नवराज सिलवालविरुद्ध सामूहिक प्रहार अझै किन ?


Friday, 5 Jan, 2018 12:00 AM

वसन्तराज कुँवर
नवराज सिलवालविरुद्ध सामूहिक प्रहार अझै रोकिएको देखिँदैन । यो मुलुकमा उत्कृष्ट हुनु पनि अभिशाप नै रहेछ । सतीले सरापेको देश भनेको यही रहेछ । तर जति जति नवराजलाई दुःख, हैरानी र पीडा दिन खोजिएको छ त्यति त्यति उनलाई माया गर्नेहरूको समूह देश र विदेशमा बढ्दैछन् । नवराजले कीर्ते गरे भन्ने कुरा पत्याउने मान्छे नै कम छन् । कीर्ते फौजमा सिनियरले गर्न जरुरी नै हुँदैन । दुष्टहरू हरेक युगमा जन्मन्छन् र उनीहरू शक्तिशाली पनि हुन सक्छन् । तर तिनको काम भनेको असल व्यक्तिहरूलाई दुःख दिने नै हुने गर्दछ । दुष्टहरूबाट सजाय भगवान्हरूले पनि पाएका थिए । राक्षसहरूले पनि समय समयमा भगवान्लाई जितेकै थिए । जिसस् व्रmाइष्टलाई शुलीमा झुन्डाइएको थियो । हरेक युगमा भगवान्हरूलाई पनि दुष्टहरूले सताएकै छन् । नवराज सिलवाल त केवल मानिसमात्र हुन् र त्यो पनि कलियुगमा जन्मिएका ।

शास्त्रहरूमा कलियुगको बारेमा पहिल्यै वरण गरिएको छ र भनिएको छ कि कलियुगमा न्याय मर्ने छ, धर्म भ्रष्ट हुनेछ । शासकहरू भ्रष्ट र अपराधी हुनेछन् । अपराधीहरूको राज हुनेछ । म कलियुगमा जन्मिएको छु भन्ने कुरा नवराजको जीवन हेरेर बुझ्दैछु । तर कलियुगमा अर्को कुरा पनि सत्य हुन्छ भनिएको छ र त्यो के भने यस युगमा पाप गर्ने यही जन्ममा दण्ड पाउँछन् । मलाई लाग्छ यदि नवराजको विरुद्ध षडयन्त्र भएकै हो भने नवराजमाथि षडयन्त्र गर्नेहरूले पनि भगवान्को दण्ड यही जन्ममा भोग्ने छन् । ती व्यक्ति आइजिपी हुनै पर्ने मान्छे हुन् र उनको गल्ती यति थियो कि सिलवालले त्यो पदको दावेदारी देखाए । शक्ति र सत्ताको दुरूपयोग गरेर उनीमाथि अन्याय गरेको देख्ने साक्षी नेपालभर छन् । शक्तिमा मात्तिएर यसो गर्नु हुँदैनथ्यो । कसैले पद प्राप्त गर्नु भनेको सेवा गर्ने मौका प्राप्त गर्नु पनि हो । उच्च पदमा पुग्नु भनेको उच्च सेवा वा ठूलो समुदायको जीवनमा सुधार, सुख, समृद्धि सु–स्वास्थ्य ल्याउने मौका प्राप्त गर्नु पनि हो । कुनै मानिसको उच्च तहमा पुग्नुको उद्देश्य त्यही हुनुपर्ने हो तर त्यस्तो हुँदोरहनेछ । उच्च तहमा पुगेको व्यक्तिले उच्च तहमा पुग्नुको अर्थ नबुझेर हो कि ? वा व्यक्तिगत स्वार्थले थिचिएर हो ? त्यो अवसरलाई नितान्तरूपमा व्यक्तिगत आन, वन, सान बढाउने र शक्ति प्राप्त गरी अरूको नमस्कार खाने र अरूलाई शासन गर्ने मौका ठान्दोरहेछ । त्यसैले त्यस्ता व्यक्ति जब शक्ति र पदबाट बाहिरिन्छन् तब ती समाजको कुनै गल्ली–चोकमा हराउँदा रहेछन् किनकी तिनले सत्तामा रहँदा आफ्नो बाहेक कसैको भलाइनै गरेको हुँदा रहेनछन् ।

म हाम्रो देशको राजसंस्थालाई हेर्छु । राजाको शासनमा त्यो संस्था, कानुनभन्दा माथि थियो । जन्मँदै प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापतिले सलाम र दर्शन गर्नु पदथ्र्यो । हरेक जात, वर्ग, क्षेत्र, धर्मका नेपालीहरूको अपार आस्था र सम्मान थियो त्यो संस्थामा । उनकै नामबाट सरकार र वायुयान मात्र होइन बाटा–घाटा, शिक्षालय र अस्पतालका नाम राखिन्थे । तर त्यत्रो शक्ति, आस्था र प्रभाव भएर पनि त्यो संस्थाले यो मुलुकलाई विकसित राज्यमा लैजान सकेन । अहिले मानिसहरूले केही विकासका लागि राजा महेन्द्रलाई सम्झन्छन् तर त्यो विकास त्यो पदको सम्भावनाको अगाडि खासै केही होइन । राजाहरू भन्दा राणाहरूले बरु त्यो भन्दा बढी विकासका काम गरेका उदाहरण भेटिन्छन् तर त्यस बेलाका शासकले चाहेका भए हाल चीनमा भएको विकासझै विकास हुन सक्थ्यो किनकी देश शासकहरूको नियन्त्रणमा थियो । राजाहरूले केवल आफ्नो सत्तालाई कसरी सुरक्षित राख्ने र आफ्ना वंशलाई कसरी राजपाठ दिलाउने भन्ने मै शासनको उद्देश्य सीमित बनाए । त्यसैले आज राजा चाहिन्छ भन्नेहरू तिनीहरूमात्र छन् जो राजाका कार्यकालमा बलियो र सव्रिmए थिए वा त्यो उमेरका व्यक्ति जसले हिन्दू धर्ममा राजा भगवान्का अवतार भनी मान्दछन् । बाँकी थोरै जनता छन् जसले बहुदल आएपछि भोग्नु परेको राजनैतिक अस्थीरता र सुरक्षाको कठिनाई देखेर राजा सम्झन्छन् । बाँकी रहेका जनतामा राजा र राजसंस्थाप्रति कुनै सम्मान छैन किनकी तिनले शक्ति र संस्था जनतामा न्याय दिलाउन र तिनको जीवनस्तर माथि उठाउन हो भनेर बुझेनन् उनीहरूले अपार शक्तिलाई विरोधी दमन गर्न र आफ्नो गुटलाई बलियो बनाउन मै खर्च गरे ।


अब लागौँ प्रधानमन्त्रीतिर । कीर्तिनिधि विष्टले भारतीय सेना नेपाली भूमिबाट फर्काए भन्ने इतिहास छ । सूर्यबहादुरले पञ्चायत जोगाउन भूमिका खेलेको भन्ने मात्रै हो । मरीचमान श्रेष्ठ बहुदल आउन नदिन सफल मानिएलान् । कृष्णप्रसाद भट्टराईले बहुदलीय संविधान बनाई देशलाई ट्र्याकमा ल्याउन योगदान दिए । लोकेन्द्रबहादुर चन्द केबल आफ्नै लागि र राजाका लागि प्रधानमन्त्री भए । गिरिजाले त यो मुलुकलाई दूरगामी कूप्रभाव पार्ने काम गरेर गए । उनले प्रशासनतन्त्र र कर्मचारीतन्त्र ध्वस्त नै बनाए । मनमोहन अधिकारीले आफ्नो गाउँ आफै बनाऔँ भन्ने नारा ल्याए त्यो राम्रै मानिन्छ । शेरबहादुर देउवाले त नेपाललाई क्षति नै पु¥याएको मानिन्छ । उनले राम्रो काम गर्छन् भन्ने कुरा कुनै नेपाली मान्न तयार छैनन् । प्रधानन्यायाधीशबाट आएका खिलराज रेग्मीले देशलाई हानी गरेनन् । केपि ओलीले भारतसँग टक्कर लिएर चीनको नाका खुलाउनुलाई ऐतिहासिक नै मानिएको छ । प्रचण्डको प्रधानमन्त्रीकाल जनताको लागि भन्दा पनि केवल उनको र उनको दलको भलाइको लागि मात्र देखिए । विपि प्रजातन्त्र ल्याउन सफल रहे । तर सफल प्रधानमन्त्री भएर जनताको जीवनस्तर बढाउन भने सकेनन् ।


मैले भन्न खोजेको के हो भने नेपालमा थुप्रैले सरकार प्रमुख हुने मौका पाए तर देश झन् झन् गरीब, झन् झन् असुरक्षित र झन् झन् सामरीक दृष्टिले कमजोर हँुदै गयो । त्यसको कारण के हो भनी खोज्ने हो भने कुरो त्यहीँ पुग्छ, जसरी भए पनि सत्तामा जाने । शासनमा जान गुट चाहिन्छ, चुनाव जित्न पैसा चाहिन्छ, भोट नदिनेलाई तर्साउन गुण्डा चाहिन्छ, हार्न लाग्दा जित्न पुलिस प्रशासन चाहिन्छ । आफूले भनेअनुसार काम गराउन प्रशासन र निजामति कब्जामा चाहिन्छ र पछि पैसा उठाउन नियुक्तिमा अवसर पाइन्छ । संवैधानिक निकायमा पनि आफ्ना मान्छे चाहिन्छ, वकिल आफ्नै चाहिन्छ, युनियन आफ्नै चाहिन्छ अनि सत्तामा पुग्नका लागि आफ्ना मानिस बनाउँदा बनाउँदै, पैसा जम्मा गर्दागर्दै हरेक प्रधानमन्त्री हुनेहरूले मुलुकका लागि सोच्नै पाएनन् । उनीहरूलाई लाग्यो पहिला जसरी भए पनि शासनमा पुगौँ अनि गरौँला । तर जसरी भए पनि शासनमा पुग्ने सिलसिलामा उनीहरू अनैतिक समूहबाट यसरी घेरिए कि जनताका लागि सोच्नै पाएनन् । जहाँ प्रधानमन्त्रीलाई गुट पाल्नु छ, त्यहाँ मन्त्री गुटका सदस्य भइहाल्ने भए । मन्त्रीलाई पनि कसरी टिकौँ र कसरी फेरि जितौँ भन्ने बाहेक अर्को धुनै भएन । प्रजातन्त्र आइसकेपछिको यति लामो अवधिमा जनताको आँखामा अब्बल मानिएका प्रधानमन्त्री वा मन्त्री कुनै छैनन् । प्रधानमन्त्री वा मन्त्रीभन्दा कुलमान घिसिङ यो देशमा लोकप्रिए छन् किनकी तिनले मेरो पद जनताको सेवाको लागि हो भन्ने कुरो बुझे । अब कुरो गरौँ संवैधानिक निकायको । संवैधानिक निकायमा पनि पैसाको चलखेल चल्यो । पैसा दिएर पद प्राप्त गर्ने वा दलको क्याडर भएर त्यो पदमा पुग्ने भएपछि त त्यो पदले प्रभावकारी काम गर्न सक्ने स्थिति नै भएन ।

संवैधानिक आयोग पनि शासकको विरोधी खतम गर्ने हतियार बन्न थाल्यो । त्यो एक पद थियो जसमा साँचिक्कै जनताको सेवा गर्ने मनसाय भएका नैतिक व्यक्ति आएमा मुलुकमा ठूलै परिवर्तन ल्याउन सक्थे तर तिनलाई नियुक्ति गर्ने राजनैतिक व्यक्तिहरूले यो स्थान र पदलाई कुरूप, दुषित बनाइदिए । यस्तै समस्या सरकारका उच्च तहमा बस्नेको पनि छ । अधिकांश उच्च तहका व्यक्तिहरूलाई जनताले सम्झँदैनन् । न कर्मचारीहरूले नै सम्झन्छन् । यस्तै समस्या सरकारका उच्च तहमा बस्ने निजामती, जंगी, सुरक्षा निकायहरूको पनि छ । नितान्त उच्च तहमा बस्ने व्यक्तिहरूलाई जनताले सम्मान गर्दैनन् न कर्मचारीले नै गर्छन् । अधिकांश उच्च तहमा पुग्ने व्यक्तिहरूले शक्ति र पदको आडमा खाली पैसा कमाउन र माथिल्लो शक्ति केन्द्रलाई नैतिक र अनैतिक दुवै काम गरी खुसी पारी अझ माथिल्लो तहमा पुग्ने कार्यलाई नै जागिरको उद्देश्य बनाए । त्यसैले उच्च तहका व्यक्तिहरू अवकाशपछि गुमनाम जीवन बिताउन वा पार्टीलाई मल जल गरी सरकारी नियुक्ति किन्न विवश छन् । उनीहरूको आफ्नो पहिचान र मूल्य अवकाशपश्चात् छैन । यदि सदाको लागि अमर र अमिट छाप छोड्ने हो भने पदमा रहँदा केही यस्ता काम गर्नुपर्ने रहेछ जसले देश र समाजका लागि ठूलै परिवर्तन वा न्याय दिलाओस् । पद सधैँ हुँदैन । मौका सधैँ आउँदैन ।

बिचार

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

अध्यन खोज विना रातारात जेर्णेलको ५ पदथप गर्ने कुचाल देशको हीतमा छैन

केही दिन यता सशस्त्र प्रहरी वलमा विशिष्ठ श्रेणीको पद ५ वटा थप गर्ने चलखेल भईरहेको खवरले व्यापकता पाएको छ । उक्त संगठनमा ११ वर्ष पुगेका ईन्सपेक्टरहरु डीएस्पीमा र १२ वर्ष पुगेका सिपाही सहायक हवल्दार सम्म हुन पाएका छैनन । देशमा ऐतिहासिक राजनैतिक परिवर्तन भएको दशकौ हुदा सम्म कुनै अध्यन कार्यदल वनेको छैन आवश्यक सुधार विकासका लागि । वर्तमान संविधान २०७२ अनुसार सशस्त्र प्रहरी वल, नेपाल केन्द्रीय शक्तिको रुपमा रहनेछ । यसको आवस्यकता वढेको छ र परिचालन पनि सोही अनुसार केद्रवाट हुने भएकोले अत्यन्तै दूरदृष्टि राखेर निर्णय लिनु उपयुक्त हुनेछ । यसलाई परम्परागतको स्थानीय प्रशासन र जनपद प्रहरीको ढांचामा सुजपुझ विना अल्प सोचका आधारमा कोठे राजनीतिका तरिकामा निर्णय गर्ने हो भने सेतो हात्ति वा सेरोमोनिएल र खर्चिलो हुनेछ । सुरक्षा काम कार्वाहीलाई असरदार र व्यवशायिक वनाउनस मातहतको दरवन्दी विस्तार गरी रेस्पोन्स क्यपासिटी वनाउनु पर्नेमा माथील्लो अहोदाको विशिष्ठ श्रेणीको जर्णेल पद थप गर्ने सोचले हतारको निर्णय फुर्सदको पछुताई हुनेछ । कुनै पनि फौजी संगठनमा स्ट्राटेजीक लेभल, विजेनस वा डिर्पाटमेण्टल लेभल तथा फंगसनल लेभल विचको सन्तुलन मिलेन भने फौज सेरामोनिएल वनाउन खोज्दा उट वने जस्तो नहोस ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top