हुण्डि कारोबारी र गुण्डाको संरक्षणमा भ्याली एआईजी चन्द !


Wednesday, 11 Oct, 2017 12:00 AM

काठमाण्डौ -काठमाण्डौ उपत्यकाको सुरक्षा कमाण्ड सम्हालेका एआईजी जयबहादुर चन्द पछिल्लो समयमा हुण्डि कारोबारी र गुण्डाको संरक्षणकर्ताका रुपमा देखिएका छन । उनले आफु मातहतका प्रहरी कार्यालयहरुलाई हुण्डि कारोबारी र गुण्डाहरुलाई पक्राउ नगर्न दबाब दिएपछि त्यसको पुष्टि भएको हो । खास गरेर दरबारमार्ग, सोह्रखुट्टे, सिंहदरबार, वौद्ध, वालाजु र जनसेवामा कार्यरत प्रहरीका हाकिमहरुलाई आफै र आफ्ना पिएहरु मार्फत टेलिफोन गरेर गुण्डा र हुण्डि कारोबारीलाई पक्राउ नगर्न र पक्राउ परेकाहरुलाई छोड्न दवाव दिएका छन ।

सोमबार नयां वानेश्वर खरिवोट नजिक नेपाल निर्माण व्यवसायि संघका अध्यक्ष शरद गौचनको हत्यापछि काठमाण्डौ प्रहरीले मातहतका प्रहरी ईकाईहरुलाई शंकास्पद गुण्डाहरुलाई पक्राउ गर्न आदेश दिएकोमा एआईजी चन्दले केहि व्यक्तिहरुलाई पक्राउ नगर्न दवाव दिएको स्रोतको दाबी छ । त्यसैगरि मंगलबार र बुधबार जनसेवा प्रहरीले पक्राउ गरेका हुण्डि कारोबारीलाइृ छोड्न पनि उनले आफ्ना सहयोगी मार्फत दवाव दिएका छन । जनसेवा प्रहरीले मंगलबार न्युरोडबाट हुण्डि व्यवसायी सुवास गौतमलाई १७ लाख तथा बुधबार जनसेवा प्रहरीले नै तीन लाख ७७ हजार सहित शसि मल्ल र एक लाख १९ हजार सहित कृष्णराज बुढालाई पक्राउ गरेका  थियो ।

उनिहरुलाई छुटाउन एआईजी चन्दले आफ्ना चालक मार्फत त्यहांका प्रहरी अधिकृतहरुलाई दवाव दिएको स्रोतको दाबी छ । चन्दका चालकले पक्राउ परेका हुण्डिका कारोबारीलाई कार्वाही नगरि रिहा गर्न र आईन्दा हुण्डि कारोवारीमाथी कार्वाही नगर्न वान सरबाट आदेश भएको भन्दै दवाव दिएको स्रोतले जानकारी दिएको छ । नेपालकै मुख्य हुण्डि कारोबारी गोविन्द सरिया एआईजी चन्दका तालका पार्टनर रहेको र उनकै आग्रहमा हुण्डि कारोबारीलाई संरक्षण गरेको आशंका प्रहरी अधिकृतहरुले गरेका छन । सिंगो उपत्यकाको सुरक्षा कमाण्ड सम्हालेका एआईजी चन्दबाट आएको अनावश्यक दवावका विषयलाई लिएर प्रहरी अधिकृतहरुले गृहमन्त्रालय तथा प्रहरी मुख्यालयमा मौखिक जानकारी गराएको बताइएको छ ।

Related News

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top