परराष्ट्रमा मन्त्री महतको यस्तोसम्म आतंक,सचिव र सह-सचिवलाई महतले ‘गेट आउट’ भनेपछि ..


Wednesday, 17 May, 2017 10:11 AM

रोशन खड्का
काठमाण्डौ– परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले परराष्ट्रको सरुवा निर्देशिकाविपरीत कर्मचारीको सरुवा गर्न सचिव शंकरदास वैरागीलाई दवाव दिएको खुलासा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिने तयारी गर्दै गर्दा महतले भने कर्मचारीको सरुवा छिटो गर्न दवाव दिएका हुन । मन्त्रालय स्रोतकाअनुसार मन्त्री महतले वुधवार साझ आफ्नो कार्यकक्षमा सचिव र मन्त्रालयका सवै सह–सचिवलाई बोलाएर हुर्मत लिएका छन् । उनले मन्त्रालयका उच्च अधिकारीहरुलाई वैठकमा अपशव्द समेत प्रयोग गरेको वैठकमा सहभागी एक सहसचिवले मुलधारलाई बताए ।

मन्त्रालयले सरुवाका लागी मन्त्रालयमा कार्यरत वरिष्ठ सहसचिव भरतराज पौडेलको संयोजकत्वमा सरुवा समिती बनाएको थियो । पौडेलको नेतृत्वमा वनेको समितीमा मन्त्रालयका अरु सहसचिवहरु सदस्य छन् । बढुवा समितीले सरुवा निर्देशिकावमोजिम कर्मचारीहरुको सरुवा गर्नुपर्ने अडान लिएपनि मन्त्री महतको ठाडो हस्तक्षेपछि बढुवा समितीलाई नै पंगु बनाइएको छ । वुधवारको वैठकमा महतले आफ्नो सम्पुर्ण सिमा नाघेर आफुले भनेबमोजिम सरुवा नगर्ने हो भने आफ्नो कार्यकक्षबाट तुरुन्त निस्कन आदेश दिएपछि सहसचिवहरु उनको कार्यकक्षवाट वाहिर निस्केका थिए ।
मन्त्रालयले उपसचिव ६ जना, शाखा अधिकृत ५ जना र नायव सुब्बा ७ जना सरुवा गर्न सहसचिव पौडेलको नेतृत्वमा समिती बनाएको थियो । तर,समितीको सिफारीस विना नै सवैलाई मन्त्रीको आदेश भन्दै सरुवामा छुट्टाछुट्टै गरेर हस्ताक्षर गराएको मन्त्रालय स्रोतले जानकारी दियो । सहसचिवहरुले सरुवामा हस्ताक्षर गरेपनि मन्त्री र सचीवले भने अझै हस्ताक्षर गरेका छैनन् ।

“परराष्ट्रमन्त्रीजस्तो मान्छे यो स्तरमा ओर्लिएको मैले आजसम्म देखेको थिएन, आफु निकट कर्मचारीलाई विधी मिचेर सरुवा गर्न पाएन भनेर हामीमाथी आक्रोस पोख्ने काम भयो ।” ती सहसचिवले मुलधारसंग गुनासो पोख्दै भने ।

स्रोतकाअनुसार मन्त्री महतले आफुले भनेको सरुवा मातहतका उच्च अधिकारीले नमानेको भन्दै आफु सरकार परिवर्तन हुदा पनि परराष्ट्रमन्त्री वा अर्थमन्त्री वन्ने त्यसपछि असहयोग गर्नेलाई ठेगान लगाउने चेतावनी पनि उनले वैठकमा सहभागी सचीव र सहसचिवहरुलाई दिएका  थिए ।
परराष्ट्रस्रोतले दिएको जानकारीअनुसार मन्त्री महतले आफ्ना पिए र कांग्रेससमर्थक कर्मचारीहरुलाई राम्रो स्थानमा सरुवा गर्न सचिवलाई दवाव दिदै आएका थिए । 

केही समयअघि मात्र बनेको सरुवा निर्देशिका वमोजिम सरुवा गर्नुपर्ने अडानमा सचिव वैरागीसहित मन्त्रालयका उच्च अधिकारी भएपनि मन्त्री महतले भने त्यसविपरीत काम गर्न दवाव दिदै आएका छन् । महतले आफ्नो निजी सचिवालयमा कार्यरत उपसचिव प्रकाश अधिकारीलाई डिसिएम बनाएर क्यानडा पठाउन दवाव दिदै आएका थिए । 

अधिकारीलाई मन्त्रालयले यसअघी परराष्ट्रको क वर्गिकरणमा पर्ने सुविधासम्पन्न मिसन न्युयोर्क र डेनमार्कको कोपनहेगनमा जिम्मेवारी दिइसकेको  छ । परराष्ट्रमा दुई चोटी क वर्गमा काम गर्ने अवसर निकै थोरै अधिकृतले पाउने गर्छन ।  दुई चोटी क वर्गको मिसनमा काम गरेका अधिकारीलाई फेरी पनि उस्तै तहको मिसनमा पठाउने मन्त्रीको अडानवाट मन्त्रालयका कर्मचारी आजित भएका छन् ।

परराष्ट्रको सरुवा निर्देशिकाअनुसार मन्त्रालयले गरेको मिसनको वर्गिकरणमा  क  र ख  वर्गको मिसनमा काम गरेका कर्मचारीले ग र घ मा काम गर्नुपर्ने र ग र घ वर्गको मिसनमा काम गरेका कर्मचारीहरुले क र ख वर्गको मिसनमा जिम्मेवारी पाउने नियम छ ।  मन्त्री महतले न्युयोर्क र कोपनहेगनजस्तो मिसनमा काम गरेका अधिकारीलाई क्यानडा पठाउन दवाव दिएपछि सचीव वैरागीसहित मन्त्रालयका उच्च अधिकारीहरु आश्र्चयमा परेका थिए । सचिव वैरागीले अधिकारीलाई राजनितिक पहुचको भरमा मन्त्रालयको सिस्टम नमिच्न सम्झाएको परराष्ट्र स्रोतले बतायो । तर,मन्त्री महतले अधिकारीको विषयलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

मन्त्री महतले अधिकारी मात्र होईन हाल साउदी अरेबियाको जेद्दामा रहेको कन्सुलेटमा कार्यरत नायव सुब्बा अरेन्द्र महर्जनलाई जेद्दावाट पेरीस पठाउन दवाव दिएका छन् । सामान्यतया कुनै विशेष कारण विना एक मिसनवाट अर्को मिसनमा पठाउने नियम नभएपनि महतले उनलाई विना कारण आफ्नो स्वार्थका लागी पेरीस पठाउन दवाव दिएका  हुन । महर्जन पनि कांग्रेस निकट कर्मचारी हुन । उनलाई मिसनमा काम नगरेको भन्दै विभागी कार्वाहीको लागी समेत सिफारीस गरीएको थियो । मन्त्रालय स्रोतकाअनुसार महर्जनलाई सचेतपत्र केही समयअघि मात्र थमाइएको    थियो ।

मन्त्री महतले बाज्रिलवाट फर्केका शाखा अधिकृत यज्ञ पौडेललाई न्युयोर्कस्थित स्थायी मिसनमा  पठाउनुपर्ने,अर्का शाखा अधिकृत भुवन पौडेललाई जेनेभास्थित नियोगमा पठाउन पनि दवाव दिदै आएका थिए । पौडेलद्धयको हकमा सचिव वैरागी सहमत भएपनि अधिकारीको हकमा भने विवाद भएको हो । शाखा अधिकृत यज्ञ ब्राजिलवाट फर्केका हुन  भने पौडेल कुवेतवाट फर्केका हुन ।  दुवैले घ वर्गको मिसनमा काम गरेकाले जेनेभा र न्युयोकको दावेदारी स्वभाविक भएको मन्त्रालयका एक अधिकारीले दावी थियो ।

परराष्ट्रका उच्च अधिकारीकाअनुसार मन्त्री महतले सरुवामा मात्र होईन मन्त्रालयको तालिम र खरिदमा पनि हस्तक्षेप गर्दै आएका छन् । चीनसंगको वान वेल्ट वान रोडमा हस्ताक्षर गर्ने क्रममा पनि मन्त्री महतले अवरोध गरेपछि हस्ताक्षरमा ढिलाई भएको थियो । प्रधानमन्त्री दाहालको निर्देशनपछि मात्रै उनले प्रक्रिया अघि बढाएका थिए ।  


 

Related News

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top