कथाकार नव सिलवाल र थोत्रो छाता


Sunday, 15 Jan, 2017 4:19 AM

प्रतिरोध कार्की/  विश्व साहित्यमा एउटा लोकप्रिय विधाका रूपमा रहेको ‘कथा’ लेखनको परम्परा नेपाली कथाको क्षेत्रमा १८२० सालबाट सुरुवात भएको विद्वान्हरूको मत छ । सुरुमा नीति कथा र अनुवाद रूपान्तरण परम्पराका साथ कथालेखन हुँदै आएकाले नेपाली कथा लेखन परम्पराले अहिलेसम्म विधिको सांस्कृतिक निरन्तरता दिँदै आएको छ । त्यसैको निरन्तरता हो कथाकार नव सिलवालको ‘थोत्रो छाता ।’

आदर्शोन्मुख यथार्थवादी एवं मनोवैज्ञानिक प्रवृत्तिका साथ आधुनिकता प्राप्त गरेपछि देश विदेशका मानवीय प्रवृति र भोगाइलाई कथामा समेटिन थालेका छन्, त्यसकै परिणामस्वरूप जन्मेको थोत्रो छाताले यतिबेला नेपाली कथा लेखन परम्परालाई विकसित परिस्कृत तथा मानवीय संवेदनाको उच्चतम् विन्दुमा स्थापित गराएको छ ।

आदर्शोन्मुख यथार्थवादी कथा लेखन मनोवैज्ञानिक कथा लेखन प्रवृत्ति नै नेपाली कथा लेखन परम्परामा आधुनिक काल निम्त्याउने मूल कारक हुन् । नेपाली कथाको आधुनिक कालको सुरुवातसँगै आदर्शोन्मुख, मनोवैज्ञानिक, प्रगतिवादी, विसंगतिवादी, अस्तित्ववादी, आयमेली, प्रयोगवादी, नवचेतनवादी, समसामयिकलगायतका प्रवृत्ति र विषयसँग सम्बन्धित कथाहरू लेखिन थालिएको र नेपाली कथाले निश्चित उचाइ प्राप्तसमेत  गरेको छ ।

नेपाली साहित्यको पछिल्लो पुस्ताले विश्व दर्शनको अनुभूति कथामार्फत गर्न पाएका मात्र छैनन् सामाजिक विषय स्रोतलाई नै अत्यधिक प्रयोग गरिएको छ, कथा संग्रह थोत्रो छातामा । अन्तर्राष्ट्रिय समाजका परिदृश्यहरू पनि पाउन सकिन्छ । नेपालीहरू संसारभर पैmलिने क्रमको तीव्रतासँगै कथामा वैदेशिक जीवन र समाजको प्रस्तुति पनि अघिल्ला दशकको तुलनामा बढ्नु स्वभाविक नै हो । यसकै निरन्तरता पनि हो, सिलवालका थोत्रो छाताभित्र समेटिएका कथाहरू । कथामा मनोविश्लेषणअन्तर्गत मानवीय संवेदना, रागात्मकता, प्रणयपरकता, अभिघात, नवीनतम मनोचेतना, बालमनोविज्ञान, नारी मनोविज्ञान, समाज मनोविज्ञान, सांस्कृतिक मनोविज्ञानजस्ता विषयहरूले स्थान पाएका छन् । देश विदेश घुम्दा भोगेका र देखेका विषयवस्तुलाई समेटिएको पुस्तकमा २० वटा कथा रहेका छन् । स्रष्टाहरू सधैं परिचयको खोजीमा भौंतारिँदा भौंतारिँदै अस्ताउने आशयका कथाहरू समेटिएका छन् । परिवारमा एउटा, पेसामा अर्को अनि समाजले झन् फरक ढंगले बुझ्ने भएकाले सायद त्यही भएर होला नव सिलवालका रूपमा उनको छुट्टै साहित्यिक पहिचान र कथाकारको परिचय बनिसकेको छ ।

५० कै दशकमा कथाकारका रूपमा देखापरेका सिलवालको ०५६ सालमा मधुपर्कमा प्रकाशित ‘युरिडिया’ पहिलो कथा हो । नेपाल प्रहरीको जागिरेका रूपमा राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत मोजाम्बिक जाँदा त्यहाँको सामाजिक राजनीतिक र आर्थिक परिवेशलाई समेटेर उनले कथा लेखेका थिए । त्यसपछि उनको पहिलो कथा संग्रह भने ०६१ सालमा मात्र प्रकाशित भयो, आस्थाको पहाड शीर्षकको । त्यसपछि शब्दविहीन आवाज र थोत्रो छाता गरी अन्य दुई कथा संग्रह पनि प्रकाशित भएका छन् ।
उनले आफ्नो कथामा प्रायः देशको द्वन्द्वको राष्ट्रसंघीय मिसनअन्तर्गत देखिएका अमानवीय पक्ष र त्यसबाट उत्पन्न परिवेशलाई पाठकसामु ल्याएका छन् । चर्चित ‘डिसेम्बर ५’ थोत्रा छाताभित्र समेटिएको छ । उक्त कथा पढेपछि पाठकहरू निकैबेर आफू र आफू बाँचेको समय परिवेश अनि अब भोग्नुपर्ने सम्भावित त्रासबारे घोत्लिन बाध्य हुनेछन् ।
कतिपयले उनलाई प्रहरी अधिकृत मात्र नभई साहित्यकारका रूपमा मात्र पनि चिन्छन् । निरपेक्ष सामाजिक परिवर्तनको पक्षमा लेखिएको प्रतीत हुने यिनका कथाहरूले नेपाली समाजमा विद्यमान विविधता खोतलेका छन् । कथाहरूमा यिनले युद्धले निम्त्याएका चरम मानवीय विनाशको चित्रण गरेका छन् ।



समाजमा जरो गाडेर बसेको रुढीवाद र अन्धविश्वासको चित्रण गर्दै तिनमाथि प्रहारसमेत गर्न भ्याउनुका साथै सम्भव परिस्थितिलाई सहजै पार लगाउन सक्ने क्षमता पनि उनका कथाले उजागार गरेको छ । प्रहरी सेवामा उनी जसरी परिस्थितिको सहज आँकलन गरेर जनता, राष्ट्र र समाजका लागि जोखिम मोल्न तयार हुन्छन्, कथामा पनि उनको दृष्टिकोण त्यही किसिमको अग्लो देखिन्छ । कथाका प्रत्येक पात्रहरू सगरमाथाको उचाइ नाप्न दौडिरहेका अनुभूति हुन्छ ।आस्थाको पहाडभन्दा थोत्रा छाता परिष्कृत कथाहरूको ठूलै जमघट हो । कथामा देखिएका पात्र चरित्र र परिवेशले मुखियागिरि प्रथालाई अझै आधुनिक युगमा पनि विभन्न बहानाले प्रश्रय पाएको चर्चा गरिएको छ । ‘कारगिलको मोर्चा’ कथामा रोजगारीका लागि विदेशी भूमिमा नेपाली स्वाभिमान बेच्नुपरेको पीडा उजगार भएको छ । जिन्दगीले पार गर्नुपर्ने विकट बाटा र गोरेटाको चित्रण छ । आफू सुरक्षा निकायको उपल्लो दर्जा भएको र साना दर्जाले भोग्नुपर्ने असमान परिस्थितिको विश्लेषण पनि यस कथा संग्रहले गरेको छ । यो साझा समस्या हो भन्ने धारणा प्रतीत हुने गर्छ, संग्रहमा समेटिएका कथा पढ्दा । धेरै समय सुरक्षा र समाजिक जीवनलाई मुख्य क्षेत्र मानिएर कथाको प्लट तयार भएको छ ।

    प्रहरी सेवामा उनी जसरी परिस्थितिको सहज आँकलन गरेर जनता, राष्ट्र र समाजका लागि जोखिम मोल्न तयार हुन्छन् कथामा पनि उनको दृष्टिकोण त्यही किसिमको अग्लो देखिन्छ । कथाका प्रत्येक पात्रहरू सगरमाथाको उचाइ नाप्न दौडिरहेका अनुभूति हुन्छ ।

कथाकार सिलवालका कथामा समकालीन बजारे कथाका भन्दा बेग्लै स्थान तय गरेर यात्रा अघि बढाइएको छ । कथाले सामान्य पाठकलाई बढी आकर्षित बनाउनेछन्, किनकि कथामा विदेशी स्वाद, परिवेश र सरल भाषा उनिएका पाइन्छन् । सञ्चारमाध्यमसँग नजिक भएका कारण त्यसको असर जीवन मार्गदर्शकका रूपमा अघि बढेको देखिन्छ ।

उनका कथाहरूले एउटा व्यक्ति कम्युनिस्ट पार्टीमा आबद्ध छ र माथिका कमरेडहरूलाई चिनजानको पुल बनाउनकै लागि मात्र लेखेजस्तो लाग्ने कथा शीर्षक छ, ‘आस्थाको पहाड’ । तर, कथा त्यस्तो छैन । त्यसमा पुरानो मक्किएको विचारसँग असहमति राख्ने एक युवाको अनवरत संघर्ष छ, जो निकै संघर्ष गरिहेको र निरन्तर समाज परिवर्तनको पक्षमा उभिएको मात्र छैन केही समयपछि उसकै विचारमा समाजका मानिसहरू परिवर्तन हुन्छन् जसले गर्दा नयाँ नयाँ दृष्टिकोण र नयाँ प्रणालीको विकास हुन्छ । द्वन्द्वबाट गुज्रिएको हाम्रो जस्तो परिवेश भएको दक्षिण अफ्रिकी मुलुक र त्यहाँको जनजीवनलाई कथामा समेट्दै लगिएको छ । थोत्रो छाता, उनी कथाकार तथा आस्थाको पहाड यसैको  परिणति हो ।

पेसाले उनी नेपाल प्रहरीको उच्च अधिकृत अर्थात् प्रहरी नायब महानिरीक्षक हुन् । हाल केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत उनका मुलुकभित्र र बाहिर विभिन्न स्थानमा जोखिमयुक्त कार्यलाई सहजै पार लगाउने विशेषता रहेका छन् । संकटका बेला नेपाल प्रहरीले उनलाई नै जिम्मेवारी दिएर पठाउँदा सफल भएर फर्केका छन् । उनी जहाँ गए त्यहाँका जनताले सम्मान नै गरेर पठाएका हुन्छन् । उनले गरेका कतिपय जोखिमयुक्त कार्यलाई पनि कथाका विभिन्न प्लटहरू निर्माण भएको देखिन्छ । खासगरी, १० वर्ष नेपाली समाजले भोगेका द्वन्द्वका घट्ना र त्यसपछि नेपाली समाजले पाएको परिवर्तनलाई कथाकारले आफ्ना कथामा समेटेका छन् ।
राजधानीवाट

Related News

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top