सिलवाल, सिपाही, सेल्फी र श्रृजना


Friday, 3 Nov, 2017 12:00 AM

रवि धामी
विहीबार दोस्रो चरणको निर्वाचनकालागी उम्मेदवारहरुको मनोनयन दर्ताकालागी निर्वाचन आयोगले तोकेको दिन थियो । सयम सिमा थियो विहान १० देखि सांजm ५ बजेसम्मको । त्यहि मेसोमा पछिल्लो समयमा चर्चित एउटा अनुहार नेपाली पोसाकमा गालाभरि फुलमाला भिरेर दिउसो करिव १ बजे ललितपुरको लगनखेलमा गाडिबाट ओर्लियो । उनि आउनु अघि नै उपस्थित भिडले नारा लगायो ललितपुर जिल्ला लालकिल्ला । त्यहि परिचित अनुहारले सवैलाई मुठ्ठी कसेर अभिवादन गर्यो । अनि तिनै परिचित अनुहारले जुलुसको नेतृत्व गर्यो र जावलाखेल तिर लाग्यो ।

हो सयौंको संख्यामा रहेको सो जुलुसको नेतृत्व गरेका थिए नेपाल प्रहरीका पुर्व डिआईजी नवराज सिलवालले । हो अहिले उनको परिचय बदलिएको छ हिजो प्रहरीका डिआईजी नवराज सिलवाल थिए अहिले कमरेड नवराज सिलवाल । यति मात्रै होईन हिजो नेपाली जनताको शान्ति सुरक्षामा उनको ध्यान थियो अहिले आर्थिक समृदी उनको नारा बनेको छ । उनलाई सरकारले अन्याय गरेको सबैका दिमागमा छ, धेरैले दिलैबाट उनिमाथी भएको अन्याय देखेकोछ, सर्वसाधाहरण, प्रहरी, पत्रकार र उनको परिवार । यदि उनिमाथि अन्याय नभएको भए आज उनि यो निर्वाचन कसरी शान्तिपुर्णढंगले सम्पन्न गर्नेतिर केन्द्रित हुन्थ्यो किनकि उनि प्रहरी संगठनको प्रमुख हुन्थे, अन्याय भयो उनले कसम खाए म जिवनभर अन्यायका विरुद्ध लडे अन्तिममा आएर अन्यायको कसरी साथ दिउ । त्यसैले न्यायकालागी उनि अहिले जनताको दैलोमा पुगेका छन ।

 जावलाखेलमा रहेको नेपाल प्रशिक्षण प्रतिष्ठानमा निर्वाचन आयोगले ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नम्वर १ को कार्यालय खोलेको थियो । त्यहां वाम मोर्चाको तर्फबाट उमेदवारी दिन पुगेका थिए सिलवाल । भित्र आफ्नो उमेदवारी दर्तापछि उनलाई सञ्चारकर्मीका क्यामेराले घेरे । सबैको एउटै किसिमका प्रश्न थिए उम्मेदवारी त दर्ता गर्नु भयो जित्नु हुन्छ। सिलवालको जवाफ थियो सत प्रतिशत जित्छु । फेरि प्रश्न आयो कसरी म माथी राज्यले घोर अन्याय गर्यो । आफुले जायज कुरा उठाउदा धर पकड गर्यो । लोकतन्त्रमा जनता सर्वपरि हुन त्यसैले अन्यायमा परेकालाई जनताले न्याय नदिए कसले दिने । म न्यायकालागी जन्मस्थान पुगेको छु, मेरा दाजु भाई दिददी वहिनी साथी भाई सबैले म माथी भएको अन्नया देखेका छन उनीहरुले न्याय नदिएआखिर मलाई कसले देला र ।

सञ्चारकर्मीहरुसंग मुखाकार गरि सकेपछि सिलवाल फेरि लागे निर्वाचनआयोगका कर्मचारी भएतिर । सबै लाई नमस्कार गर्दै उनि त्यहांबाट विदा लागे आफुलाई उनलाई वाहीर पर्खेको जुलुसतिर । बाटामा सञ्चारकर्मीसंगै सर्वसाधाहरण उनीसंग सेल्फिदै थिए भिडलाई छिचोलेर उनि सशस्त्र प्रहरी वलका सुरक्षाकर्मीहरु भएतिर गए र उनिहरुसंग हात मिलाए । प्रतिउत्तरमा ति सुरक्षाकर्मीले अभिवादन गर्दै हात अगाडि बढाए । सुरक्षाको अग्रपंक्तिमा रहेका नेपाल प्रहरीका जवानहरु भएतिर लागे सबैले जय नेपाल गरे सबैसंग हात मिलाए । त्यति बेला सबैको ध्यान थियो सिलवाल र सिपाहीमा । वाहिर देखिनेगरि सिपाहीले छाती फुलाए आफ्ना पुर्व हाकिमलाई अभिवादन गरे अनि भने वेष्ट अफ लक सर जो रोचक क्षण हेर्न लायक थियो । संगै रहेका अरु ठट्यौलीमा भनि रहेका थिए फेरि नवराज सिलवालले हात मिलाए यो जवानको पनि सरुवा हुने भयो । किनकि सिलवालको नजिकको भन्दै चापागाउ वृतका डिएसपी आभुषण तिम्सििनालाई प्रहरी प्रधान कार्यालयले केहि दिन अघि सरुवा गरेको थियो ।

 सिलवाल प्रतिष्ठानको परिसर वाहिर पुगि सकेका थिए सुरक्षाकर्मी कानेखुशी गर्दै भने आज त दिलखुस भयो । पंक्तिकारले जिज्ञासा राख्दा उनिहरु मध्येका एक सिपाहीले भने सिलवाल सापबाट संगठनमा सुधारको अपेक्षा गरेका थियौ सरकारले उनलाई त बनाएन बनाएन संगठनलाई ध्वस्त गर्ने काम भयो । आज उहांसंग हात मिलाई सकेपछि ठूलोभारी विसाए जस्तो अनुभुती भएको छ । उनिहरुले सिलवाल साप आईजीपी बन्न नपाए पनि आईजीपी चलाउने ठाउमा पुग्दै हुनुहुन्छ संगठनको पुर्व हाकिमका नाताले भएपनि हामा्र पिडा सुन्नु हुन्छ भन्ने विश्वास छ । उहांले निर्वाचन जित्दा आफुलाई नै निर्वाचन जितेको अनुभव हुने छ निकट भविस्यमै त्यो दिनआउने छ र त्यो दिनकोे पर्खाईमा नेपाल प्रहरीका सुरक्षाकर्मी बसेको प्रतिक्रिया दिए ।

परिसरको वाहीर उनिमाथी राज्यले गरेको अन्यायलाई दिलैबाट देखेकि पत्नि सृजना सिलवाल पनि जुलुसमा थिईन । राज्यले सिलवालमाथी चौतर्फि हमला गर्दा उनलाई नजिकबाट साथ दिने मध्ये उनै सृजनाले पिडा दिलैबाट देखेकि थिईन । विहीबार मनोनयन समारोहमा उनका पनि दुवै हात खालि थिएनन । काठमा बेरिएका दुई जmण्डा एउटा हातमा सुर्य थियो आर्को हातमा गोलाकार भित्र हसिया हतौडा । भनि जोर जोरले नारा लगाउदै थिईन ललितपुर जिल्ला लाल किल्ला । भोट के मा सुर्यमा । यो क्षण पनि एउटा हेर्न लायक नै थियो ।

नवराज सिलवाल फेरि जुलुसको नेतृत्व गर्दै अघि बढ्दै गए सेल्फी लिनेहरुको तांति लागि नै रह्यो । सेल्फी लिनेहरु उनलाई पन्छाई सेल्फि लिई रहेका थिए सिलवाल आफ्ना कदम अगाडि बढाई रहेका थिए । त्यहि मेसोमा टेलिभिजन तथा अनलाईनहरुमा समाचारहरु प्रशारण र प्रकाशित भई रहेका थिए शिर्षकहरु  थिए पुर्व डिआईजी नवराज सिलवालद्धारा ललितपुर १ मा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता , जनताकोे अदालतबाट जित्ने दाबी ‘‘। उम्मेदवारी दर्तापछि नवराज सिलवालले भने- न्यायका लागि जनतासँग जादैछु ......  ईत्यादी ।

र अन्त्यमा नवराज सिलवालका कारण ललितपुर १ हेबिबिट निर्वाचन क्षेत्र भित्र गनिएको छ । शिर्ष नेताहरुका निर्वाचन क्षेत्र जस्तै ललितपुर १ मा पनि अन्तिमसम्म सबैको ध्यान खिचेको छ । सिलवाल माथी राज्यले गरेको अन्याय र अत्याचारलाई नजिकबाट नियाल्ने  अवसर पाएको पंक्तिकारलाई भोलीका दिनमा लेख्ने धोकोे छ राज्यले अन्याय गरेका नवराज सिलवाललाई ललितपुर १ का जनताले दिए न्याय । बांकि वल जति ललितपुर १ का मतदाताका हातमा । जय जनता ।

सबै तस्विर विष्णु कल्पित

बिचार

प्रहरी टुलुटुलु हेरेर बस्ने कि सरकारको निर्देशन कुरेर बस्ने ?

माओवादी आन्दोलन उत्सर्गमा पुगेका बेला (०५६) पनि प्रहरीले नै सुरक्षा रणनीति बनाएर चुनाव गराएको थियो। त्यतिबेला सरकार पहिला उभिन्थ्यो र पछि प्रहरी उभिन्थ्यो। तर, अहिले परिस्थित ठीक उल्टो बनेको छ। सरकार निर्णय र स्पष्ट निर्देशन दिन नसक्ने, प्रहरी नेतृत्व कताकता अल्मलिने देखिएको छ। प्रहरीले आदेश र निर्देशन कुरेर सम्भव छैन। ठूला घटनामा पठाउँदैको बेला ब्रिफिङ गरेर सरकारले भन्नुपर्छ कि अन्तिम समयमा तिमीहरूको हतियार नै खोस्न लागे वा ज्यान लिन लागे भनी अधिकतम अधिकार प्रयोग गर भनेर। ०५६ सालमा तत्कालीन विद्रोही माओवादी चुनाव हुन दिँदैनौं भन्दै बन्दुक र गोलीगठ्ठा बोकेर हिँडेको थियो। राज्यले पनि प्रहरी संगठनलाई ‘तिमीहरू जुनसुकै निर्णय गर्न पनि खुला छौु भनेर अधिकार दिएको थियो। मैले संगठनको नेतृत्व गरेको थिएँ। प्रहरी जवानदेखि सिनियर अधिकृतलाई जुनसुकै घटनामा ‘तिमीहरू नै निर्णयको भागीदार छौु भनेर सन्देश दिएको थिएँ। त्यस्तो अवस्थामा पनि चुनाव गराइयो। तत्कालीन समयमा शंका लागेका व्यक्ति वा समूहलाई ‘प्रि-एरेस्टु गरेका थियौं, जुन छिमेकी मुलुक भारतमा समेत गरिन्थ्यो। ठूला घटनामा सुरक्षा रणनीति सेनासँग समन्वय गरेर प्रहरी मुख्यालयभित्रै बन्थ्यो। अहिले सुनेको छु, गृह मन्त्रालयमा बन्छ रे !

बाऊको बिहे हेर्ने अवस्थामा पुग्ने जस्तो छ नेपाली कांग्रेस

यस्तो अवस्था रहदाँ रहदै काँग्रेसले माओवादी-एमाले जिते मुलुकमा सर्वसत्तावाद आउने कल्पनाको कुरालाई मुख्य चुनावी मुद्दा बनायो । यही हावादारी कुरालाई काँग्रेसले सर्वत्र उचाल्दै छ । बिमलेन्द्र निधी देखि गगन थापाले सम्म यसैमा जोड दिई रहेको देखिन्छ । पहाडको अवस्था मलाई धेरै थाहा छैन । पहाड वारे स्वंय काँग्रेसमै संत्रास देखिन्छ । तर मधेसमा त काँग्रेसको यो प्रचार टाउको दुख्दा नाईटोमा ओखति लगाए जस्तो भएको छ । सबैले बुझेको छ, काँग्रेसले खेलेको यो बचकाना खेल एमाले बिरूद्धको एक फगत आलोचना मात्र हो । काँग्रेसको आरोप झै यहाँ कुनै अधिनायकवाद आउने बाला छैन । तर, के नेपालका कम्युनिष्टहरूले सधै भारतलाई तारो बनाए झै अब नेपाली काँग्रेसले पनि सोही बाटो अपनाएको हो त ? आज काँग्रेसमा एक से एक जानकार तथा संवेदनशील मानिसहरू रहेको देखिन्छ, तरपनि सबै काँग्रेसीले यही कुरा फलाक्दै हिडीरहेको छ । काँग्रेसका सबै उम्मेदवारहरूले एमालेका बिरूद्ध यही सर्वसत्तावाद र अधिनायकवादको मुद्दा उचाल्दै भाषण गरिरहेको भेटिन्छ । सत्य त के हो भने शेर बहादुरको सरकार उपर ठूलो नैतिक प्रश्न खडा गर्दै सरकार मै सहभागी रहेका माओवादीले एमालेसंग चुनावी गठबन्धन बनाए पछि तत्काल रिसाएको काँग्रेसले रिस कै झोकमा बाम गठबन्धन बिजयी भए-देशमा कठोर अथवा स्टालिन कालको साम्यवाद आउने भनेको थियो । यसो भनेर वामपंथी ध्रुविकरणको बिरूद्ध कुनै रूपमा चुनावी फायदा लिन सकिन्छ कि भन्ने काँग्रेसको फुच्चे दाँउ हुनसक्छ ।

महत्वपूर्ण वेबसाइट

Top