राष्ट्रिय अखण्डता र सार्वभौमिकता जोगाउन नेपाली सेना कठोर :- प्रधानसेनापति क्षत्री


Tuesday, 13 Feb, 2018 12:00 AM

काठमाण्डौ -प्रधानसेनापति राजेन्द्र क्षत्रीले जस्तोसुकै कठिन परिस्थितिमा पनि मुलुकको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षा गर्न नेपाली सेना सदैव तयार रहेको बताएका छन्। सेना दिवसका अवसरमा मातहतलाई शुभकामना सन्देश दिँदै प्रधानसेनापति क्षत्रीले मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न नेपाली सेना तयारी अवस्थामा रहेको बताएका हुन ।  ‘पुर्खाको रगत पसिनाले सञ्चित मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न कुनै कसर बाँकी राख्दैनौं। पुर्खाले स्थापना गरेको मूल्यमान्यता र देशभक्तिप्रति गर्व गर्दै नेपाली सेना कठिनभन्दा कठिन परिस्थितिमा पनि राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सदैव तत्पर रहेको छ।’

प्रधानसेनापति क्षत्रीले आफ्नो मन्तव्यमार्फत राष्ट्रिय अखण्डता र सार्वभौमिकता जोगाउन नेपाली सेना कुनै पनि कठोर निर्णय लिनसमेत तयार रहेको सन्देश दिन खोजेका छन्। मुलुक संघीय संरचनामा गएपछि नेपाली सेनाले संघीय संरचनाअनुसार फौजको तैनाथी व्यवस्थित गर्न थप २ पृतना तथा २ बाहिनी स्थापना गरिसकेको छ।

केही दिनअघि जंगी अड्डामा बसेको पृतनापतिहरूको बैठकमा मुलुकभर ‘मिलेटरी इन्लेलिजेन्स’लाई थप बलियो बनाई विखण्डनकारीको गतिविधिमाथि गहिरो निगरानी राख्नेबारे समेत छलफल भएको थियो। प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको गैरराजनीतिक चरित्रमा असर पार्न सक्ने खालका कुनै प्रकृतिका दबाब नेपाली सेनालाई सह्य नहुने स्पष्ट पारेका छन्।

उनले नेपाली सेनामाथि हुने कुनै पनि दबाब र परिघटनाले नेपाली सेनाको चेन अफ कमान्डमाथि नै प्रहार हुन सक्ने भन्दै फौज एकढिक्का हुनुपर्ने बताए।

त्यस्ता दबाब आए सामाजिक न्यायको सिद्धान्त र विश्वासका आधारहरू टुट्ने सम्भावनाप्रति नेपाली सेना सधैं सजग रहनुपर्ने उल्लेख गर्दै प्रधानसेनापति क्षत्रीले भने, ‘नेपाली सेनाको चेन अफ कमान्डप्रति असर पर्ने गरी कार्य गराउने जोसुकै भए पनि कारबाहीको भागिदार हुनेछन्।’

प्रधानसेनापति क्षत्रीले मित्रराष्ट्रका सेनासँगको सम्बन्धलाई विस्तार गर्दै सैनिक कूटनीतिलाई थप मजबुत तथा सुदृढ पार्दै लैजाने अभिव्यक्ति दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top