पुग्नै पर्ने ठाऊ हो गोसाईकुण्ड

के वि मसास नेपाल प्राकृतीक सम्पदाको धनि मुलुक हो । यिनै सम्पदा भित्र हिमाल,ताल,नदीनाला र


Thursday, 24 Sep, 2015 10:52 AM

के वि मसास
नेपाल प्राकृतीक सम्पदाको धनि मुलुक हो । यिनै सम्पदा भित्र हिमाल,ताल,नदीनाला र ऐतिहासिक धार्मीक स्थल रहेका छन । हामीहरु भने  नजिकको तिर्थ हेला भने जस्तै ,आफ्नो देशको ऐतिहासिक र धार्मीक तिर्थस्थलहरु देख्दैनौ । तिर्थगर्नकै लागि हामी नेपाली त्यसमा पनि हिन्दुधर्म मान्यहरु धर्मकैलागी मित्र राष्ट्र भारतका अनगीन्ती धार्मिक स्थलहरुमा पुग्दछौ । आफ्ना मृतक पारिवारीक सदस्यहरु कालागी आत्मा शान्ती र  स्वर्ग सम्म पु¥याउन धार्मीक स्थल पुग्ने गर्छौ । तिर्थस्थलमा पुगेर दानपुण्य र मृतक पारिवारिक आफन्तको नाममा श्राँद्ध समेत गर्दछौ । अनि आफ्नो मनोकाक्षा पु¥याउन भारतका तिर्थ स्थल धाउछौ । तर आफ्नै देशमा रहेको पौराणिक धार्मीक र ऐतिहासिक महत्व रहेको तिर्थस्थलको चाहि वास्ता गर्दैनौ ।

    नेपालको हिमाली जिल्लामा धेरै यस्तो धार्मिक एव्म पर्यटकिय स्थलको रुपमा पहिचान बोकेका ताल, कुण्ड र पोखरी छन् । त्यस स्थानको महत्व पनि भिन्न किसिमको रहेको छ । चाहे मुगुको रारा ताल होस या डोल्पाको से फोक्सोण्डो ताल अथवा मनाङको तिलिचो ताल र रसुवा जिल्लाको गोसाईकुण्ड । रसुवा जिल्ला यस्तो जिल्ला हो । जहाँ एक सय आठ वटा कुण्डहरु छन । यि कुण्डहरुको धार्मिक र पर्यटकिय  महत्वको बारेमा भिन्न भिन्न वर्णन गरेको पाईन्छ । लाङ्टाङ् हिमालको आसपास र रसुवा तिव्वत सिमाको हिमाली भूभागमा रहेका कतिपय कुण्डहरुको नामाकरण समेत हुन सकेको छैन ।

बाग्मती अञ्चालको उत्तर तिब्वती सिमानामा जोडीएको रसुवा जिल्लामा रहेको गोसाईकुण्डको धार्मीक महत्व युगौ देखि रहदै आएको छ । काठ्माण्डौबाट रानिपौवा, त्रिशुली, वेत्रावती, कालिकास्थान, राम्चे हुदै एक सय अठार कि मि यात्रा पछि रसुवा जिल्लाको सदरमुकाम धुन्चे पुग्न सकिन्छ । धुन्चे बाट पैदल लौरीविनाएक को उकालो पारगरेपछि चन्दन बारिको तेरपैलोबाटो हुदै चोलाङपाटि को बाटो एक दिनको पैदल यात्रामा गोसाईकुन्ड पुग्न सकिन्छ । सामुन्द्रिक सतहबाट चौध हजार फिट उचाईमा रहेको गोसाईकुण्डको लम्बाई छ सय मिटर र चौडाई तिन सय सत्तरी मिटर रहेको छ । गोसाईकुण्डमा वर्षको दुईपटक धार्मीक मेला लाग्ने गर्दछ । दशहरामा र जनैपुर्णीमामा दशहरामा भन्दा जनैपुर्णीको मेलामा धेरै जिल्ला र विदेशीहरुको समेत जमधटहुने गर्दछ । भने वाह्य पर्यटकहरु भने जुनसुकै महिनामा त्यस स्थानमा पुग्ने गर्दछन् ।

धार्मिक, जैविक, विविधता, ऐतिहासिक,पर्यटकिय र सांस्कृति महत्व सगैँ गोसाईकुन्ड, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड , दुधकुण्ड र सुर्जे कुण्ड पख्यात कुण्डहरु मानिन्छन् । तर रसुवा जिल्लाकै गोसाईकुण्डको भुगोलमा रहेका गतलाङको पार्वति कुण्ड टिमुरेको, रिभरकुण्ड, वृद्धिम् को दुधकुण्ड भने प्रचारमा आउन सकेका छैनन् । लाङटाङ् र गणेश हिमाल आसपासमा रहेका दर्जनौ ताल र  कुण्डका बारेमा अध्ययन,अनुसन्धान र नामाकरण नै हुनसकेका छैनन् ।

हिमाली श्रंखला र पहाडको उपत्यका रहेको गोसाईकुण्ड धार्मिक एवम् पर्यटकिय दृष्टीकोणले पनि अतिनै महत्वपूर्ण मानिन्छ । धार्मिक विश्वास अनुसार समुन्द्र मन्थन गर्दा उत्पन्न भएको कालकुठ विष को असरबाट पृथ्र्वी लाई बचाउन भगवान शिव ले सो विष पान गर्नुभयो । विष पानको सेवन बाट शिवलाई औडाहा र छटपटी भयो । यसलाई सान्त पार्न शिव गोसाईकुन्ड पुग्नुभयो र आफ्नो हातमा रहेको त्रिशुल पहाडमा गोब्दा निश्किएको गंगाजल ले नुहाई शान्त हुनुभयो । त्यहि जलबाट बनेको कुण्डर त्यहाँको मनोहर दृश्य बाट शिव लाई लोभ्यायो र गोसाईबाबा अर्थात भगबान महादेव गोसाईकुण्डमा सयन गर्नुभयो भन्ने धार्मिक मान्यता रहेको छ । त्यसैकारण ले गोसाईकुण्डमा स्नान गर्नाले जन्मान्तर देखिको पाप बाट मुत्ति मिल्ने, मनले चिताएको कुरा पुग्ने , जनविश्वास रहेको हुदा प्रत्यक सालको श्रावन शुक्ल पुर्णीमा अर्थात जनैपुर्णीका दिन गोसाईकुण्डमा ठुलो मेला लाग्ने गर्दछ ।

धार्मिक दृष्ट्रीकोण ले दशहरा र जनैपुर्णीमा गरि दुईपटक र पर्यटकिय दृष्टीकोणले वर्षभरिनै पर्यटकहरुको ओहिरो लाग्ने गोसाईकुण्डले देश भित्र मात्र नभएर विदेशिहरुलाई समेत आर्कषणको केन्द्रको रुपमा विकास गरेको छ । विश्व सम्पदा सुचिमा सुचिकृत गोसाईकुन्ड लाङ्टाङ राष्ट्रिय निकुन्जक्षेत्र भित्र  रहेको छ ।निकुञ्ज बाट संरक्षीत क्षेत्र भएकोले त्यस क्षेत्रको वातावरण अत्यन्त आकर्षक र मनोमोहोक मानिन्छ । गोसाईकुन्डमा घाम लागेको बेला शिवको आकृतिको मुर्ति जस्तो गेरु रंगको चट्टान देखिन्छ । त्यसैले गोसाईकुण्डलाई शिवकुण्ड पनि भनिन्छ । गोसाईकुण्ड त्रिशुली नदिको उद्गम क्षेत्र पनि हो । विष ले निस्लोट भएका शिबले जमिनमा गाडेको त्रिशुलबाट तिनवटा जलधारा निस्केको र त्यसै पानिबाट नदि बगेको हुदा नदिको नाम समेत त्रिुशली रहन गएको विश्वास रहेको छ ।

धार्मिक महत्व मात्र होईन गोसाईकुण्ड जाँदा रसुवाको सदरमुकाम धुन्चेबाट पैदल यात्रामा पर्ने ३८ सय मिटरको उचाईमा रहेको लौरीविनाएक बाट लाङ्टाङ् हिमाल गणेश हिमाल, रसुवा जिल्लाको स्याफु्वेशी धुन्चे, नुवाकोट जिल्लाको अधिकाम्स भुभाग र धादिङ जिल्लाको डाडाँ काडाँको दृष्श्यालोकन गर्न सकिन्छ । जनैपुर्णीमामा गोसाईकुण्ड पुग्ने ब्यक्ति ले त्यहाँको तमाङ् सस्कृतिमा रहेको तमाङ्सेलो, मेन्दोमायाँ, ढङ्ग्रे नाच, र अन्य सम्प्रदायबाट पर्दशन गरिएका भजन, कृतन, खैजरी नाच, आदि ले धार्मिक पर्यटकहरुलाई रमणीय वातावरण बनाईदिएको हुन्छ ।

कुण्डको निलोपानी वरिपरि अग्ला पहाड, पहाड नजिक हिम श्रृखला स्वस्छन्द हावा , मनमोहक वातावरण, त्यस्तो स्थान कस्लाई मन नपर्ला ? साच्चैनै  स्वर्गको अनुभुति गर्न सकिने गोसाईकुण्ड ध्यान, साधनामा लाग्ने मानिसहरुका लागी उत्कृष्ट तपोभुमि मानिन्छ । काठ्मान्डौ देखि गोसाईकुण्ड सम्म जादाँ बाटोमा पर्ने रानिपौवा बाट देखिने नुवाकोट र रसुवा जिल्लाका प्राकृतिक दृष्श्य लाङ्टाङ, गणेश हिमाल को दृश्य मात्र होईन खानेका लागी रेन्वो ट्राउट माछा ढिडो र सिस्नोको स्वादले मनै लोभ्याउछ । गोसाईकुण्ड जानको लागि अहिले काठमाण्डौ बाट मात्र नभएर पृथ्र्वी राजमार्गमा पर्ने धादीङ् जिल्लाको गल्छी बाट पनि यात्रा गर्न सकिन्छ । गोसाईकुण्डको लागि नारायणघाट,मुग्लीन भएर जाने मानिसहरुको लागि यो मार्ग छोटो र रमणिय मानिन्छ । गल्छी बाट नुवाकोट जिल्लाको रातामाटा, झिलटूङ् हुदै प्रशिद्ध धार्मीकस्थल मानिने देवीघाटको अवलोकन गर्दै नुवाकोटको सदरमुकाम त्रिशुली विदुर पुगिन्छ । विदुर बाट त्रिशुली लज–विद्युतको बाधको दृष्यवलोकन गर्दै रसुवा र नुवाकोट जिल्लाको सिमाना वेत्रावती पुगिन्छ । वेत्रावती पनि धार्मीक स्थलकोरुपमा पहिचान भएको स्थल हो । प्रत्यक कुशे औसीको दिन बाबुको नाममा श्राद्ध र तर्पण गर्नेहरुको भिड हुने गर्दछ । उत्तर गया भनेर चिनिने वेत्रावतीको खोला लाई वेत्रगंगाको नामले चिनिन्छ । जस्लाई स्थानीय भाषामा सलाखु पनि भनिन्छ । यो खोलाको पानी पनि महादेवले विषपान गरेको वेलामा वेतको लौराले पहाडमा हान्दा निस्किएको पानी भएको हुदा पवित्र मानिन्छ । जुनखोला वेत्रावतीमा आएपछि त्रिशुली नदीमा मिसिन्छ ।

नजिकको तिर्थ हेला भनेजस्तै आफ्नो देशमा रहेको धार्मिक एव्म पर्यटकिय स्थल गोसाईकुण्डको यात्रा गर्ने हो की ? गोसाईकुण्डको यात्राले पर्यटकहरु लाई धार्मीक दृष्ट्किोणले मात्र नभएर वातावरणिय धरातलको समेत अवलोकन गर्न सकिन्छ । लाङ्टाङ् राष्ट्यि निकुञ्जले संरक्षण गरेको जंगल र त्यहा पाइने हिमाली वन्यजन्तु ले पनि गोसाईकुण्डमा जाने मानिसहर लाई थप आकर्षणको विषय वनाएको हुन्छ । जनजाती र सस्कृती संग रुचिराख्ने मानिसहरको लागि रसुवा जिल्लामा तमाङ् सस्कृतीको बारेमा अध्ययन,अनुसन्धान गर्न समेत सकिन्छ । तिव्वत संगको लडाइमा किल्ला बनाइएको रसुवागढीको ऐतिहासिक स्थल पनि गोसाईकुण्ड जाने बेलामा पुग्न सकिन्छ । रसुवा जिल्लाको दक्षिण भेगका ग्रामीण वस्ती सरमथली,जिवजिवे,कालिकास्थान र राम्चे वरपरका पहाडि बस्तीहरुले पनि गोसाईकुण्ड जाने यात्रुहरु लाई रोमान्च वनाइ दिएको हुन्छ । सके पटक पटक नसके एकपटक गोसाईकुण्ड पुग्नुहोस प्राकृतिक र धार्मिक सन्तुष्टी प्राप्त गर्नुहोस ।

बिचार

पूर्वराष्ट्रपति डा रामवरण यादवको सनसनीपुर्ण खुलासा :- मैले तीनपल्ट सेना बचाएको छु

अहिले सम्झिँदा– पहिलो संविधानसभामा जुन पार्टीहरूले सेरेमोनियल राष्ट्रपतिको भरपूर उपयोग गरे, दोस्रो सभामा तिनैले अविश्वास गरेजस्तो लाग्दैन रुतपाईंले यो एकदम ठिक भन्नुभयो । उनीहरूले सत्ताको लागि यसो गरेका हुन् । राष्ट्रपति सेरेमोनियल हो । तर, जुन बेला संसद् रहँदैन, त्यसको अख्तियार पनि राष्ट्रपतिकहाँ गइहाल्छ । बुद्धिजीवी, पत्रकारहरूले मलाई त्यसबेला बढी सक्रिय भएको भनी प्रश्न गर्ने पनि गर्छन् । सेनापतिको विषयमा यो प्रश्न उठ्छ । लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि सेनाको विषयमा मैले संविधानलाई अलिकति ‘इन्क्रोच’ (हस्तक्षेप) गरेकै हुँ । तर त्यो बुझेर गरिएको निर्णय थियो । किनभने, देशमा दुई वटा सेना थिए । कम्तीमा शिविरका लडाकुको व्यवस्थापन भइसकेपछि कार्यकारी प्रमुखले ‘फुल फङ्सन’ (पूर्ण भूमिका) गर्न सक्थ्यो । नत्र, कहिलेकाहीँ मैले लगाम लगाउनै पथ्र्यो । मैले यो कुरा प्रधानमन्त्री प्रचण्डलाई स्पष्ट भनिदिएको थिएँ, ‘तपाईं विद्रोही प्रधानमन्त्री, रक्षामन्त्रीले दुई वटा सेनाको समस्या समाधान गर्नुस् । त्यसपछि सेनाको इस्युमा हात हाल्नुस् ।’

प्रचण्डजी, बाबुरामजीहरूले एक डेढ महिनादेखि बाहिर आएर बोल्न थाल्नुभएको थियो । मेरो सोच र उहाँको सोचमा फरक हुन थाल्यो । मैले सिधै त सोधिनँ, तर भित्र–भित्रै होमवर्क गर्न थालिसकेको थिएँ । किनकि, मैले अरू पार्टीहरूको फरक विचार छ भन्ने थाहा पाइरहेको थिएँ । रक्षामन्त्री (बादल) ले प्रधानमन्त्रीकहाँ सेनापतिलाई बोलाएर मलाई सहयोग गर्न (राजीनामा दिन) भनेपछि सेनापतिले मलाई फोन गरेका थिए । दोस्रोपल्ट पनि त्यसैगरी बोलाएर सहयोग गर्न भनेको थाहा पाएपछि मैले (कटवाललाई) राजीनामा नगर्न भनें । म त्यसबेला पत्रकारको एउटा कार्यक्रममा थिएँ । बाटोबाटै सेनापतिको फेरि फोन आयो । मैले जवाफ दिएँ, ‘तपाईंले प्रधानमन्त्री र रक्षामन्त्रीलाई भन्नुहोला– संस्थागत प्रक्रियाबाट राजीनामाका लागि कुरा ल्याउन भन्नुस्, (संस्थागत बाटोबाट ल्याउँदा चिठी राष्ट्रपतिकहाँ आइपुग्छ) अहिले राजीनामा नगर्नुहोला ।’
पुलिस र सशस्त्रको नियमावली परिवर्तन नगर्नुस् भनेर मैले प्रधानमन्त्री राखेर उहाँलाई भनेको थिएँ । उहाँले नमान्ने हुँदा आज पुलिस र सशस्त्रको के दशा छ ? आज सशस्त्र भन्सार र एयरपोर्टमा बसिरहेको छ ।
 

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

महत्वपूर्ण वेबसाइट

Top