सिलवाल फसाउन कानुनी राज्यभित्र जंगली शासन चलाईदै


Tuesday, 13 Feb, 2018 12:00 AM

हरदम कोइराला

‘यदा यदा हि धर्मस्य, ग्लानिर्भवती भारत
अभ्युत्थानमधर्मस्य तदात्मानं, सृजाम्यहम् ।
‘परित्राणाय साधूनामं विनाशाय च दुष्कृताम
धर्म संस्थापनार्थायः सम्भवामी युगे युगे ।।


श्रीमद्भागवत गीता, चौथो अध्यायका सातौँ र आठौँ श्लोकमा जब जब धर्म लोप हुन्छ र अधर्म वृद्धि हुन्छ, तब तब म (भगवान् कृष्ण) धर्मको उत्थानका लागि कुनै नयाँ अवतार लिन्छु र सज्जनहरूको कल्याण, दुर्जनको विनास र धर्मको स्थापनाका लागि म प्रत्येक युगमा जन्म लिन्छु भनेर श्री कृष्णले अर्जुनलाई भनेका यी वाक्यांशहरूलाई उधृत नगरी यो लेखन आरम्भ हुन नसक्ने निष्कर्षमा यो लेखक पुगेको छ, अहिलेको सरकारको गैरकानुनी क्रियाकलाप हेर्दा ।

कानुनको धज्जी उडाइएको छ । न्याय व्यवस्थाको उपहास गरिएको छ । न्यायिक सर्वोच्चता न्यायिक निर्लज्जतामा परिणत भएको छ । नागरिक सर्वोच्चता दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्थामा पुगेको छ । संसदीय प्रणालीको चीरहरण भएको छ । जनताले अभिमतद्वारा बहिष्कार गरिसकेको सरकारले विश्वका तानाशाहहरूले समेत नदेखाएको निर्लज्जता र स्वेच्छाचारिता देखाइरहेको छ । रक्षक नै भक्षक भएका छन् । सरकारले संरक्षण गरेका प्रहरीहरू बलात्कारजस्ता मुद्दामा संवेदनहीन देखिएका छन् ।

मध्य रातमा सरकारले दिएको गैरकानुनी आदेश कार्यान्वयन नगरेकोमा राजधानीको प्रहरी प्रमुख, मुद्दा शाखा प्रमुखहरू रातारात परिवर्तन गरिन्छन् अनि तावेदारहरू ल्याइन्छन् कुनै जनप्रतिनिधिलाई गैरकानुनी हिसाबले फसाउन । कानुनको पूर्णरूपले पालना गर्ने, नागरिकको सेवा र सुरक्षामा अहोरात्र खटिने भनेर शपथ खाएका केही प्रहरी अधिकृतहरू निर्लज्ज भएर कानुनी प्रक्रियाबाट बाहिर गएर संघीय संसद्को सदस्य रहेको व्यक्तिलाई फसाउन उद्दत छन् । संविधानमा राखिएका मौलिक हकका प्रावधानहरू सरकारको जंगल राजको अदृश्य गोलघरमा जेलनेलसहित चिसो छिडीमा कुँजिएर रहेको प्रजातान्त्रिक योद्धा झैँ मृत्युवरण गर्न लागेको प्रतीत भइरहेको छ ।

राज्य संयन्त्रको यति ठूलो दुरुपयोग मुलुकमा ज्ञानेन्द्र पथको जगजगी हुँदासमेत भएको थिएन । राज्य यति निर्लज्ज पञ्चायती शासनको सेरोफेरोमा समेत भएको थिएन । माथिल्ला सरकारी ओहोदामा बसेका ओहोदेदारहरूले प्रदर्शन गरिरहेको यो नांगो नाचले कुनै वेला राजधानीका ठमेल र अन्य स्थानमा रहेका डान्सबारमा देखाइने नग्न नृत्यलाई मात्र होइन यदाकदा मात्र विशेष ग्राहकको विशेष आग्रहमा देखाइने महिला र पुरुषको यौन क्रियाकलापसहितको नग्न नृत्यलाई नै बिसाईदिएको छ ।

यो नग्न क्रियाकलाप निर्देशक उपेन्द्रकान्त अर्याल, लगानीकर्ताहरू शेरबहादुर देउवा, लोकदर्शन रेग्मी, जयबहादुर चन्दको संरक्षण र समर्थनमा कोरियोग्राफर प्रकाश अर्यालको डिजाइनमा तयार पारेर खुला मञ्चमा निःशुल्क अवलोकनको लागि प्रदर्शन गरिँदै छ विगत एक वर्षदेखि र यो लगभग अब अन्त्य हुने अवस्थामा छ । यो अन्त्य भइसक्थ्यो अहिलेसम्म तर यो नाटकका मुख्य नर्तकहरूले नाचको सामान्य र विशिष्ट सिद्धान्त विपरीत नाचिने छैन भनेर लामो समयदेखि नाच नै रोकेर राखेका थिए र निर्देशक, संरक्षक, कोरियोग्राफरको पटकपटकको आग्रह, धम्की, त्रास र चेतावनीका बाबजुद मुख्य नर्तकहरूले नियम विपरीत आफूहरूले केही नगर्ने भनेर अडान लिएपश्चात् आफू अनुकूलका नर्तक खोज्ने कार्यमा नाटक निर्माण तथा लगानी समूहले लामो समयदेखि मिहिनेत गरिरहेको थियो ।

तर, योग्य नर्तकहरूमध्ये धेरैले आफूहरू नियम विपरीत ननाच्ने अडान नै दोहोर्याएपश्चात् निराश बनेको लगानीकर्ता र निर्देशकहरूको समूहले हिजो मध्यरातमा आफू अनुकूल नृत्य गर्ने नर्तकहरू भेट्टाएर पुनः नृत्य प्रदर्शन कार्य सुरु गर्ने तयारी गरेको छ । मुख्य नर्तक विश्वराज पोखरेल र सहायक नर्तक मोहन थापा नामका दुई नर्तकहरू सरकारी क्याब्रेको हिस्सा बन्न राजी भएपछि आजबाट खुला मञ्चमा पुनः प्रदर्शन गरिँदै छ ।

मध्यरातमा राजधानीका प्रहरीप्रमुख रविन्द्र धानुक र परिसर काठमाडौंका मुद्दा शाखा प्रमुख वेलबहादुर पाण्डेको सरुवा गरेर महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरिमा कार्यरत विश्वराज पोखरेललाई परिसरप्रमुख र महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख मोहन थापालाई मुद्दा शाखा प्रमुख बनाइएको छ । स्मरणीय कुरो के छ भने विश्वराज पोखरेल नेपाल प्रहरीको बहुचर्चित किर्ते काण्डका एक नाइके हुन किनकि नेपाल प्रहरीका सम्पूर्ण कासमु फाइलहरू कर्मचारी प्रशासन शाखामा सुरक्षित राखिनुपर्छ र किर्ते काण्ड घटित हुँदा यिनै विश्वराज पोखरेल नेपाल प्रहरीको कर्मचारी प्रशासन शाखाका प्रमुख थिए र नबराज सिलवाललाई किर्ते काण्डमा फसाउन नेपाल प्रहरीको सत्ता पक्षले सरकारी सत्ता पक्षको समर्थनमा गठन गरेको पहिलो अवैधानिक छानविन समितिका सदस्य थिए ।

तत्कालिन समयका कानुन शाखाप्रमुख मोहन थापा र उनले त्यही समितिमा बसेर प्रकाश अर्यालको इच्छा बमोजिम कार्य गरेको हुनाले पदक तथा जनसेवा इन्चार्जको पोस्टिङ पुरस्कार स्वरूप पाएका थिए । यसरी निश्चित समूहले गरेको अपराधलाई ढाकछोप गर्नका लागि शक्तिको दुरुपयोग यति व्यापक हिसाबले कहिल्यै भएको थिएन । नवराज सिलवालले किर्ते गरे नै भने पनि मुद्दाको पूर्ण अनुसन्धान गरेर सम्पूर्ण रूपले मुद्दा बलियो बनाएर अदालतमा पेस गर्नुपर्नेमा सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र मुद्दा बुझाउँछु भनेर कानुनी रूपमा वैध अडान राख्ने परिसर प्रमुख र परिसरका मुद्दा शाखा प्रमुखलाई मध्यरातमा सरुवा गरेर मुद्दाकै एक सम्भावित प्रतिवादी मध्येका विश्वराज पोखरेललाई काठमाडौं परिसर प्रमुख र अर्का मोहन थापालाई मुद्दा शाखा प्रमुख बनाउनुले न्याय मरेको र न्यायको प्राण हरण गर्ने प्रपञ्च गरेको स्पष्ट देखिन्छ ।

सरकार आफैले गरेको किर्ते प्रकरणमा सरकार हटिसकेपछि हालका सत्ता पक्षीय महानुभावहरू नै फस्न सक्ने बलियो सम्भावना देखिएकोले कामचलाउ सरकार र अवकाशको मुखमा रहेका प्रकाश अर्यालले आफू बच्ने हिसाबले यी समग्र क्रियाकलाप सञ्चालन गरेको देखिन्छ । असीमित हदम्याद भएको किर्ते मुद्दामा हतार गरेर अनुसन्धान नै अपुरो राखेर मुद्दा बुझाउनुले सरकारका हर्ताकर्ताहरूको नियतमाथि प्रश्न उठेको छ । नेपाल प्रहरीले हालसम्मकै अनुसन्धानको इतिहासमा किर्ते मुद्दामा मुख्य अभियुक्तविना नै मुद्दा बुझाउने प्रपञ्च गर्नुले नेपाल प्रहरीकै अनुसन्धान कार्यमा काविलियत अनि विश्वसनीयतालाई नंग्याइदिएको छ । असीमित हदम्याद छ, कानुनबमोजिम अनुसन्धान गर्नुपर्ने प्रमुख व्यक्तिहरूको वयान लगायतका कार्यहरू भएकै छैन तैपनि हतारोमा मुद्दा लगेर प्रहरीको संस्थापनले अति अविश्वसनीय कार्य गरेको छ जसले गर्दा आगामी दिनमा समग्र प्रहरी संगठनले शिर झुकाउनुपर्नेछ ।

नेपाल प्रहरीमा अहिले भयंकर तुफान आउन लागेको प्रतीत हुन्छ, एककिसिमको मौनता सबैको मुखमा छाएको छ त्यसलाई आँधी आउनुपूर्वको सन्नाटाभन्दा अत्युक्ति नहोला । कानुनको संरक्षण गर्ने निकायले नै कानुनको धज्जी उडाउने अनि त्यसलाई चुपचाप मूकदर्शक बनेर हेरि बस्नु अहिले नियति बनेको छ नेपाल प्रहरीमा । उपेन्द्रकान्त अर्याल त अवकाश भए उनले अवकाशपश्चात् प्रहरी संगठनमा थिति बिगारेको आरोप सहनु मात्र पर्ने छैन त्यसको हिसाबकिताब भोलिका दिनमा पनि दिनुपर्नेछ, प्रकाश अर्याल र उनको समूह पनि अबको दुई महिनापश्चात् अवकाश पाउनेछ र उपेन्द्रकान्तकै नियति उनीहरूले पनि भोग्नुपर्नेछ । त्यसबाहेक भोलि नेपाल प्रहरीमा केही विशिष्ट प्रकारका गतिविधि हुनेछन् भनेर आँकलन गर्न कुनै पनि पढेलेखेको व्यक्तिलाई सात समुद्र पार गर्नुपर्ने छैन ।

भोलि किर्ते काण्डका नाइकेको रूपमा रहेका उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, लोकदर्शन रेग्मी, वीरेन्द्रबाबु श्रेष्ठहरू त दण्डित हुने नै छन तर त्यसबाहेक आपूmभन्दा माथिल्लो दर्जाको प्रहरी अधिकृत हो भन्ने जान्दाजान्दै आफूभन्दा माथिल्लो अधिकृतमाथि अपराधिक बल प्रयोग गरेको अभियोगमा केही घुनहरूसमेत पिसिने सम्भावना झन् बढेर गएको देखिन्छ । म्याद सकेको औषधि खाँदा रोग निको हुनेभन्दा पनि कुनै अर्को मेडिकल जटिलता उत्पन्न हुने खतरा बढी हुने भए भैझै म्याद जान लागेको सरकार र म्याद जान लागेको प्रहरीको भुत्ते नेतृत्व पंक्तिको लहलहैमा लाग्दा भोलि आउने नयाँ सरकारले गठन गर्ने केन्द्रीय प्रहरी विशेष अदालतबाट डामिनेहरूको संख्यासमेत उल्लेख्य हुने नै छ । त्यहि संख्यामा को थपिने नथपिने मात्र अहिलेको पेचिलो प्रश्न हो ।

हिजो आफूभन्दा माथिल्लो अधिकृत नवराज सिलवाललाई किर्तेको आरोप लाएर वकिलको घरबाट बलजफ्ती समातेर ल्याउने विक्रम चन्द, हेडक्वार्टरभित्र धम्क्याउँदै वयान लिने विजयराज भट्ट र उनको समिति, अदालतको आदेश बमोजिम अदालतमा बुझाउने जिम्मेवारी पाएका तर अदालतमा नबुझाई प्रहरी भ्यानभित्र नवराज सिलवाललाई मानसिक यातना दिने नवराज सिलवाललाई फसाउन षड्यन्त्र गर्ने  भूपेन्द्र खत्री, सवीन प्रधान, सञ्जय तिमिल्सिना, मोहन थापा, विश्वराज पोखरेलहरूले भोलिको दिनमा गठन हुने केन्द्रीय प्रहरी विशेष अदालतलाई कसरी फेस गर्नेछन् र त्यो समयमा उनीहरूलाई बचाउन उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, डा। दिनेशचन्द्र पोखरेल, लोकदर्शन रेग्मी, शेरबहादुर देउवा र जयबहादुर चन्दले के के पापड बेल्नेछन् त्यो समयले नै बताउँला तर किर्तेको कुकृत्यमा कुनै न कुनै रूपले सामेल भएर प्रहरीमै बहाल रहेका केही अधिकृतहरूले विशेष अदालतबाट सजाय पाएपश्चात तिनीहरूका परिवारले समेत भोलि आपूmलाई समाजमा के भनेर चिनाउलान् भन्ने कुराचाहिँ सोचनीय विषय बनेको छ ।

खेल खेल्दा खेलको नियम विपरीत खेल्नेले के पनि विचार गर्नुपर्छ भने यदि अर्को टिमले खेलको नियम विपरीत खेल खेल्न थाल्यो भने आफ्नो के हालत हुन सक्छ भन्ने कुरो पनि सोच्नुपर्छ । महत्वाकांक्षा र आत्मविश्वास हुनु अत्यन्त आवश्यक छ सफल हुनलाई तर अति महत्वाकांक्षा र आत्मविश्वास भने मानिसको अस्तित्व नै मेटाउने खतरनाक हतियार बन्न सक्छन् त्यसैले यो किर्ते प्रकरणमा बाहिरिन लागेको सरकार र बाहिरिन लागेको नैतिकहीन, अस्पष्ट, अदूरदर्शी, अपारदर्शी अनि अव्यावसायिक नेतृत्वको पछाडि लागेर सती नजान म विश्वराज पोखरेल र मोहन थापा लगायतलाई सुझावसमेत दिन चाहन्छु ।
सौर्य दैनिकबाट

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top