​समाचार लेखेकै आधारमा पक्राउ गरिएका पत्रकार भण्डारी र भट्ट रिहा


Sunday, 18 Jun, 2017 12:00 AM

महेन्द्रनगर -कञ्चनपुरका पत्रकार खेम भण्डारी र गणेश भट्ट रिहा भएका छन् । सार्वजनिक अपराधको मुद्दामा शनिबार दिउँसो पक्राउ परेका भण्डारी र भट्टलाई जिल्ला प्रहरी कार्यालयले आईतबार अपराह्न रिहा गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहका अनुसार अपराध प्रमाणित हुने नदेखिएपछि उनिहरुलाई रिहा गरिएको हो । महासंघका क्षेत्रीय संयोजक शाह र पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष विष्णु अवस्थीको रहोवरमा पत्रकारद्वय भण्डारी र भट्टलाई छाडिएको हो । भण्डारी मानखण्ड दैनिककमा सम्पादक हुन् भने भट्ट कार्यकारी सम्पादक हुन् ।

प्रहरीको ज्यादतिविरुद्ध समाचार लेखेकै भरमा प्रतिशोध साध्ने उद्देश्यका साथ कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश चन्दको डाठो आदेशमा भण्डारी र भट्टलाई पक्राउ गरिएको थियो । प्रहरीले भण्डारी र भट्टलाई कार्यालयबाटै पक्राउ गरेपछि चर्को विरोध र आलोचना भएको थियो । घटनाको विरोधमा सुदूरपश्चिम क्षेत्रीय संयोजक शाहको नेतृत्वमा पत्रकारहरुले आईतबार विहान जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना पनि दिएका थिए ।

बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउन सक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न सक्दा उनको सफलताको आरम्भ हुनेछ ।

महत्वपूर्ण वेबसाइट

Top