मायालु दोहोरी सांझबाट माओवादीका युवा नेता वेपत्ता, खोजी गर्न प्रहरी टोली परिचालन


Sunday, 13 Aug, 2017 12:00 AM

काठमाडौं– सत्तारुढ दल माओवादी केन्द्रका केन्द्रीय सदस्य झपट सावद वेपत्ता भएका छन् । अछाम जिल्लाका माओवादी अध्यक्ष समेत रहेका सावद शुक्रवार राती बानेश्वरबाट वेपत्ता भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

माओवादी नेता वेपत्ता भएपछि उनको खोजी गरिदिन भन्दै अछाम माओवादीका नेताहरुले आइतवार साझ महानगरिय प्रहरी परिसर टेकु काठमाण्डौंमा उजुरी दर्ता गरेका छन् ।  प्रहरीले सावदको अवस्थाको बारेमा खोजी कार्य सुरु गरिसकेको छ ।  उनि ०६४ सालमा पहिलो संविधानसभाको चुनावमा अछाम क्षेत्र नम्वर १ बाट माओवादीको तर्फबाट उम्मेदवार समेत थिए ।

स्रोतकाअनुसार सावद बानेश्वरको मायालु दोहोरी सांझबाट सम्पर्क बिहिन भएका हुन । प्रहरीले उनको खोजी कार्यलाई तिव्र पारेको छ । काठमाण्डौ प्रहरी प्रमुख डिआईजी छवि जोशीले माओवादी नेता सावदको अवस्थाबारे खोजी कार्य  जारी रहेको बताए । प्रहरी स्रोतकाअनुसार नेता सावदको मोबाइल फोनको लोकेशन शुक्रवार मध्यराती १० वजे काठमाडौंको स्युचाटारमा देखाएको छ ।

Related News

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top