अहिलेकि मोनिका उहिलेकि नताशा


Thursday, 25 Aug, 2016 12:00 AM

रवि धामी
संसारकै शक्तिशाली राष्ट् संयुक्त राज्य अमेरिकाकी नागरिक नताशा त्यहि मुलुककि आर्कि चेली मोनिका । दुवैमा कुनै फरक छैन । दुवै जनाले अमेरिकाको सुखसयलको मज्जा लुटेका छन । उनिहरुलाई लाउन खानमा कुनै कमि छैन । काम गर्दा पनि उनिहरु मन लागे गर्छन मन लागे गर्दैनन् । मोनिका शिक्षिका हुन त नताशा व्यापारी फरक त्यति नै हो । तर उनिहरुको मुटू फराकि छ । शरिरले धनेसम्म नतासा नेपालका डाडापाखा धाउने हैयित राख्छिन, नेपालका संस्कृती जगेर्ना गर्न र त्यसमा सहभागिता हुनु उनको पहिलो प्राथमिक्ता हो । मस्किलले दुई वर्ष नेपालमा व्यतित गरेकि नताशाकालागी हिमाल, पाखा पधेरो नेपालका लागी विरानो लाग्दैन । उनलाई नेपाली भाषा बोल्न र नेपाली संस्कृतीमा हुर्कन उनलाई बिरानो लाग्दैन ।

ठिक विपरित मोनिका हेराण्डकालागी नताशा भन्दा नेपाल नौलो हो । जीवनका ३३ सौं वसन्त पार गरेपछि पहिलो पटक नेपाल आई पुगेकि मोनिकाकालागी भाषा संस्कृती रहनसहन सबै फरक । म्यारिल्यण्डमा बसोबास गर्दै आएकि मोनिकाकालागी नेपाल भन्ने देश एउटा शब्दकोषमा सिमित थिया । ज्यादैन भन्दा भन्दै पनि नताशाले उनलाई नेपाल आफैमा प्यारो लाग्दै गयो अनि प्यारो नेपाल उनको भ्रमणको पहिलो नम्वरमा दर्ज भयो ।

हो, २०७२ वैशाख १२ गते नेपालमा आएको विशानकारी भुक्म्पपछि नताशा र मोनिका संगसंगै जोडिए । नताशालाई २० वर्षे पुरानो नेपालको मायाले मोनिकालाई पनि डोर्यो । २० वर्षअघि विश्व विद्यालयको अध्यननको सिलसिलामा सन १९९५ मा पहिलो पटक नेपाल आएकि थिईन नताशा । त्यो बेला अधिक समय ललितपुरका शाक्यहरुसंग बसेर मुर्तिकला सिकेकि नताशा जब पहिलो पटक पश्चिम नेपालको लमजुंगस्थित दुराडांडा पुगिन अनि उनलाई नेपाली संस्कृती र परम्पराले आफुसंग तान्यो उनि नेपालप्रति आक्रषित भईन । दुराडाडामा शिवराज पौडेलको घरमा तीनसाता बिताएकि नताशाकालागी नेपाल चिनाउने खास माध्यम बन्यो । दुराडाडाको संस्कृती र त्यहांका वासिन्दाको अत्यधिक माया र सद्भावलाई नताशालाई त्यतिबेला विथल्यो जतिबेला नेपालमा निनाशकारी भुकम्पले हल्लायो । सारा संसार नेपालका भुकम्प पिडितकालागी हातहरु फैलाउदैथियो नताशाका हातपनि संगै अघि बढे र उनको सपनालाई सकार पार्ने काममा खटिए तिनै दुराडाडाका शिवराज पौडेलका नाती विवेक पण्डितका हात पनि ।

दक्षिण भारतको एउटा विश्वविद्यालयमा पढ्दै गरेका विवेकसंगको नेपालमा गएको भुकम्पपछिको पहिलो सम्पर्क र तिनै विवेकको योजनामा अहिले लमजुंगकै राईनाशकोटमा पुर्ननिर्मा हुदै छ पर्यटकिय गाउ ।

सन २०१६ जुनको अन्तिममा संयुक्त राज्य अमेरिकाको जर्जियास्थित एटलान्टा शहरमा नेपाली समुदायको पुरानो सामाजिक संस्था एसोसिएसन अफ नेप्लीज ईन अमेरिकाज एएनए को ३३ औ वार्षिक साधाहरण सभामा अतिथिका रुपमा सहभागि हुने अवसर प्राप्त भयो । संस्थाका अध्यक्ष दाई रोजर अधिकारीको आग्रहमा व्वस्थापिका संसदको विकास समिति सदश्य दाई रविन्द्र अधिकारीको अगुवाईमा संसल सदश्य गगन थापा, कान्तिपुर टेलिभिजनका आदरणिय दाई भुषण दाहाल र सिनेकर्मी नगमा श्रेष्ठ एटलान्टा पुगेका थियो । कार्यक्रमकै दौरानमा भोकले तिर्खाएकि नताशा खानेकुरा खोृज्दै जांदा सोहि कार्यक्रममा सहभागी ताप्लेजुंगका खेम भट्टराइको सम्पर्कमा पुगिन । खेम भाईले नताशालाई होटलमा पुर्याएर खाना खुवाए । खाना खाएर कार्यक्रम स्थलमा पुग्ने बेला हतारिदै खेमले भने उ अमेरिकन नागरिक उसले नेपाली समुदायमा भुकम्पपछि आफ्नै प्रयासमा ठूलो काम गरेकि रहेछ यसलाई मिडियामा ल्याउनु पर्यो । अनि भयो नताशा र मेरो आमने समने ।

कारण थियो अमेरिकामा कार्यरत नेपालको एक प्रमुख राजनितिक दलको भगेनि संस्थाले हजारौ डलर उठाएर आफु खुशी गरेको अनि एउटा अमेरिकि चेली आफ्नो पहलमा नेपालमा सकेसम्म बढी भन्दाबढी राहात पुर्याउन अग्रसर ।

नताशासंग एटलान्टामा भएको भेट न्युयोर्कमा गएर फेरि दोहरियो । तर नताशासंगै जोडिएकि मोनकासंग भने नेपालमा आएर एकै पटक सम्बन्ध जोडियो । शरिरले धाने पनि नधाने पनि घन्टौ हिडेर मोनिका राईनासकोट पुगिन अनि थाहा भयो नतासा किन आफ्नो व्यस्त समयलाई पर्वाह नगरि राईनासकोटलाई सुम्पिदैछिन भनेर । भारि ज्यानलाई लिएर राइृनासकोट हिडेकि मोनिकालाई लम्जुंग सदरमुकामबाट पैदालयात्रा गरेर राईनासकोट पुग्न धौ धौ पर्यो । संगै रहेका  सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्ण ओलिया सरको निर्देशन अनुसार उकालो हिडेका हामीलाई राईनासकोट पुग्न आढे आठ घन्टा लाग्यो अरुलाइृ मात्रै चार घन्टा लाग्थ्यो ।वर्षअघि नताशालाई राइृनासकोट पुग्न पनि त्यतिकै समय लागेको थियो तर यस पटक उनि सबै भन्दा अग्र भागमा हिडेकि थिइन । भरियालाई समेत पछि पारेर उनि अग्र भागमा हिड्न पाउन उनि गर्व गर्थिन । किन भने अघिल्लो पटकको हिटाृमा उनको पनि भारि शरिर थियो  यो पटक उनले दश किलो भन्दाबढी घटाएकि थिईन ।

राईनासकोटमा नतासा , मोनिकाले भुकम्प पिडितहरुकालागी १७ वटा अत्याधुनिक त्यो पनि पुरै पर्यटकिय घरहरु निर्माण गर्दै थिए । एक वर्षअघि शुरु भएपनि नाकावन्दि लगायतका कारणले निर्माणमा ढिलाई हुला खिन्न बनेका उनिहरु आफुले निर्माण गर्दै गरेको गाउको पुर्ननिर्माण हेर्न सकि नसकि उकालो उक्लिदै थिए । अन्नपूर्ण पोष्ट दैनिकका लम्जुंग सम्वाददाता दिपक अधिकारी र कान्तिपुर टेलिभिजनका ऋषि अधिकारी पनि साथमै थिए ।

कुरो घर बनाउनु र वस्ति बसाउनुमा मात्रै सिमित छैन छ त केवल यहां नैतिक्ताको । अमेरिकामा एउटा विश्वासिलो संस्था जुन संस्थामा सयौं जना सदश्य छन । सो संस्थाले भुकम्प पिडितकालागी भनेर उठाएको ५० हजार भन्दा धेरै पैंसाको हिसाव वेवारिसे बनाएको छ । जुन संस्था नेपाली कांग्रेस निकट भएकोमा आफुलाई गर्व गर्छ । तर त्यहि देशका  दुई नागरिक आफ्नो छाक टारेर नेपाली जनताको दुखमा मलहम पट्टि लगाउछन त्यो पनि सकि नसकि आफै गाउ पुगेर आफुले शुरु गरेको कामको निगरानि गर्दन । कुरो नैतिक्ता र विश्वासको हो । मैले आज त्यहि नैतिक्ता र विस्वासलाई जोड दिदै यो स्तम्भ लेखे । फेरि पनि मौका छ नेपाली कांग्रेस निकट भनिएका महासयहरु हो भुकम्प पिडितका ननाममा जो कोहिले उठाएर खाएको त्यो हजारौ डलरको पारदशीृता देखाउने हो भने तिमिहरुले दुई अमेरिकि चेली नतासा र मोनिकासंग सहकार्य गर्न किन हच्किचिने । यदि साहस छ,, फेरी मौका छ, यदि पचाउन नै खोजेको हो भने तिनै नतासा र मोनिकाहरुले हिसाव खोज्ने बेला आउने र तीनै राईनासकोटका नागरिकहरुले तालि पिट्ने र अगुल्टो हिर्काउन दिन नआउन समयमै चेतना भया ।
 

बिचार

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

डीएसपी हुँदा एसएसपी पक्राउ गर्नुपर्दा

बडाहाकिम अनुहारमा चिटचिट पसिना निकाल्दै हातमा एउटा कागज समातेर आफ्नो कार्यकक्षमा ओहोरदोहोर गरिरहेका थिए । मैले आफू आएको जानकारी गराउनासाथ उनले ‘माथिको आदेश’ भन्दै हड्बडाउँदै र दुवै हात कमाउँदै (आवा) आकाशवाणीका रूपमा प्राप्त गरेको कागजको एउटा टुक्रा मतिर बढाए । तलदेखि माथिसम्म पढेँ । धेरै कुरा केही थिएन । गृह मन्त्रालयबाट जारी गरिएको गोप्य निर्देशन रहेछ । जसमा लेखिएको थियो, ‘विशिष्ट राजनीतिक परिस्थिति सिर्जना हुन पुगेकाले उल्लिखित ६ व्यक्तिलाई तुरुन्त पक्राउ गरी हिरासतमा लिनू र यस कदमविरुद्ध कुनै व्यक्ति वा समूहद्वारा राजनीतिक क्रियाकलाप प्रदर्शन गर्न खोजे उनीहरूलाई पनि यसै आदेशका आधारमा पक्राउ गरी माथि जानकारी गराउनू ।’ पाँच जना व्यक्तिको नाममा मलाई त्यस्तो अप्ठ्यारो लागेन । तर, एक जना व्यक्तिको नामले मलाई भित्रैदेखि झकझक्यायो । मैले ती नाम दोहोर्‍याएर–तेहेर्‍याएर पढेँ । एकपटक झस्किएँ पनि, कतै आफ्नै नाम त छैन भनेर । मेरो नाम त थिएन तर मभन्दा माथिल्लो तहका प्रहरी अफिसर अर्थात् एसएसपीको नाम त्यो पक्राउ गर्नू भन्ने पुर्जामा चौथो नम्बरमा थियो । उनी नेपाली कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायका नातेदार थिए ।

महत्वपूर्ण वेबसाइट

Top