अनुचित कार्य गर्न नमान्दा काठमाण्डौका एसएसपी फेरिए, कासमु किर्ते काण्डका दोषी पठाइयो


Sunday, 11 Feb, 2018 12:00 AM

काठमाण्डौ -गृहमन्त्रालयले आईतबार राती महानगरिय प्रहरी परिसर काठमाण्डौका एसएसपी रविन्द्र धानुकको काज सरुवा गरेको छ । धानुक आईतबारदेखि नै लागु हुनेगरि पांच दिन विदामा छन । गृहमन्त्रालयको समेत जिम्मेवारि सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा धानुकलाई हटाएर महानगरिय प्रहरी कार्यालयका विश्वराज पोखरेललाई काठमाण्डौ पठाएको हो । प्रहरीमा एसएसपी भन्दा माथिको सरुवा गृहमन्त्री स्तरिय निर्णयबाट हुने गर्दछ । पोखरेल प्रहरीको आईजीपी बढुवा सम्बन्धि कासमु किर्ते मुद्दाका प्रमुख अभियुक्त समेत हुन । उनि किर्ते काण्ड घटित हुदा प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाको प्रमुख थिए । प्रहरीमा कासमु सोहि शाखाका प्रमुखको नियन्त्रणमा रहने गर्दछ ।


शनिबारविहान प्रधानमन्त्री देउवाले परिसरका प्रमुख एसएसपी धानुकलाई बोलाएर ललितपुर १ का सांसद नवराज सिलवालका विरुद्ध अदालतमा मुद्दा दर्ता गर्न दवाव दिएका थिए । मुख्यसचिव लोकदर्शन रेग्मी, आईजीपी प्रकाश अर्याल र महानगरिय प्रहरी कार्यालयका एआईजी जयबहादुर चन्दकै अगाडि प्रधानमन्त्री देउवाले जसरी भए पनि सिलवाल विरुद्ध मुद्दा दर्ता गर्नु पर्ने आदेश दिएका थिए । प्रधानमन्त्रीको आदेश ध्यान पुर्वक सुनेर बसेका एसएसपी धानुकले अनुचित कार्य आफुले नगर्ने अडान लिएका थिए । कासमु किर्ते काण्डका मुख्य दोषी गृहमन्त्रालयका तत्कालिन सचिव समेत रहेका हालका मुख्य सचिव लोकदर्शन रेग्मी, पुर्व आईजीपी उपेन्द्रकान्त अर्याल र कप्रका तत्कालिन प्रमुख विश्वराज पोखरेलको वयान लिएपछि मात्रै सांसद सिलवालको वयान लिनु पर्ने भएकाले आफुले दबावमा अनुचित कार्य नगर्ने बताएका थिए ।


आइृतबार परिसरका निमित्त प्रमुख एसपी रामदत्त जोसिलाई पनि मुद्दा अदालत लैजान दबाब परेको थियो । उनले पनि कुनै दबाबमा नपर्ने बरु सरुवा भएर अन्तै लगे हुन्छ भनेपछि हतारमा पोखरेलको सरुवा गरिएको हो । पोखरेललाई सोमबार जुनसुकै हालतमा पनि मुद्दा जिल्ला अदालतमा पेश गर्न भनिएको छ ।

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top