मओवादीका कुन नेताल कहाँबाट मतदान गर्दैछन् ?


Wednesday, 28 Jun, 2017 12:00 AM

काठमाडौं - असार १४ गते हुने दोश्रो चरणको स्थानीय तह निर्वाचन आउन अब एक दिन मात्र बाँकी छ । राजनीतिक दलका नेता कार्यकर्तामात्र होइन, सर्वसाधारण समेत मतदान गर्न आफ्नो गाउँ नगर पुगिरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता पम्फा भुसाल, हेडक्वार्टर सदस्यहरू अग्निप्रसाद सापकोटा, देव गुरुङ, गिरीराजमणी पोख्रेल लगायतका नेताले बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनमा मतदान गरिसकेका छन् ।

दोश्रो चरणको निर्वाचनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, वर्षमान पुन अनन्त, जयपुरी घर्ती, मणि थापा, लेखराज भट्ट, गोपाल किराती लगायतका नेताले मतदान गर्नेछन् । देउवा सरकारका उपप्रधान मन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पाको लिवाङ नगरपालिका वडा नम्बर १ दामरुकमा रहेको श्री तारा माध्यामिक विद्यालयबाट मतदान गर्नेछन् । चुनावी प्रचारका लागि दुई साता अगाडि नै प्रदेश नम्बर ५ का विभिन्न जिल्लाहरूमा पुगेका महरा १४ गते हुने चुनावमा मतदान गर्न शनिबार रोल्पा पुगेका छन् । १० स्थानीय तह रहेको रोल्पा जिल्लाको एक मात्र नगरपालिका लिवाङमा पूर्ण केसी (करेन्ट) र उपप्रमुखमा मनकुमारी घर्ती (कमला) ले उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्र रोल्पाका सचिव समेत रहेका केसी नातामा महराका छोरी ज्वाईँ हुन् भने जिल्ला सदस्य रहेकी घर्ती नेता वर्षमान पुन अनन्तकी बहिनी हुन् । चुनावी सभालाई सम्बोधन गर्न प्रदेश नम्बर ५ मा पुगेका रोल्पाली नेता वर्षमान पुन अनन्तले लिवाङकै वडा नम्बर ७ मा रहेको बालोदय माध्यामिक विद्यालय माडिचौरबाट मतदान गर्नेछन् । दाङका चुनावी सभा सकेर बाँकेको नेपालगञ्ज पुगेका नेता पुनले मतदानका लागि असार १३ गतेमात्र रोल्पा पुग्ने बताए । सभामुख ओनसरी घर्तीले पनि सोही केन्द्रबाट मतदान गर्ने्छिन् । माओवादी हेडक्वाटर कमिटीकी सदस्य जयपुरी घर्तीले रोल्पाकै दुईखोली गाउँपालिका वडा नम्बर २ मा रहेको राङसी माध्यामिक विद्यालयबाट मतदान गर्ने्छिन् । घर्ती एक महिनादेखि चुनाव प्रचारका लागि रोल्पामा छन् । दुईखोली गाउँपालिका प्रमुखमा कृष्णबहादुर महराका स्वकीय सचिव जितजङ डाँगीले उम्मेदवारी दिएका छन् ।

माओवादीका अर्का वरिष्ठ नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर ९ अर्घा रहिसचौरमा रहेको मतदानकेन्द्रबाट मतदान गर्नेछन् । त्यसको लागि नेता रायमाझी एकसाता अघि नै गृहजिल्ला अर्घाखाँची पुगिसकेका छन् ।

 प्रदेश नम्बर ७ का संयोजक रहेका नेता लेखराज भट्टले कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १मा रहेको घन्टेश्वर माध्यामिक विद्यालय अत्तरियाबाट मतदान गर्नेछन् । चुनावी प्रचारप्रसारमा जिल्लातिरै व्यस्त रहेको नेता भट्टले जानकारी दिए । प्रदेश नम्बर १ का संयोजक गोपाल किरातीले सोलुखुम्बुको सोताङ गाउँपालिकामा रहेको श्री हुलु निम्न माध्यामिक विद्यालयबाट मतदान गर्नेछन् । पूर्वका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गरेर नेता किराती शनिबार नै गृहजिल्ला सोलुखुम्बु पुगेका छन् ।

हेडक्वार्टर सदस्य नारायण शर्माले दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७मा रहेको जनकल्याण उच्च माध्यामिक विद्यालय दुधरासबाट मतदान गर्नेछन् । शर्मा एकहप्ता अगाडि नै गृहजिल्ला दाङ पुगिसकेका छन् । नेता तिलक परियारले बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको ज्ञानज्योती माध्यामिक विद्यालयबाट मतदान गर्नेछन् । उनी एक महिनादेखि बाँकेमा चुनावी प्रचारमा छन् । कोहलपुरमा माओवादी केन्द्रका तर्फबाट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने प्रमुखको उम्मेदवार छन् ।

केही महिना अगाडि माओवादी केन्द्र प्रवेश गरी हेडक्वार्टर सदस्यमा बढुवा भएका नेता टंक राईले खोटाङको दिक्तेल नगरपालिकास्थित जाल्पा उच्च माध्यामिक विद्यालयबाट मतदान गर्ने नेता गोपाल किरातीले जानकारी दिए । नेता मणि थापाले प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ८मा रहेको गेजवाङ निम्न माध्यामिक विद्यालयबाट मतदान गर्नेछन् । थापा चुनावी प्रचारको लागि प्युठान पुगिसकेका छन् ।

पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले प्युठान नगरपालिका वडा नम्बर ७ बिजुवारमा रहेको स्वर्गद्वारी क्याम्पसबाट, पूर्व खेलकुद मन्त्री दलजीत श्रीपाइलीले रुकुमको भुमही गाउँपालिकाको महतबाट र पूर्व कृषिमन्त्री गौरीशंकर चौधरीले कैलालीको कैलारी गाउँपालिकामा रहेको विजयपुर माविबाट मतदान गर्नेछन् ।

Related News

बिचार

प्रहरी टुलुटुलु हेरेर बस्ने कि सरकारको निर्देशन कुरेर बस्ने ?

माओवादी आन्दोलन उत्सर्गमा पुगेका बेला (०५६) पनि प्रहरीले नै सुरक्षा रणनीति बनाएर चुनाव गराएको थियो। त्यतिबेला सरकार पहिला उभिन्थ्यो र पछि प्रहरी उभिन्थ्यो। तर, अहिले परिस्थित ठीक उल्टो बनेको छ। सरकार निर्णय र स्पष्ट निर्देशन दिन नसक्ने, प्रहरी नेतृत्व कताकता अल्मलिने देखिएको छ। प्रहरीले आदेश र निर्देशन कुरेर सम्भव छैन। ठूला घटनामा पठाउँदैको बेला ब्रिफिङ गरेर सरकारले भन्नुपर्छ कि अन्तिम समयमा तिमीहरूको हतियार नै खोस्न लागे वा ज्यान लिन लागे भनी अधिकतम अधिकार प्रयोग गर भनेर। ०५६ सालमा तत्कालीन विद्रोही माओवादी चुनाव हुन दिँदैनौं भन्दै बन्दुक र गोलीगठ्ठा बोकेर हिँडेको थियो। राज्यले पनि प्रहरी संगठनलाई ‘तिमीहरू जुनसुकै निर्णय गर्न पनि खुला छौु भनेर अधिकार दिएको थियो। मैले संगठनको नेतृत्व गरेको थिएँ। प्रहरी जवानदेखि सिनियर अधिकृतलाई जुनसुकै घटनामा ‘तिमीहरू नै निर्णयको भागीदार छौु भनेर सन्देश दिएको थिएँ। त्यस्तो अवस्थामा पनि चुनाव गराइयो। तत्कालीन समयमा शंका लागेका व्यक्ति वा समूहलाई ‘प्रि-एरेस्टु गरेका थियौं, जुन छिमेकी मुलुक भारतमा समेत गरिन्थ्यो। ठूला घटनामा सुरक्षा रणनीति सेनासँग समन्वय गरेर प्रहरी मुख्यालयभित्रै बन्थ्यो। अहिले सुनेको छु, गृह मन्त्रालयमा बन्छ रे !

बाऊको बिहे हेर्ने अवस्थामा पुग्ने जस्तो छ नेपाली कांग्रेस

यस्तो अवस्था रहदाँ रहदै काँग्रेसले माओवादी-एमाले जिते मुलुकमा सर्वसत्तावाद आउने कल्पनाको कुरालाई मुख्य चुनावी मुद्दा बनायो । यही हावादारी कुरालाई काँग्रेसले सर्वत्र उचाल्दै छ । बिमलेन्द्र निधी देखि गगन थापाले सम्म यसैमा जोड दिई रहेको देखिन्छ । पहाडको अवस्था मलाई धेरै थाहा छैन । पहाड वारे स्वंय काँग्रेसमै संत्रास देखिन्छ । तर मधेसमा त काँग्रेसको यो प्रचार टाउको दुख्दा नाईटोमा ओखति लगाए जस्तो भएको छ । सबैले बुझेको छ, काँग्रेसले खेलेको यो बचकाना खेल एमाले बिरूद्धको एक फगत आलोचना मात्र हो । काँग्रेसको आरोप झै यहाँ कुनै अधिनायकवाद आउने बाला छैन । तर, के नेपालका कम्युनिष्टहरूले सधै भारतलाई तारो बनाए झै अब नेपाली काँग्रेसले पनि सोही बाटो अपनाएको हो त ? आज काँग्रेसमा एक से एक जानकार तथा संवेदनशील मानिसहरू रहेको देखिन्छ, तरपनि सबै काँग्रेसीले यही कुरा फलाक्दै हिडीरहेको छ । काँग्रेसका सबै उम्मेदवारहरूले एमालेका बिरूद्ध यही सर्वसत्तावाद र अधिनायकवादको मुद्दा उचाल्दै भाषण गरिरहेको भेटिन्छ । सत्य त के हो भने शेर बहादुरको सरकार उपर ठूलो नैतिक प्रश्न खडा गर्दै सरकार मै सहभागी रहेका माओवादीले एमालेसंग चुनावी गठबन्धन बनाए पछि तत्काल रिसाएको काँग्रेसले रिस कै झोकमा बाम गठबन्धन बिजयी भए-देशमा कठोर अथवा स्टालिन कालको साम्यवाद आउने भनेको थियो । यसो भनेर वामपंथी ध्रुविकरणको बिरूद्ध कुनै रूपमा चुनावी फायदा लिन सकिन्छ कि भन्ने काँग्रेसको फुच्चे दाँउ हुनसक्छ ।

महत्वपूर्ण वेबसाइट

Top