नेपाली सेनालाई ७ हेलिकप्टर खरिदको अनुमति, ग्लोबल टेन्डर आह्वान


Wednesday, 6 Dec, 2017 12:00 AM

मातृका दाहाल
काठमाण्डौ
-सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ । विपत् व्यवस्थापन, हवाई सैनिक तलिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना-ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद अनुमति पाएको हो ।सरकारले एउटै आर्थिक वर्षमा सेनालाई यतिधेरै जहाज खरिद गर्न लागेको पहिलो पटक हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले सरकारको स्वीकृतिपछि सबै जहाज तथा हेलिकप्टर खरिद प्रक्रियामा गइसकेको जानकारी दिए । सैनिक मुख्यालयले थप २ वटा एमआई–१७ हेलिकप्टर खरिदका लागि रक्षा मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ । यी सबै हेलिकप्टर तथा जहाज सार्बजनिक खरिद ऐन र नियमावलीका प्रावधानअनुसार ग्लोबल टेन्डरबाट किन्न लागिएको सेनाले जनाएको छ । २ वटा एमआइ १७ हेलिकप्टर भने रसियाली कम्पनीसँग जीटूजीअनुसार खरिद गर्न सेनाले प्रस्ताव गरेको छ । सेनाको सम्भार रथी विभागले तयार पारेको उक्त प्रस्तावस्वीकृत भने भइसकेको छैन ।


सैनिक हेलिकप्टर किन्दा अपारदर्शी आर्थिक कारोबार हुनसक्ने भन्दै पारदर्शीतामा ध्यान दिनुपर्ने सुरक्षा मामिलाका जानकारहरू बताउँछन् । सैनिक प्रवक्ता दाहालका अनुसार इटालियन कम्पनी अगुस्टामार्फत १४–१४ सिटका २ वटा हेलिकप्टर खरिद प्रक्रिया अघि बढाइएको छ । यी हेलिकप्टर ३ अर्ब रूपैयाँ भन्दा माथी पर्ने जनाइएको छ । सन् २००१ देखि हेलिकप्टर उत्पादन गर्दै आएको अगोस्टा -वेस्टल्याण्ड (एडव्लू १३९) उत्पादन कम्पनीका जहाज इटली, आयरल्याण्ड र संयुक्त अरव इमिरेट्सका एयरफोर्सले प्रयोग गर्दै आएका छन् । फ्रान्सेली हेलिकप्टर उत्पादक कम्पनीमार्फत फिक्स विङ÷कार्गो जहाज तथा अमेरिकी कम्पनीका बेल र इकुरेल खरिदका लागि ग्लोबल टेन्डर आह्वान भइसकेको सेनाले जनाएको छ ।


फिक्स विङ कार्गो विमान हो भने बेल र इकुरेल क्रमशः ६ र ४ सिटे साना हेलिकप्टर हुन् । त्यसैगरी हवाई सैनिकका लागि तालिम सञ्चालन गर्न इन्डोनेसीयाको कम्पनी मार्फत २ वटा ट्रेनर (पाइलट र को–पाइलट मात्रै बस्न मिल्ने एयरक्राफ्ट) खरिदको पनि टेन्डर आह्वान भइसकेको सैनिक मुख्यालयले जनाएको छ । “सरकारको स्वीकृतिपछि अहिले इटली, फ्रान्स, इन्डोनेसिया र अमेरिकी कम्पनीका ७ वटा हवाई साधन खरिदका क्रममा छन्,” सैनिक प्रवक्ता दाहालले भने, “विपत् व्यवस्थापन, हवाई सैनिक तलिम, विशिष्ठ व्यक्तिहरूको उडान, कार्गो लगायत प्रयोजनका लागि यसको प्रयोग गरिने छ ।” सेनासँग भएका २९ वटा जाहज तथा हेलिकप्टरमध्ये अहिले १३ वटा मात्रै सञ्चालनमा छन् ।


सञ्चालनमा नआएका मध्ये कतिपय लिलाम भइसकेको र केही लिलामी प्रक्रियामा भएका कारण हवाई साधन क्षमता पहिलेकै अवस्थामा लैजाने रणनीति रहेको प्रवक्ता दाहालले जानकारी दिए ।शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि एउटा लाईट हेलिकप्टर (बेल) र ट्रेनर जहाज २ वटा किन्न सेनाले अनुमति पाएको हो । बाँकी ४ वट जहाज तथा हेलिकप्टर भने अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहालका पालामा प्रस्ताव गरिएको थियो । आर्थिक वर्ष २०७४-७५ को बजेटमै सरकारले पूर्वको इटहरी र मध्यपश्चिमको सुर्खेतमा सैनिक हवाई बेसक्याम्प स्थापना गर्ने जनाएको थियो । त्यसपछि सेनाले एक प्रदेश एक हवाई बेसक्याम्प अवधारणा अघि सारेपछि त्यसलाई रक्षा मन्त्रालयले पनि स्वीकृति दिएको हो ।


सरकारले चालू आवका लागि हेलिकप्टर किन्न २ अर्ब ४३ करोड रूपैयाँको बजेट स्वीकृत गरेकोमा कात्तिकमा थप ५० करोड भन्दा बढी रकम सेनाका नाममा रकमान्तरण गरिएको छ । पूर्वनिर्धारित बजेट भन्दा ३ वटा थप जहाज किन्ने सेनाको प्रस्तावअनुसार ट्रेनर जहाजका लागि ८ करोड ५६ लाख ३८ हजार ९ सय ९५ र लाइट हेलिकप्टर किन्न ४१ करेड ८० लाख रूपैयाा निकासा दिइसकेको छ । सबै हवाई साधन सञ्चालनमा नहुदा दुर्गममा खाद्यान्न तथा पूर्वाधरका सामान ढुवानी, खोज÷उद्धार, अतिविशिष्ठ तथा विशिष्ठ व्यक्तिको उडान, प्रकोप व्यवस्थापनमा असर पुगेको प्रवक्ता दाहालले बताए । खरिदका क्रममा गुणस्तरीयता र पारदर्शितालाई विशेष जोड दिइएको दावी गर्दै प्रवक्ता दाहालले खरिद सम्झौता विपरित पाइए कानुनले तोकेअनुसार अघि बढ्ने बताए ।

कारोबार दैनिकबाट

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top