नवराज सरलाई पत्र


Monday, 30 Oct, 2017 12:00 AM

शर्मिला खड्का दाहाल
नवराज सर तपाईंको कथा म लेख्छु । तपार्इंले फेसवुकमा कतै भावुक भएर मेरो जीवन यात्राको कथा कस्ले लेख्छ भन्ने कुरा पढेपछि मैले केही लेख्ने सोच बनाएँ । तपाईँको यति लामो जीवनमा घटेका घटनाका बारेमा मलाई केही थाहा छैन । मात्र तपाईंको लामो जीवनको छोटो प्रसङ्ग जुन प्रसङ्ग मसँग, समाजसँग र देशसँग जोडिएर आएको छ, ती बारे सानो आँखीझ्यालले देखेको कुरा लेख्दै छु ।

यो कथा सुरु हुन्छ झन्डै दस बारह वर्षअघि । त्यसबेला माओवादी जनयुद्धको मैदानमा थिए । त्यससमय तपाईंको एउटा कथा साझा प्रकाशनद्वारा प्रकाशित गरिमामा छापिएको थियो । म पनि त्यससमय साहित्यिक साधाना र अध्ययनमा युद्धस्तरमा लागेकी थिएँ । तपाईंले देशप्रेमको भावाना ‘कारगिलको युद्ध’ कथामार्फत् सशक्त पाराले देखाउनु भएको थियो । तपाईंले पात्रमार्फत देखाउनु भएको देशप्रेमको भावनाले म अति प्रभावित भएँ । त्यस पात्रलाई जीवित बनाउन मैले अर्को कथा विनिमार्ण गरी लेखे । यसरी तपाईंसँग छोटो साहित्यिक सम्बन्ध गाँसिएको थियो ।

तपाईंको विषयमा मलाई खासै केही ज्ञान थिएन । एउटा कथाकार र नेपाल प्रहरीको अधिकृत भन्ने मात्र थाहा थियो । एकपल्ट एउटा साहित्यिक कार्यक्रममा हाम्रो सानो भेट भयो । त्यस सानो भेटमा उही कथाको विषयमा छोटो चर्चा भयो ।

म मेरो सत्र वर्षे जागिर छोडेर तन्मयका साथ काठमाडौमा आएर साहित्यिक क्षेत्र लागि परेँ । विभिन्न देशको समाचार र नेपालको राजनीति र सामाजिक घटनाहरू थाहा पाउने क्रममा थाहा भयो तपाईं नेपाल प्रहरीको प्रतिभावान, कर्मठ, निडर र नैतिकवान अधिकृत हुनुहुँदो रहेछ ।
मैले थाहा पाउँदै गए तपाईं डिआइजी भएर मेरो जन्मथलो पुर्वाञ्चलको प्रमुख भएर जानुभएको छ भनेर । तपाईं त्यहाँ जानु भएपछि त्यहाँ प्रहरी सेवालाई लोकप्रिय र सफल बनाउन तपाईं खेल्नु भएको भूमिकाहरू म समाचारहरूमा पढ्न थालेँ । हुन त मैले थाहा पाएभन्दा धेरै राम्रा कामहरू तपाईंले त्यहाँ गरेको हुनसक्छ । तर मैले थाहा पाएको कुराले म कति खुसी थिएँ । तपाईंले टोलटोलमा सुरक्षाको लागि राती प्रहरी परिचालन गर्ने नियम बनाउनु भएको थियो । प्रत्येक महिना इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान गर्ने प्चलन चलाउनुभयो । भष्टाचारी, घुसखोरी र नैतिकहन प्रहरीलाई दण्डित गर्ने चलन चलाउनुभयो ।

त्यो भन्दा खुसीको कुरा मलाई केमा लागेको थियो भने मेरो जन्मभूमि धरानमा र कर्मभूमि इटहरीमा धेरै युवाहरू लागु पदार्थका दुव्र्यसनी थिए । लागु पदार्थ ओसारपसारलाई रोक्न तपाईंले ठूलो अभियान थाल्नुभयो । मेरो कर्मभूमि इटहरी एकताका यौनअखडाको दुर्गन्धित सहर भइसकेको थियो । यसको लागि तपाईंले ठूलो पहल गरेर जरैदेखि उखेल्नुभयो । त्यससमयताका यौन व्यापारमा मुछिएका तीन होटलका संचालकलाई जेल पुयाइकन छोड्नुभयो । यी कुरा मैले समाचारमा पढेमात्र होइन आफ्नै आँखाले देखे अनि भोगे पनि ।

म एउटा संस्थामा काम गर्ने साना भाइबहिनीहरूको शिक्षिका थिएँ । त्यस बखत स्कुल जाँदा आउँदा राजमार्ग हुँदै जानुपर्दथ्यो । जब देशमा लोकतान्त्रिक गणतन्त्र आयो तब राजमार्गको दुवैतिर भकाभकी होटल र गेस्टहाउस खोलिन थाले । म सोच्दथेँ यो मानवबस्ती भन्दा टाढा ठाउँमा कहाँका मानिस आएर खाना वा खाजा खाँदा हुन् । म त बालबालिकालाई नैतिक ज्ञान दिने, आर्दशका कुरा सिकाउने, इश्वरीय ज्ञान दिने साधारण शिक्षिका थिएँ । यस्ता समाजमा बाहिर हुने कतिपय अनैतिक कामहरू मलाई पटक्कै थाहा थिएन । मैले पनि जागिरमा कर्मठ र इमान्दार भएर लाग्दा तपाईंको जस्तो भोगाई भोग्न पर्यो । मैले पनि जागिरबाट तिलाञ्जलि दिएर कलमको सहारा लिन पुगेँ । जब म बाहिरी संसार आए तब मलाई हाम्रो समाजमा खेलिने अनेकौँ फोहरी र दुर्गन्धित खेल बारे थाहा हँुदै गयो । ती राजमार्गमा खोलिएका होटल र गेष्टहाउसका रहस्य थाहा हुँदै गयो । हाम्रो काका, मामा, दाजु आफन्त तीनै होटलमा गएर गणतन्त्रले थाम्न नसक्ने यौवनाहरूको यौवनमा आफ्ना भएभरका सम्पत्ति लुटाउँदा रहेछन् । छोराछोरी पढाउने फिस, खुवाउने औषधि, दुध, फलफूल त तिनै होटलमा लुटिदा रहेछन् । घरमा श्रीमान श्रीमतीको झगडा किन हुन्छ भन्दा तिनै होटल र गेष्टहाउस रहेछन् । विदेश जाने हजारौ युवाहरूको पसिनाले पो त्यो होटलहरू मोटाउँदै गएका रहेछन भन्ने कुरा मैले बल्ल बुझ्न थाले । पछि जब म इटहरी गए ती राजमार्गका होटल र गेष्टहाउसहरू सबै बन्द गरिएको पाएँ । मलाई कति खुसी लाग्यो । यो तपाईलें लेखनमा लेखिएको आर्दश र राष्ट्रप्रेमले भरिएको कथा मात्र थिएन । यो त व्यवहारमा अवतरण गरिएको कथा थियो ।

ती निर्दोष बालबालिकाको आत्माले तपाईंलाई कति धेरै आर्शीवाद दिए होलान् । जसका बुवाहरू ती भट्टीमा समय र पैसा सकेर आएर आमाहरूलाई चुट्दथे । जुन कुरा मैले मेरो आँखाले देखेकी थिएँ । एउटा सभ्य र सुसस्कृत समाजमा विकृतिको रूपमा फैलिएको यस्ता कुकृत्यलाई तपाईंले कति सजिलै निरुपण गर्नुभएको थियो । गर्दा हुने रहेछ अन्य अधिकृतहरूले किन नगरेका होलान् रु उनीहरूलाई महिनावारी र हप्तावारी बुझ्दा नै भ्याई नभ्याई थियो होला । तपाईं प्रहरी सेवालाई नै समाजमा लोकप्रिय र प्रशंसा गर्न लायक बनाउन तन्मय साथ लाग्नु भएको थियो ।

तपाईंको पोस्टिग पूर्वाञ्चलबाट काठमाडौँ भयो । काठमाडौँ आएर पनि तपाईंले नक्कली सर्टिफिकेटवालाको निद हराम गर्नुभयो । निदहराम मात्र होइन यसरी नक्कली सर्टिफिकेटमा डाक्टरजस्तो सम्मानित जागिर खानेहरूलाई ठूलो धक्का दिनुभयो । यो तपाईंको अर्को ऐतिहासिक विजय थियो । त्यस्तै दवईबाट आउँदै गरेको तेतीस किलो सुन तपाईंको कमान्डले समाएर अर्को लोकप्रिय र जनताले गर्व गर्ने काम गर्नुभयो । यसरी अपराधीहरूलाई दण्डदिने र समाउने क्रममा तपाईंले कति धम्कि र त्रास खेप्नु पर्यो होला । जीन्दगी नै तरवारको धारमा राखेर हिँड्नु पर्यो होला । आर्दश खोक्ने मानिस यो समाजमा मैले धेरै देखेको छु तर व्यवहारमा ल्याउने चाहिँ कमै देखेको छु । किन कि आर्दश र सत्य अति कडा हुन्छ यो पचाउन मानिसलाई हम्मेपर्छ । अनि समाजमा मानिसलाई बाँच्नै गाहो हुन्छ । हामीले हाम्रो प्रतिष्ठानबाट तपाईको समाजप्रतिको निष्ठा, योगदानको कदर गर्दै पुरस्कृत पनि गरेका थियौ ।

तपाईं एउटा बेग्लै विचार, धार र स्वाभिमान बोकेर आउनुभयो जुन कुरा तपाईंको संस्थाका मान्छेले नै पचाउन सकेनन् । किन कि उनीहरूलाई थाहा छ योे सत्यसँग खेल्ने उनीहरू सँग औकात नै छैन । कुशासनमा रमाउनेहरू कतिपय तपाईंका विरोधी भए अनि साँच्चै तपाईंमाथि राजनीति भयो । तपाईंको सत्य विरुद्धमा अरू महिषासुर लागे । तर तपाईं डराउनु भएन । अन्याय गर्नुभन्दा अन्याय सहनु अपराध हो भनेर तपाई न्यायको खोजिमा लाग्नुभयो । तर पनि तपाईं झन प्रताडित गर्न महिषासुरहरू कम्मर कसेर लागे । यसरी महिषासुरहरू तपाईंका पछि हात धोेएर लाग्नका पछाडि तपाईंका केही व्यक्तिगत कमजोरीहरू थिए ।

ती कमजोरी निम्न छन् ।

हाम्रो समाज यस्तो एउटा छट्टु कथाबाट सुरु हुन्छ । एकपल्ट महादेवले गणेश र कुमारलाई जो पहिला पृथ्वी परिक्रमा गरेर आउँछ उही सर्वेश्रेष्ठ हुन्छ भनेर भन्नुभयो । बाठा र छट्टु गणेशले बुद्धि खियाए र महादेव पार्वतीको परिक्रमा गरी महादेवलाई खुसी बनाए । सोझा कुमार इमान्दारका साथ सुमेर घुम्न निक्ले । यस्तै कथाले हाम्रो समाजमा स्तुतिबाज र चाकडीबाजको एउटा ठूलो वृक्ष जरा गाडेर बस्यो । ठूलाबडाहरू आफूलाई भगवानसरह ठान्ने र हरदम शक्तिको चाकडी र आरती खोज्ने तर तपाईंले यसको विपरित एउटा आत्मालाई भगवान ठान्नुभयो अनि आत्माको पूजा र सम्मान गर्नुभयो । कहिल्यै आत्मालाई ढाट्ने, छल्ने गर्नुभएन किन की आत्माले स्तुतिगान र चाकडीबाज होइन इमान्दारिता, लगनशीलता र प्रतिभालाई प्रमुख ठान्दछ ।

तपाईंको अर्को कमजोरी भनेको धनसम्पत्ति ऐश्वर्यलाई भन्दा ज्ञान, सीप, प्रतिभालाई महत्व दिनु हो । धनसम्पत्ति ऐेश्वर्यको माया गर्नुभएको भए अरू भोकाएका सिंहलाई आहारा खुवाउन सक्नुहन्थ्यो अनि तपाईंसँग उनीहरू खुसी हुन्थे । तर तपाईं त्यसो पटक्क गर्नुभएन ।
तपाईंको अर्को कमजोरी भनेको अन्यायको विरुद्ध लड्नु भयो । हिजो तपाईंजस्तै अन्यायमा परेकाहरू चुपचाप आफ्नो भाग्यलाई धिक्कार्दै बसेका छन् । तर तपाईंले अन्यायका विरुद्ध आवाज उठाउनुभयो । अन्याय गर्नुभन्दा अन्याय सहनु ठूलो अपराध ठान्नुभयो । हिजो अपराधको लागि आफ्नो जिन्दगी नै दाउमा लगाएर हिँड्नु भएको तपाईंले यो अपराध स्वीकार्नु भएन ।

तपाईंको अर्को कमजोरी भनेको शक्तिशाली व्यक्तिको दाहिने हुन सक्नु भएन । तपाईंले शक्तिलाई पूजा गर्न जुनसुकै परिस्थितिमा पनि छेपारोले जस्तो रङ्ग फेर्न सक्नुभएन । यो पनि एउटा कला हो । यो कला तपाईंले जीवनको रगमञ्चमा कही कतै सिक्नुभएन ।
तपाईंका यी कमजोरीका कारण तपाईंमाथि राजनीति भयो । त्यसैले तपाईं राजनीतिमा लाग्नु भयो । तर त्यहाँ तपाईं कसरी टिक्नु हुन्छ रु कसरी आफ्नो अनुकुल बनाउनु हुन्छ रु राजनीतिमा माथि अर्को राजनीति नहोला भन्न सकिन्न ।

नेपालको राजनीति भनेको मलाई ठूलाठूला साढेहरू हिलोमा शक्तिका लागि लडिरहेको जस्तो लाग्छ । तपाईं कसरी बुझ्नु हुन्छ रु कसरी यसलाई आफू अनुकुल बनाउनु होला समयले बताउला ।

हुन त तपाईंसँग मेरो कुनै प्रत्यक्ष सम्बन्ध छैन । म कुनै पार्टीमा आबद्ध पनि छैन । विगतमा महाभूकम्पले थिलथिलो पारेको काठमाडौँलाई भारतले नाकाबन्दी गरेर जुन तनाव दियो त्यस तनावलाई राजनेता केपी ओलीज्यूले जुन साहसका साथ किनारा लगाउनुभयो त्यसपछि नेकपा एमालेप्रति मेरो विश्वास र आस्था बढेको छ । तपाईंले एमाले प्रवेश गरेको समाचार पढेर मलाई खुसी लाग्यो । किन कि मजस्ता धेरै जनतालाई अब एमाले नै देशलाई सही दिशामा लैजान्छ भन्ने विश्वास जागेको छ । काग्रेस सरकारले गरेका धेरै गल्तीको कारण नै जनताको प्रिय पार्टी एमाले भएको छ । अझ माओवादी र नयाँशक्तिसँग मिलेर एमालेले जुन गठबन्धन बनाएको छ यो गठबन्धनले देशलाई अझ समृद्धितिर लैजान्छ भन्ने जनतामा आशा पलाएको छ ।

हुन त राजनीतिलाई शौचालय र साहित्यलाई भोजनालय भन्ने गरिन्छ । तर तपाईंले ममाथि राजनीति भयो त्यसैले म राजनीतिमा लागेको भन्ने जुन अभिव्यक्ति दिनुभयो त्यसले लाग्छ तपाईंभित्रको देशप्रेम भावना अझ सुदृढ भएर जागेको छ । नेपालका राजनीति पार्टीले नेपालीलाई खासै खुसी र सन्तुष्टि दिन सकेनन बरु उल्टै वितृष्णा, वेरोजगार र अभाव मात्र दियो जसले गर्दा साठी लाख नेपाली युवाहरू घरपरिवारबाट टाढा खाडीको तातो हावा खान बाध्य भएका छन् । धेरै प्रतिभावान युवाहरु विदेश पलायन हुन बाध्य भए । हाल आएर वामघटक एक भएको देख्दा अब चाहि देशमा शान्ति सुविस्ता र स्थिरता आउँछ कि भन्ने हामीजस्तो सर्वसाधारण जनतालाई आशा जागेको छ । यस गठबन्धनले नेपालको राजनीतिमा ठूलो तरङ्ग पैदा भएको छ । भनौ एकप्रकारको भुकम्प आएको छ । कतै यो भुकम्प सत्यको त्यही सानो झिल्कोले ल्याएको होइन भनेर अनुमान पनि लगाउन सकिन्छ । मैले धेरै अघि भनेकी थिएँ । सत्यको एउटा सानो झिल्कोले संसार खरानी बनाउन सक्छ । किन की मैले यो कुरा भोगेकी छु । आज त्यही झिल्को डढेलो बनेर असत्यका धर्मभिरुहरूको मन डढाइरहेको छ ।

तपाईंको स्वाभिमान, निष्ठा र आर्दश पार्टीमा अझ बलियो भएर जानेछ र पार्टीलाई सही दिशामा मार्गदर्शन गर्नुहुनेछ भन्ने शुभकामना दिन चाहन्छु तर राजनीति आफैमा चुनौतिपूर्ण र फोहरी हुन्छ यसलाई तपाईं आफ्ना पवित्र भावनाले सुद्धिकरण गर्दै अघि बढनु हुनेछ भन्ने मेरो आशा र विश्वास छ ।

बिचार

प्रहरी टुलुटुलु हेरेर बस्ने कि सरकारको निर्देशन कुरेर बस्ने ?

माओवादी आन्दोलन उत्सर्गमा पुगेका बेला (०५६) पनि प्रहरीले नै सुरक्षा रणनीति बनाएर चुनाव गराएको थियो। त्यतिबेला सरकार पहिला उभिन्थ्यो र पछि प्रहरी उभिन्थ्यो। तर, अहिले परिस्थित ठीक उल्टो बनेको छ। सरकार निर्णय र स्पष्ट निर्देशन दिन नसक्ने, प्रहरी नेतृत्व कताकता अल्मलिने देखिएको छ। प्रहरीले आदेश र निर्देशन कुरेर सम्भव छैन। ठूला घटनामा पठाउँदैको बेला ब्रिफिङ गरेर सरकारले भन्नुपर्छ कि अन्तिम समयमा तिमीहरूको हतियार नै खोस्न लागे वा ज्यान लिन लागे भनी अधिकतम अधिकार प्रयोग गर भनेर। ०५६ सालमा तत्कालीन विद्रोही माओवादी चुनाव हुन दिँदैनौं भन्दै बन्दुक र गोलीगठ्ठा बोकेर हिँडेको थियो। राज्यले पनि प्रहरी संगठनलाई ‘तिमीहरू जुनसुकै निर्णय गर्न पनि खुला छौु भनेर अधिकार दिएको थियो। मैले संगठनको नेतृत्व गरेको थिएँ। प्रहरी जवानदेखि सिनियर अधिकृतलाई जुनसुकै घटनामा ‘तिमीहरू नै निर्णयको भागीदार छौु भनेर सन्देश दिएको थिएँ। त्यस्तो अवस्थामा पनि चुनाव गराइयो। तत्कालीन समयमा शंका लागेका व्यक्ति वा समूहलाई ‘प्रि-एरेस्टु गरेका थियौं, जुन छिमेकी मुलुक भारतमा समेत गरिन्थ्यो। ठूला घटनामा सुरक्षा रणनीति सेनासँग समन्वय गरेर प्रहरी मुख्यालयभित्रै बन्थ्यो। अहिले सुनेको छु, गृह मन्त्रालयमा बन्छ रे !

बाऊको बिहे हेर्ने अवस्थामा पुग्ने जस्तो छ नेपाली कांग्रेस

यस्तो अवस्था रहदाँ रहदै काँग्रेसले माओवादी-एमाले जिते मुलुकमा सर्वसत्तावाद आउने कल्पनाको कुरालाई मुख्य चुनावी मुद्दा बनायो । यही हावादारी कुरालाई काँग्रेसले सर्वत्र उचाल्दै छ । बिमलेन्द्र निधी देखि गगन थापाले सम्म यसैमा जोड दिई रहेको देखिन्छ । पहाडको अवस्था मलाई धेरै थाहा छैन । पहाड वारे स्वंय काँग्रेसमै संत्रास देखिन्छ । तर मधेसमा त काँग्रेसको यो प्रचार टाउको दुख्दा नाईटोमा ओखति लगाए जस्तो भएको छ । सबैले बुझेको छ, काँग्रेसले खेलेको यो बचकाना खेल एमाले बिरूद्धको एक फगत आलोचना मात्र हो । काँग्रेसको आरोप झै यहाँ कुनै अधिनायकवाद आउने बाला छैन । तर, के नेपालका कम्युनिष्टहरूले सधै भारतलाई तारो बनाए झै अब नेपाली काँग्रेसले पनि सोही बाटो अपनाएको हो त ? आज काँग्रेसमा एक से एक जानकार तथा संवेदनशील मानिसहरू रहेको देखिन्छ, तरपनि सबै काँग्रेसीले यही कुरा फलाक्दै हिडीरहेको छ । काँग्रेसका सबै उम्मेदवारहरूले एमालेका बिरूद्ध यही सर्वसत्तावाद र अधिनायकवादको मुद्दा उचाल्दै भाषण गरिरहेको भेटिन्छ । सत्य त के हो भने शेर बहादुरको सरकार उपर ठूलो नैतिक प्रश्न खडा गर्दै सरकार मै सहभागी रहेका माओवादीले एमालेसंग चुनावी गठबन्धन बनाए पछि तत्काल रिसाएको काँग्रेसले रिस कै झोकमा बाम गठबन्धन बिजयी भए-देशमा कठोर अथवा स्टालिन कालको साम्यवाद आउने भनेको थियो । यसो भनेर वामपंथी ध्रुविकरणको बिरूद्ध कुनै रूपमा चुनावी फायदा लिन सकिन्छ कि भन्ने काँग्रेसको फुच्चे दाँउ हुनसक्छ ।

महत्वपूर्ण वेबसाइट

Top