समाचार लेखेको आरोपमा सम्पादक भण्डारी प्रक्राउ,गृहमन्त्री शर्माको भयो चर्कोे आलोचना


Saturday, 17 Jun, 2017 5:07 AM

काठमाडौ – कंचनपुरका पत्रकार खेम भण्डारी र गणेश भट्टलाई समाचार लेखेकै आरोपमा प्रक्राउ गरिएको छ । कंचनपुरवाट प्रकाशित हुने मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक रहेका भण्डारी र कार्यकारी सम्पादक भट्टलाई समाचार लेखेकै भरमा प्रहरीले प्रक्राउ गरेको हो । प्रहरीले उनलाई सार्वजनिक अपराध गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने भन्दै पत्रिकाको कार्यालयबाटै प्रक्राउ गरेको हो ।

भण्डारीलाई प्रहरी नायव निरिक्षक महेन्द्र पाण्डे नेतृत्वको टोलीले प्रक्राउ गरेको हो । पत्रकार प्रक्राउको चौतर्फी विरोध भएको छ । सामाजिक संजालमा गृहमन्त्री जनादर्न शर्माको चर्को आलोचना समेत भएको छ ।

नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले शनिवार एक विज्ञप्ती जारी गर्दै सरकारको रवियाको विरोध गरेका छन् । महासचिव मगरले जारी गरेको विज्ञप्तीमा पत्रिकाको कार्यालयबाटै सम्पादकलाई नियन्त्रणमा लिनु पत्रकारविरुद्धको ज्यादती भएको र यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन गरेको दावी वित्रप्ती गरीएको छ । उनले प्रक्राउ गरीएका पत्रकार रिहाई नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।  

यस्तो छ महासंघको विज्ञप्ती
कन्चनपुरबाट प्रकाशित दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक जी भट्टलाई सार्वजनिक अपराध गरेकाले अनुसन्धानको शिलशिला’ भन्दै प्रहरीले पत्रिकाको कार्यालयबाटै नियन्त्रणमा लिनु पत्रकार विरूद्धको ज्यादती, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिपिरत हो ।
नेपाल पत्रकार महासंघ भण्डारी र भट्टलाई तत्काल रिहा गर्न माग गर्दछौं । पत्रिका नै बन्द गर्ने गरी सम्पादक, कार्यकारी सम्पादकलाई गिरफ्तार गरेर सरकार पूर्ण रूपमा स्वतन्त्र प्रेस नियन्त्रण गरी निरंकुशतातिर उन्मुख भएको छ । सरकारको यो रवैयाप्रति महासंघ घोर भर्त्सना गर्दछ । उहाँहरूको रिहाईप्रति त्यहाँ स्थित प्रहरी प्रमुखसँग पहल गरिएको छ । यदि तत्काल रिहा नगर्दासम्म कन्चनपुरका सम्पूर्ण पत्रकार साथीहरू सम्बन्धित निकायमा तत्काल धर्ना लगायत विरोधका कार्यक्रम गर्न आव्हान गर्दछौं ।
उजिर मगर
महासचिव
नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालय
२०७४ असार ०३

Related News

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top