नवराज सिलवालको चरित्र हत्या गर्न फेरि प्रयोगको हतियार बनाईदै गुनबहादुर थापा (प्रमाणसहित)

जयबहादुर चन्द देखि उदय शम्शेर राणासम्मले कसरी प्रयोग गरे


Thursday, 30 Nov, 2017 12:00 AM

रवि धामी
काठमाण्डौ
-स्वार्थमा मान्छे विरुद्ध मान्छेको प्रयोग । यहि प्रयोगमा परेका छन चितवनका गुनबहादुर थापा । उनलाई एक वर्ष अघि अर्थात २०७३ मा नेपाल प्रहरीका तत्कालिन डिआईजी हाल एआईजी जयबहादुर चन्दले प्रयोग गरेका थिए भने अहिले तिनै थापालाई नेपाल सरकारका अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले प्रयोगमा ल्याएका छन । एक वर्ष अघि एक नम्वरमा रहेका र आईजीपीका मुख्य दाबेदार नवराज सिलवाललाई आईजीपी हुन नदिन चन्दले चरित्र हत्या गर्न  प्रयोग गरेका थिए भने अहिले तिनै सिलवालको राजनितीमा लोकपृयता चुलिदै गएपछि अतालिएर प्रतिद्धन्द्धि रहेका सरकारका अर्थ राज्यमन्त्री समेत रहेका उदय शम्शेर राणाले सिलवालको चरित्र हत्या गर्न  । कसरी प्रयोग गरे ? चन्द र राणाले केहि उदाहरण सहित मूलधार न्युजले विष्लेषण गरेको छ ।

घटना नम्वर एक
कुरो एक वर्ष अघि अर्थात २०७३ मंसिर पुस महिनाकोे हो, चितवनका गुणबहादुर थापाले राजधानीको नयां वानेश्वरमा रहेको ईन्द्रेणी फुड ल्याण्डमा पत्रकार सम्मेलनको आयोजना गरे । उनले पत्रकार सम्मेलनको आयोजना गर्नुको विषय थियो डिआईजी नवराज सिलवालले जबरजस्ति मिटर ब्याजमा पैसा लगाए, जाय जेथा हड्पे , परिवार सडकमा ल्याए । त्यति बेला आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले लगाएका आरोप हुन तर उनैले लगाएका आरोप प्रमाणित गर्न सकेनन घटना त्यसै सेलायो ।

त्यति बेला सोधखोज गर्दै जांदा थाहा भयो उनको त्यो पत्रकार सम्मेलनमा पत्रकारहरुलाई सम्पर्क गर्ने र त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी जयबहादुर चन्दले लिएका थिए । त्यहां भएको खर्चको रकम पनि चन्दले नै बेहोरेका थिए । रोचक कुरो के पनि छ भने थापालाई त्यहि समुहले वर्षैदेखि प्रयोग गर्दै आई रहेको थियो सफल भई रहेको थिएन । अन्त: नवराज सिलवालको लोकप्रियता देखेर उनको चरित्र हत्या गर्नसम्म भएपनि त्यो समुहले गुनबहादुरको उपयोग गर्यो ।

सिलवालको चरित्र हत्या गर्न गुनबहादुरलाई उचालेर सो समुहले २०७० सालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोग,  राष्ट्यि सतर्कता केन्द्र, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयसम्म उजुरी गर्न लगायो । घटनाको प्रकृती र सिलवालमाथी लगाएको गम्भिर आरोप देखेर यस विषयमा छानबिन गर्न बिभिन्न समिति नै बनाइए । अख्तियार, सतर्कता केन्द्र, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले बनाएका समितिहरुले अध्ययन अनुसन्धानपछि प्रतिवेदन दिए सिलवाल निर्दोष र थापा नामुद ठग भएको । दुई वर्ष अघि अर्थात २०७१ मंसिर ४ गते नै राफसाफ भई सकेको विषयलाई  २०७३ मंसिरमा फेरि उठान गर्नु सिलवालको चरित्र हत्या गर्नकैलागी भएको प्रमाणित भएको थियो ।

घटना नम्वर दुई
पत्रकार सम्मेलन गरेको केहि दिन पछि जिल्ला प्रहरी कार्यालय चितवनले गुनबहादुर थापालाई चितवनबाटै पक्राउ गर्यो । उनलाई पक्राउ गरिनुको कारण थियो एउटा फाईनान्सको रकम हिनामिना गरि ठगि गरेर भागेको अभियोग । अदालतले उनिमाथिको अभियोग प्रमाणित गरेर सजाय सुनाई सकेको अवस्था थियो र त्यो मुद्दा जिल्ला प्रहरी कार्यालय हेटौडाले अगाडि बढाएको थियो । चितवन प्रहरीले पक्राउ गर्दा पनि उनले आरोप लगाए नवराज सिलवालले पावर लगाएर आफुलाई जबर्जस्ति फसाईयो भनेर ।

त्यति बेला नै काठमाण्डौबाट एक जना डिआईजीले चितवनका तत्कालिन प्रहरी प्रमुख एसपी बसन्त कुंवरलाई फोन गरेर पक्राउ परेका थापालाई छोड्न दबाब दिए । त्यसरी एसपीलाई फोन गर्ने डिआईजी थिए जयबहादुर चन्द । चन्दले थापा निर्दोष रहेको र उनलाई नवराज सिलवालले फसाईएको दाबी गर्दै चन्दले एसपी कुंवरलाई नछाडे ठिक नहुने चेतावनी पनि दिए । तर कुंवरले भने अदालतको फरार अभियुक्तलाई पक्राउ गरि सकेपछि कुनै पनि दबाब नसहने भन्दै थापालाई कार्वाहीकालागी हेटौडा पठाए । अदालतले नारायणी फाईनान्सको रकम हिनामिना गर्दै ठगि गरेको अभियोग पुष्टि गर्दै कारागार चलान गर्यो । यो घटनापछि पनि प्रमाणित भयो सिलवाल निर्दोष थिए उनलाई बदनाम गर्न प्रयोग गरिएको थियो भनेर ।

घटना नम्वर तीन
गुनबहादुर थापा माथि लागेको ठगि गरेको अभियोग अदालतबाट पुष्टि भएपछि सजाय काट्न उनि भिमफेदी कारागारमा थिए । यता सर्वोच्च अदालतमा नेपाल प्रहरीको आईजीपी सम्बन्धिको विवाद विचाराधिन अवस्थामा थियो । त्यति बेला फेरी विपक्षिले गुनबहादुरलाई प्रयोग गरे । गुनबहादुरको भौतिक शरिर कारागारमा भएपछि नवराज सिलवालका विपक्षिले फेरि उहि मिटर ब्याजको प्रसंग उठायो । राज्यका सबै निकायको छानबिनबाट नककली, फर्जि र चरित्र हत्या गर्नकालागी खडा गर्न देखिएको सो अभियोग सर्वोच्च अदालतसम्म पुग्यो ।

यति बेला गुनबहादुर नभएर उनका छोरा सागर थापा पात्र बनाइए । उनले सर्वोच्च अदालतमा नवराज सिलवाल विरुद्ध रिट हाले । रिटमा सागरले भनेका थिए डिआईजी नवराज सिलवालका कारण बाबु गुनबहादुर जेल परेको, सिलवाल प्रहरी नियमावली २०७१ अनुसार अयोग्य छन ईत्यादी । सागरको रिट निवेदन उपर सर्वोच्चमा बहस भयो । बहसपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको ईजलासले आदेश दियो कुनै पनि सार्वजनिक पदाधिकारिको आचरण वा चरित्र सम्बन्धमा सर्वसाधाहरणको चांसो रसरोकार रहनु स्वभाविक हुन्छ । यस प्रकारको चांसो र सरोकार रहनु पर्छ । तर यसका मर्यादा र सिमा हुन्छन । यो अनावश्यक हैरान पार्ने, अनावश्यक विवादमा तान्ने, आफु वा अरु कसैको निहित स्वार्थ नियोजित रुपमा पुर्ती गर्ने माध्यमका रुपमा देखिएकाले रिट निवेदन खारेज हुन ठहर्छ ।


घटना नम्वर चार
फेरि एक वर्षपछि गुनबहादुर थापा अहिले प्रयोगमा ल्याइएका छन । सरकारका सबै निकायदेखि न्यायालयसम्म प्रयोगमा असफल भई सकेका थापालाई फेरि नवराज सिलवालका विरुद्ध उदयशम्शेर राणाले असफल प्रयोग गरि रहेका छन । राणाले ललितपुर १ मा सिलवालको लोकप्रियता देखेर अतालिदै चुनावमा थापालाई प्रयोग गरि रहेका छन ।  राणाले जेल सजाय काटेर घरमा बसि रहेका थापालाई आर्थिक प्रलोभन दिएर ललितपुर १ बाट उमेदबार बन्न लगाए ।

सिलवालका बिरुद्ध अनावश्यक प्रचार प्रसार गर्न लगाएका छन । यसकालागी एक दिन अघि उनले एउटा सञ्चार माध्यममा सिलवालका विरुद्ध तिनै गुनबहादुरलाई प्रयोग गरेर समाचार पनि लेखाए । यसको प्रमाण हो बुधबारको घटना । नवराज सिलवालका विरुद्ध अनर्गल प्रचार प्रसार गर्दै हिड्ने गुनबहादुर र उनको समुहलाई चापागाउ प्रहरीले नियन्त्रणमा लियो । निर्वाचन आचार संहिता अनुसार प्रमाण विहीन व्यक्तिगत विषयमा त्यस्ता अनर्गल प्रचार गर्न पाईदैन । जmन  सिलवालविरुद्ध लगाइएका तथ्यहिन ती आरोप त सरकारदेखि सर्वोच्च अदालतसम्मले खारेज गरेको अवस्था छ । त्यस्ता व्यक्ति कानुनको दायरामा आउदा राणालाई के को टाउको दुखाई ?  राणाले गुनबहादुर सहित पक्राउ परेका अन्यलाई छोड्न प्रहरीलाई दबाब दिए । यति सम्मकि केहि प्रहरी अधिकृतलाई गुनबहादुरलाई तत्काल हिरासत मुक्त नगरे जागिर खाई दिनेसम्म धम्कि सम्म दिन भ्याए । यति गर्दासम्म गुनबहादुरलाई राणाले प्रयोग गरेका होईनन भन्न मिल्छ ? बांकि पाठकको जिम्मामा ।

Related News

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top