११ जिल्लामा सिडियो सरुवा,काठमाण्डौको नया सिडियोमा पन्थी


Saturday, 3 Jun, 2017 8:19 AM

काठमाडौं - गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ११ सहसचिव र १५ उपसचिवको सरुवा गरेको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा गृहले पुरानो मिति राखेर शुक्रबार सरुवा गरेको हो ।

गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमु्ख बालकृष्ण पन्थीलाई काठमाडौंको सीडीओ बनाइएको छ । काठमाडौंका सीडीओ हिमनाथ दुवाडीले अघिल्लो साता उमेर हदका कारण अवकाश पाएपछि उक्त पद रिक्त थियो ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख राजकुमार श्रेष्ठलाई ललितपुरको सीडीओमा सरुवा गरिएको छ । कास्कीका सीडीओ हरि मैनाली, ललितपुरका दीपक काफ्ले र बाग्लुङका भगीरथ पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । तर, तीनैजनाको महाशाखा तोएिको छैन । गृहको सबैभन्दा महत्त्वपूर्ण मानिने शान्ति सुरक्षा महाशाखामा मैनाली र काफ्लेमध्ये एकको जिम्मेवारी तोकिने सम्भावना छ ।

त्यस्तै कास्कीमा तारानाथ अधिकारी, बाग्लुङमा ऋषिराज तिवारी, धादिङमा महेश आचार्य, तनहुँमा रितेश शाक्य तथा नुवाकोटमा जगदीश बरालको सरुवा भएको छ । नुवाकोटका विष्णु पोखरेलको क्षेत्रीय प्रशासन कार्यालय पोखरा सरुवा भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Related News

बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउन सक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न सक्दा उनको सफलताको आरम्भ हुनेछ ।

महत्वपूर्ण वेबसाइट

Top