शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र


Monday, 27 Nov, 2017 12:00 AM

काठमाडौं -डडेल्धुराबाट प्रतिनिधी सभाका उम्मेदवार समेत रहेका माओवादी युवा नेता खगराज भट्टले मतदाताका नाममा मार्मिक पत्र लेखेका छन् । शेरबहादुर देउवाका प्रतिस्प्रर्धी समेत रहेका भट्टले आफ्नो र वाम गठबन्धनको पक्षमा मत माग्दै पत्र लेखेका हुन ।

यस्तो छ खगराज भट्टले लेखेको पत्र
आदरणाीय जनसुदाय, मंसिर २१ गते हुने निर्वाचनमा म डडेल्धुराबाट प्रतिनिधी सभाका लागि उम्मेदवार छु । यो अवधीमा मैले वाम गठबन्धनका साथीहरुको अपार सहयोग,जनताको प्रगाढ स्नेह,समर्थक र शुभचिन्तकको दरिलो साथ महसुस गरेको छु । निर्वाचन नजिकीदै जाँदा मैले सकेसम्म प्रत्येक घर–परिवारसंग भेटघाट गर्ने,गुनासो सुन्ने र आफ्ना कुरा राख्ने प्रयास गरेको छु ।

तथापी प्राविधिक कारणले सबै जनसमुदायलाई समय दिन नसकेको भए क्षमायाचना गर्दछु । सामान्य परिवारमा जन्मीएको म,डडेल्धुराकै डाँडाकाँडामा हुर्कीए,सुखदुख डडेल्धुरामै विताए । मलाई सुखको आभास भएन । अभाव,पीडा र कष्टमै मेरो बाल्यकाल बित्यो । अधिकाशं डडेल्धुरावासीको जीवनको कथा पनि यही हो ।

सानै उमेरमा मेरा पनि कयौं,चाहनाहरु थिए । म पनि अध्ययन गर्न चाहन्थे । तर देशका निरंकुश व्यवस्था ढाल्नका लागि एउटा संघर्ष आवश्यक थियो । म संघर्षको मैदानमा होमीए । संघर्षकै दौरानका डडेल्धुरावासी जनताको घर–आगनमा पुगे । तपाईहरुले दिएको मिठो मसिनो खाँए,तपाइकै घरमा परालमा तन्ना ओछ्याएर सुते । त्यसैले मलाई डडेल्धुराका हरेक भान्छामा पाक्ने खानाको स्वाँद थाहाँ छ । बिहान एकछाक खाएर साझ के खाने भन्ने डडेल्धुरावासीको व्यथा थाहाँ छ । उपचार नपाएर मृत्युवरण गरेका कयौं जीवनहरु देखेको छु मैले । शिक्षा,स्वास्थ्य,विधुत खानेपानी वेरोजगारी उस्तै छ ।

सधैभरी भाग्यलाई दोष दिएर अधिकारबाट वञ्चित डडेल्धुरावासीको मुहारमा सम्वद्धिको सपना फुलाउन म राजनीतिमा लागेको हुँ । जनयुद्धको समयमा बाँचेको यो नाफाको जीन्दगी नभएको भए आज म तपाईको बिचमा हुने थिइन् । जनयुद्धमा लाग्दै गर्दा मैले मेरो सहोदर दाजु गुमाँए, मजस्ता कयौं परिवारले आफ्ना सन्तान,छोराछोरी गुमाए । त्यो मुलुकको परिवर्तनका लागि आवश्यक थियो,त्यसैले त हामीले आज नयाँ बिहान देख्न पाएका छौ । मुलुकमा गणतन्त्र संस्थागत भएको छ र आर्थिक सम्वृद्धिको अभियानमा हामी लम्कीरहेका छौं ।

डडेल्धुराबाट हामीले पटक–पटक मुलुकको नेतृत्व गर्ने अवसर काँग्रेसलाई प्रदान ग¥र्यौ । हामीले २०४८ सालदेखि विकसीत डडेल्धुराको सपना देखेकै हो । तर हाम्रो नियती फेरिएन् । २०४८ सालदेखि उही नारा बोकेर आजसम्म तपाई,हामीसंग मत मागिदैछ । निर्वाचनको बेला सपनाको सगरमाथा देखाएर चुनाव जितेपछि हामी जीवनमा सापेक्षित परिवर्तन आयो कि आएन, गहन समिक्षा गर्नेबेला आएको छ । त्यसैले अब बोतल फेरेर पुरानै रक्सी बेच्नेहरुलाई चिन्न जरुरी छ । म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।

इतिहासमा कुनै दिन त्यसको खुलासा पनि गर्नेछु । तर यो निर्वाचनको समय हो,म व्याक्तिगत टिप्पणी गर्न चाहन्न । तर मुलुकको राष्ट्रियतालाई बन्धक बनाएर नेपाली जनताको भावनामा चोट पुर्याउनेहरुलाई चिन्न जरुरी छ । अधिकार पाउँदा सुदुरपश्चिम सम्झीने र कर्तव्य विर्सनेहरुलाई मतदाताले चिन्न जरुरी छ ।  तेस्रोपटक तपाई जनसमुदायको बिचमा म आएको छु । यसबचिमा मैले केही प्रतिवद्धता पनि गरेको छु । मलाई विश्वास छ इतिहासका निर्माता जनतालाई सम्वृद्ध डडेल्धुरा बनाउने अभियानको अगुवाई गर्ने वाम गठबन्धन र मलाई दिनुहुनेछ भन्ने विश्वास छ ।

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top