प्रचण्डले लोकमानलाई यसरी नियुक्त गरेका थिए अख्तियार प्रमुखमा


Sunday, 23 Oct, 2016 7:53 AM

काठमाडौं – तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको संवैधानिक परिषदले १० वैशाख ०६७ मा पूर्वसचिव बाबुराम आचार्यलाई अख्तियार प्रमुखमा सिफारिस गर्दा विपक्षी दलका नेता प्रचण्डले आफूलाई २४ घन्टाअगाडि लिखित सूचना नदिएको भन्दै अदालत गुहारे र नियुक्ति बदर भयो ।

त्यतिखेर संवैधानिक परिषद सदस्यहरुलाई सूचना दिनुपर्ने भूमिकामा तत्कालीन मुख्यसचिव माधव घिमिरे थिए, जो संयोगले पछि अन्तरिम चुनावी मन्त्रिपरिषदका गृहमन्त्री पनि भए ।

र, उच्चस्तरीय राजनीतिक संयन्त्रका तत्कालीन संयोजक प्रचण्डको प्रस्ताव र तत्कालीन प्रमुख तीन दलका नेताहरूको समर्थनमा चुनावी मन्त्रिपरिषदले लोकमान कार्कीलाई नियुक्तिको सिफारिस गरेको हो । कार्कीको योग्यता र चरित्रमाथि त्यतिबेलै धेरैतिरबाट प्रश्न उठे पनि शक्तिकेन्द्रहरुको चलखेलका कारण उनी अख्तियार प्रमुख बन्न समर्थ भएका थिए ।

लोकमानसिंह कार्की यस्ता संवैधानिक पदाधिकारी हुन्, जसले संसदीय सुनुवाईको सामना गर्नुपरेन । निर्वाचन प्रयोजनका लागि जारी गरिएको बाधा अड्काउ फुकाउको आदेश उनको नियुक्ति सहज बनाउने माध्यम बन्यो । चौतर्फी विरोधका बीच चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी नेतृत्वको संवैधानिक परिषदले उनलाई अख्तियार प्रमुखमा सिफारिस गर्‍यो ।

तत्कालीन राष्ट्रपति रामवरण यादवले कार्कीको नियुक्ति रोक्ने प्रतिबद्धता विभिन्न प्रतिनिधिमण्डलसामु गरे पनि मध्यरातमा विभिन्न शक्तिकेन्द्रले दबाब दिएपछि २५ वैशाख ०७० बिहानै शपथ दिलाए ।

त्यतिखेर सर्वोच्च अदालत प्रशासनले कार्कीविरुद्ध रिट निवेदन दर्ता गर्न नै विभिन्न बहानामा ढिलाइ गरेको थियो । बल्लतल्ल दायर भएको रिटमा सुनुवाई गर्दै न्यायाधीश ९हाल प्रधानन्यायाधीश० सुशीला कार्कीको इजलासबाट नियुक्ति प्रक्रिया रोक्न ९ चैत ०६९ मा अन्तरिम आदेश भएको थियो ।

त्यो आदेश पनि गिरीशचन्द्र लाल र तर्कराज भट्टको इजलासबाट खारेज गरियो । तत्कालीन प्रधानन्यायाधीश रेग्मी सरकार प्रमुख बनेकै कारण कामु प्रधानन्यायाधीश बन्न पाएका दामोदरप्रसाद शर्मा त्यसपछि लोकमानसिंह कार्कीको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाई नै नगरी राष्ट्रपति कार्यालयको शपथ कार्यक्रममा पुगे ।

न्यायाधीशद्वय गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासबाट ८ असोज ०७१ मा रिट नै खारेज भयो । अहिले त्यही रिट ब्यूातिएर पुनरावलोकनको चरणमा छ । आजको नेपाल साप्ताहिकमा खबर छ ।

बिचार

प्रचण्डको उत्तरायण - सुधीर शर्मा

प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङलाई यसअघि नभेटेका होइनन्, तर अबको तेस्रो भेटका लागि भने उनी निकै आतुर देखिन्छन् । आफ्नो सत्तायात्रा उत्तरार्द्धतिर धकेलिंदै जाँदा उत्तर छिमेकीसँग सम्बन्ध कसरी सुधार्ने भन्ने ‘चिन्ता’ उनमा बढ्दै गएको छ । बेइजिङ पुगेर, राष्ट्रपति सीसँग द्विपक्षीय वार्तालाप गरेर मात्र बोआओ सम्मेलनमा भाग लिन जाने प्रचण्ड–चाहना त्यसैको अभिव्यक्ति हो । तर बेइजिङ–वार्तामा हुन्छ के भन्ने कुराको अन्तिम टुंगोचाहिं लागिसकेको छैन, न त प्रचण्डप्रति टुटेको चिनियाँ विश्वास पूर्ण रूपमा पुनस्स्थापित भइसकेको छ ।

गठबन्धनका ठुल्दाइको आदेशले प्रहरी संगठन व्यावसायिक नेतृत्वबाट वञ्चित

अहिले प्रहरी प्रशासनमा कमान्ड सम्हालेको नेतृत्व छैन, नियतिले कमान्ड संरचनाबाहिरको प्राविधिक जागिरेको कामचलाउ नेतृत्व छ । कमान्ड संरचनामा रोलक्रमको महत्त्व धेरै अर्थपूर्ण हुन्छ । यो पार्टीगत वा सत्तारूढ कुनै नेताको प्राथमिकताको कुरा होइन । त्यो कथं मिचिँदा मिचिनेले पनि चित्त बुझ्दो आधार पाउने ठाउँ हुनुपर्छ । गठबन्धनका ठुल्दाइको आदेशले प्रहरी संगठन अहिले व्यावसायिक नेतृत्वबाट वञ्चित छ । यसले प्रहरीको संस्थागत कमान्ड संरचनामा कस्तो मनोविज्ञान बनेको होला रु कुन नेतालाई के कस्तो सेवा सत्कार पुर्‍याए प्रहरी प्रमुख बन्ने योग्यता पुग्छ भन्ने चाकरीभावले प्रहरी मात्र होइन, राज्यका तमाम संयन्त्र ग्रस्त छन् । आफ्नो नियुक्तिदेखि सरुवाबढुवा सबै कुरामा हावी हुने गरेका पार्टी र नेताप्रतिको ऐन मौकामा बफादारी देखाउने चुरीफुरी पनि यस्तो घातक प्रहारको कारक हुँदैन भनेर भन्न सकिन्न ।

महत्वपूर्ण वेबसाइट

Top