो पोल खुल्ने भएकाले कारबाहीबाट बच्न उनीहरुले प्रयास गरेका थिए । आफ्नो प्रयास असफल भएपछि बुधबार गृह मन्त्रालयमा गृहमन्त्री शर्मालाई स्वागत गर्न पुगेका सचिव रेग्मी र आईजीपी अर्याल मलीन मुद्रामा देखिन्थे । गृहमन्त्री शर्माले आफ्नो पहिलो प्रेस सम्मेलनमा नै आफू मातहतका अधिकारीहरुलाई अनावश्यक वक्तव्यबाजी, अन्तर्वार्ता दिन रोक लगाएका छन् । साथै, सिपाहीदेखि जनताको मनोभावनाअनुसार प्रहरी संगठनको कामकारबाही अघि बढाइने भन्दै कडा रुपमा प्रस्तुत भएका छन् । शर्माको कार्यशैलीलाई बुझेका कारण पनि केही व्यक्तिहरुको निदहराम भएको छ ।

Related News

बिचार

पूर्वराष्ट्रपति डा रामवरण यादवको सनसनीपुर्ण खुलासा :- मैले तीनपल्ट सेना बचाएको छु

अहिले सम्झिँदा– पहिलो संविधानसभामा जुन पार्टीहरूले सेरेमोनियल राष्ट्रपतिको भरपूर उपयोग गरे, दोस्रो सभामा तिनैले अविश्वास गरेजस्तो लाग्दैन रुतपाईंले यो एकदम ठिक भन्नुभयो । उनीहरूले सत्ताको लागि यसो गरेका हुन् । राष्ट्रपति सेरेमोनियल हो । तर, जुन बेला संसद् रहँदैन, त्यसको अख्तियार पनि राष्ट्रपतिकहाँ गइहाल्छ । बुद्धिजीवी, पत्रकारहरूले मलाई त्यसबेला बढी सक्रिय भएको भनी प्रश्न गर्ने पनि गर्छन् । सेनापतिको विषयमा यो प्रश्न उठ्छ । लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि सेनाको विषयमा मैले संविधानलाई अलिकति ‘इन्क्रोच’ (हस्तक्षेप) गरेकै हुँ । तर त्यो बुझेर गरिएको निर्णय थियो । किनभने, देशमा दुई वटा सेना थिए । कम्तीमा शिविरका लडाकुको व्यवस्थापन भइसकेपछि कार्यकारी प्रमुखले ‘फुल फङ्सन’ (पूर्ण भूमिका) गर्न सक्थ्यो । नत्र, कहिलेकाहीँ मैले लगाम लगाउनै पथ्र्यो । मैले यो कुरा प्रधानमन्त्री प्रचण्डलाई स्पष्ट भनिदिएको थिएँ, ‘तपाईं विद्रोही प्रधानमन्त्री, रक्षामन्त्रीले दुई वटा सेनाको समस्या समाधान गर्नुस् । त्यसपछि सेनाको इस्युमा हात हाल्नुस् ।’

प्रचण्डजी, बाबुरामजीहरूले एक डेढ महिनादेखि बाहिर आएर बोल्न थाल्नुभएको थियो । मेरो सोच र उहाँको सोचमा फरक हुन थाल्यो । मैले सिधै त सोधिनँ, तर भित्र–भित्रै होमवर्क गर्न थालिसकेको थिएँ । किनकि, मैले अरू पार्टीहरूको फरक विचार छ भन्ने थाहा पाइरहेको थिएँ । रक्षामन्त्री (बादल) ले प्रधानमन्त्रीकहाँ सेनापतिलाई बोलाएर मलाई सहयोग गर्न (राजीनामा दिन) भनेपछि सेनापतिले मलाई फोन गरेका थिए । दोस्रोपल्ट पनि त्यसैगरी बोलाएर सहयोग गर्न भनेको थाहा पाएपछि मैले (कटवाललाई) राजीनामा नगर्न भनें । म त्यसबेला पत्रकारको एउटा कार्यक्रममा थिएँ । बाटोबाटै सेनापतिको फेरि फोन आयो । मैले जवाफ दिएँ, ‘तपाईंले प्रधानमन्त्री र रक्षामन्त्रीलाई भन्नुहोला– संस्थागत प्रक्रियाबाट राजीनामाका लागि कुरा ल्याउन भन्नुस्, (संस्थागत बाटोबाट ल्याउँदा चिठी राष्ट्रपतिकहाँ आइपुग्छ) अहिले राजीनामा नगर्नुहोला ।’
पुलिस र सशस्त्रको नियमावली परिवर्तन नगर्नुस् भनेर मैले प्रधानमन्त्री राखेर उहाँलाई भनेको थिएँ । उहाँले नमान्ने हुँदा आज पुलिस र सशस्त्रको के दशा छ ? आज सशस्त्र भन्सार र एयरपोर्टमा बसिरहेको छ ।
 

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

महत्वपूर्ण वेबसाइट

Top