ललितपुरवासीलाई गौरव गर्ने स्थानमा पुर्याउने नवराज सिलवालको प्रतिबद्धता

कृषिमा प्रविधि, युवा उद्यमी, विद्युतीकरण प्राथमिक्ता


Sunday, 12 Nov, 2017 12:00 AM

काठमाण्डौ -एमालेका तर्फबाट ललितपुर–१ का उम्मेदवार नवराज सिलवालले त्यस क्षेत्रको कृषिलाई संसारभर चिनाउने प्रतिबद्धता जनाएका छन् । मतदाता भेटघाट गर्न ललितपुरको दक्षिणी भेग पुगेका सिलवालले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । आफ्नो कार्यदक्षताले नेपाल प्रहरीलाई उच्च मनोबलका साथ कार्यसम्पादनमा गौरव गर्न सक्ने संगठन बनाएजस्तै ललितपुरवासीलाई पनि गौरव गर्ने स्थानमा पु¥याउने उनको भनाइ थियो ।

आफूलाई मत दिएर निर्वाचित गराउने मतदातालाई न्याय दिलाउन जीवनभर लड्ने संकल्प गर्दै सिलवालले भने, ‘न्याय र समानताको पक्षमा लडेर नथाक्ने परिचय बनाएको मेरोे छवि ललितपुरलाई विकसित नबनाएसम्म थाक्नेछैन ।’ डाँडाकाँडा भएका ग्रामीण र पहाडी भेग विकासका मूल बनेको बताउँदै उनले ललितपुरको दक्षिणी भेग पनि त्यस्तै ठाउँ भएकाले कृषि, पर्यटन र प्राकृतिक सम्पदाको परिचालनबाट नमुना जिल्ला बनाउने उद्घोष गरे ।

सोही क्रममा उनले ललितपुरको दक्षिणी भेगका गिम्दी, ठूला दुर्लङ, आश्राङ, प्युटार र चन्दनपुरमा गरिएको कफी खेतीको अवलोकन गरे । ‘कफी किसानलाई विश्व बजारमा प्रतिस्पर्धी व्यवसायीका रूपमा उभ्याउन ललितपुरको कफी खेतीलाई चिनाउनेछु,’ उनले भने । त्यसैगरी, कालेश्वर, चन्दनपुर, गोटीखेल, मानीखेल र बुखेलका स्थानीय पार्टी कार्यकर्तालाई भेटेर सिलवालले चिया, पशुपालन तथा तरकारी खेतीमार्फत कृषिमा आधारित व्यवसायको प्रवद्र्धनबाट नमुना ललितपुर बनाउने गरी कार्ययोजना बनाएर आफूले काम गर्ने विश्वास दिलाए ।

भोटका लागि आश्वासनभन्दा प्रतिबद्धता जनाउन चाहने भएकाले अरूप्रति हिलो छ्यापेर आफ्नो पक्षमा विश्वास आउन नसक्ने तर्क गर्दै सिलवालले आफ्नो पारदर्शी जीवनशैली र क्षमताद्वारा स्थापित कार्यकुशलतालाई मूल्यांकन गरेर मतदान गर्न आग्रह गरे ।

ललितपुरको दक्षिणी भेगमा कृषिमा प्रविधि र आधुनिकीकरण भिœयाएर कृषिलाई आधुनिकीकरण गर्नेछु । स्थानीय कृषिजन्य उत्पादनलाई बजारसम्म ल्याउने अवस्थालाई सहज बनाउनेछु । स्थानीयस्तरमा सानादेखि ठूला विद्युत् आयोजनालाईसमेत प्राथमिकता राख्नेछु । शिक्षा, स्वास्थ्य र रोजगारका विषय प्राथमिकतामा रहनेछन् ।

उनले ललितपुरको दलचोकी होमस्टेलाई विस्तार गर्ने, भ्युटावर बनाउँदै आन्तरिक र बाह्य पर्यटनमा जोड दिने, भट्टेडाँडामा पनि स्थानीय पहलमै होमस्टेको विकास गर्नेछु । निर्वाचन क्षेत्रमा भएका स्थानीय तहका वडामध्ये एउटा वडालाई मोडल वडाको रूपमा विकास गरिनेछ । स्वास्थ्य, शिक्षा, खानेपानीसहितका पूर्वाधारमा वडालाई नमुनाकै रूपमा विकास  गर्ने बताए ।

त्यसैगरि वर्षौँदेखि घोषणा भएर पनि पूरा हुन नसकेको सातदोबाटो, चापागाउँ, टीकाभैरव, भट्टेडाँडा हुँदै हेटौँडासम्मको कान्तिराजपथको निर्माण छिटो गराउन पहल गर्नेछु । प्युटार, आश्राङ, गिम्दीसम्मको सडकलाई स्तरोन्नति गर्नेछु भने अधुरा निर्माणलाई पूरा गराउनेछु । भूकम्पपीडितलाई छाप्रो र पालबाट आ–आफ्नै घरमा राख्नका लागि घर निर्माणलाई प्राथमिकता दिनेछु ।

Related News

बिचार

प्रहरी टुलुटुलु हेरेर बस्ने कि सरकारको निर्देशन कुरेर बस्ने ?

माओवादी आन्दोलन उत्सर्गमा पुगेका बेला (०५६) पनि प्रहरीले नै सुरक्षा रणनीति बनाएर चुनाव गराएको थियो। त्यतिबेला सरकार पहिला उभिन्थ्यो र पछि प्रहरी उभिन्थ्यो। तर, अहिले परिस्थित ठीक उल्टो बनेको छ। सरकार निर्णय र स्पष्ट निर्देशन दिन नसक्ने, प्रहरी नेतृत्व कताकता अल्मलिने देखिएको छ। प्रहरीले आदेश र निर्देशन कुरेर सम्भव छैन। ठूला घटनामा पठाउँदैको बेला ब्रिफिङ गरेर सरकारले भन्नुपर्छ कि अन्तिम समयमा तिमीहरूको हतियार नै खोस्न लागे वा ज्यान लिन लागे भनी अधिकतम अधिकार प्रयोग गर भनेर। ०५६ सालमा तत्कालीन विद्रोही माओवादी चुनाव हुन दिँदैनौं भन्दै बन्दुक र गोलीगठ्ठा बोकेर हिँडेको थियो। राज्यले पनि प्रहरी संगठनलाई ‘तिमीहरू जुनसुकै निर्णय गर्न पनि खुला छौु भनेर अधिकार दिएको थियो। मैले संगठनको नेतृत्व गरेको थिएँ। प्रहरी जवानदेखि सिनियर अधिकृतलाई जुनसुकै घटनामा ‘तिमीहरू नै निर्णयको भागीदार छौु भनेर सन्देश दिएको थिएँ। त्यस्तो अवस्थामा पनि चुनाव गराइयो। तत्कालीन समयमा शंका लागेका व्यक्ति वा समूहलाई ‘प्रि-एरेस्टु गरेका थियौं, जुन छिमेकी मुलुक भारतमा समेत गरिन्थ्यो। ठूला घटनामा सुरक्षा रणनीति सेनासँग समन्वय गरेर प्रहरी मुख्यालयभित्रै बन्थ्यो। अहिले सुनेको छु, गृह मन्त्रालयमा बन्छ रे !

बाऊको बिहे हेर्ने अवस्थामा पुग्ने जस्तो छ नेपाली कांग्रेस

यस्तो अवस्था रहदाँ रहदै काँग्रेसले माओवादी-एमाले जिते मुलुकमा सर्वसत्तावाद आउने कल्पनाको कुरालाई मुख्य चुनावी मुद्दा बनायो । यही हावादारी कुरालाई काँग्रेसले सर्वत्र उचाल्दै छ । बिमलेन्द्र निधी देखि गगन थापाले सम्म यसैमा जोड दिई रहेको देखिन्छ । पहाडको अवस्था मलाई धेरै थाहा छैन । पहाड वारे स्वंय काँग्रेसमै संत्रास देखिन्छ । तर मधेसमा त काँग्रेसको यो प्रचार टाउको दुख्दा नाईटोमा ओखति लगाए जस्तो भएको छ । सबैले बुझेको छ, काँग्रेसले खेलेको यो बचकाना खेल एमाले बिरूद्धको एक फगत आलोचना मात्र हो । काँग्रेसको आरोप झै यहाँ कुनै अधिनायकवाद आउने बाला छैन । तर, के नेपालका कम्युनिष्टहरूले सधै भारतलाई तारो बनाए झै अब नेपाली काँग्रेसले पनि सोही बाटो अपनाएको हो त ? आज काँग्रेसमा एक से एक जानकार तथा संवेदनशील मानिसहरू रहेको देखिन्छ, तरपनि सबै काँग्रेसीले यही कुरा फलाक्दै हिडीरहेको छ । काँग्रेसका सबै उम्मेदवारहरूले एमालेका बिरूद्ध यही सर्वसत्तावाद र अधिनायकवादको मुद्दा उचाल्दै भाषण गरिरहेको भेटिन्छ । सत्य त के हो भने शेर बहादुरको सरकार उपर ठूलो नैतिक प्रश्न खडा गर्दै सरकार मै सहभागी रहेका माओवादीले एमालेसंग चुनावी गठबन्धन बनाए पछि तत्काल रिसाएको काँग्रेसले रिस कै झोकमा बाम गठबन्धन बिजयी भए-देशमा कठोर अथवा स्टालिन कालको साम्यवाद आउने भनेको थियो । यसो भनेर वामपंथी ध्रुविकरणको बिरूद्ध कुनै रूपमा चुनावी फायदा लिन सकिन्छ कि भन्ने काँग्रेसको फुच्चे दाँउ हुनसक्छ ।

महत्वपूर्ण वेबसाइट

Top