भारतिय सेनामा वरियता मिच्दै रावत नया सेना प्रमुख,रअको चिफमा धसमाना


Sunday, 18 Dec, 2016 7:15 AM

काठमाण्डौ– भारतले महत्वपुर्ण चार सुरक्षा ऐजेन्सीका प्रमुख हेरफेर गरेको छ ।  भारत सरकारले शनिवार राति थल सेना प्रमुखमा लेफ्टिनेण्ट जनरल विपिन रावत,वायु सेना प्रमुखमा एयर मार्शल बिरेन्द्र सिंह धन्वा, इन्टेलिजेन्स ब्युरोको प्रमुखमा राजिव जैन र भारतिय गुप्तचर संस्था रअको प्रमुखमा अनिल धसमानालाई नियुक्त गरेको छ ।

भारतका सेनाप्रमुख दलवीर सिंह सुहाग र वायुसेना प्रमुख एयर चीफ मार्सल अरुप राहा डिसेम्वर ३१ मा अवकास पाउदैछन् । हाल भारतिय सेनाको भाइस आर्मी चीफ रहेका रावतले १९७८ मा ११ औ गोरखा राइफलको पाचौ वटालियनबाट आफ्नो करियर सुरुवात गरेका थिए ।

भाजपा नेतृत्वको सरकारले भारतिय सेनामा वरियतालाई मिच्दै सेनाको इतिहासमा करिनष्टलाई सेना प्रमुख बनाएको यो भारतमा पहिलो घटना हो । लेफ्टिनेण्ट जनरलहरु प्रविण वक्सी र पिएम हरिजलाई पाखा लगाउदै मोदी नेतृत्वको सरकारले रावतलाई सेना प्रमुख बनाएपछि त्यसको भारतमा आलोचना भएको छ । विपक्षीहरुले भाजपाले सेनामा राजनिती गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र नया सेना प्रमुख रावत दुवै उत्तराखण्डका भएकाले रावतलाई सेनाको प्रमुख बनाइएको चर्चा पनि भारतिय संचारमाध्यममा छ । नया सेना प्रमुख रावतसंग कश्मिरमा इन्फ्रेन्टी डिभिजन र वटालियनको कमाण्ड गरेकोे अनुभव समेत छ ।

भारतको बाह्य गुप्तचर संस्था रअको प्रमुखमा पनि उत्तराखण्डकै अनिल धसमानालाई नियुक्त गरीएको छ । रअको प्रमुखमा नियुक्त गरिएका धसमाना वलुचिस्तान माममलाका विज्ञ हुन । १०८१ ब्याजका मध्येप्रदेशवाट आईपिसएस क्याडर रहेका धसमाना प्रतिआतंकवाद र इस्लामिक मामलाका जानकार समेत हुन । उनी पाकिस्तान,अफगानस्तान मामलाका विज्ञ भएकाले नै उनलाई रअको प्रमुख नियुक्त गरिएको वताईन्छ । धसमानाले लण्डन,जर्मनी,युरोप र सार्क डेस्कमा काम गरेको अनुभव छ । धसमाना,रावतको नियुक्तीसंगै भारतको उत्तराखण्डबाट तिन जना सुरक्षा निकायको उच्च पदमा पुगेको यो पटक हो । प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार पनि उत्तराखण्डकै वासिन्दा हुन ।

बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउन सक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न सक्दा उनको सफलताको आरम्भ हुनेछ ।

महत्वपूर्ण वेबसाइट

Top