कंगोबाट डेढ सय नेपाली सैनिक फिर्ता प्रकरण :- सेनाले जनायो कडा आपत्ति


Thursday, 12 Oct, 2017 12:00 AM

काठमाडौं–शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएकामध्ये डेढ सय नेपाली शान्ति सैनिक १० महिना अघि नै स्वदेश फर्किएको घटनाबारे नेपाली सेनाले धारणा सार्वजनिक गरेको छ।

नेपाली सेना नेतृत्वको हेलचेक्र्याइँ र संयुक्त राष्ट्रसंघसँग कमजोर समन्वयका कारण नेपाली सेना स्वदेश फर्किएको खबर सार्वजनिक भइरहेका बेला नेपाली सेनाले भने राष्ट्रसंघको बजेट कटौतीको कारण फर्किएको दाबी गरेको छ।

सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संयुक्त राष्ट्रसंघको म्यानडेट भन्दा बढी शान्ति सैनिक मिशनमा पठाएको कारणबाट संयुक्त राष्ट्रसंघले फिर्ता पठाएको नभई राष्ट्रसंघको बजेट कटौतीको कारणबाट विभिन्न मिशनहरुबाट शान्ति सैनिकको संख्या घटाउने हालै भएको निर्णय अनुसार कंगोबाट समेत त्यहाँ तैनाथ अन्य राष्ट्रहरु सहित नेपाली शान्ति सैनिक १५० जना फिर्ता आएको स्पष्ट गर्दछौं।’
राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत प्रमुख सेनानी गौतमको नेतृत्वमा आठ सय ५० जना सैनिक अधिकारी गत असार २८ गते र साउन ७ गते कंगो गएको थियो। तर, संयुक्त राष्ट्रसंघले एक सय ५० जना नेपाली सैनिक फिर्ता पठाइदिएको थियो। कंगोमा हाल सात सय नेपाली शान्ति सैनिक कार्यरत छन्।

सेनाले समन्वय बिना नै बढी संख्यामा सैनिक पठाएका कारण फिर्ता पठाएको खबर सार्वजनिक भइरहेका बेला सेनाले भने संयुक्त राष्ट्रसंघ मुख्यालयबाट तोकिएको संख्या अनुसार नै पठाएको जिकिर गरेको छ।

राष्ट्रसंघको बजेट कटौतीको कारणबाट विभिन्न मिशनहरुबाट शान्ति सैनिकको संख्या घटाउने हालै मात्र निर्णय भएपछि डेढ सय नेपाली सेना फर्किएको उसको दाबी छ।

फर्काइएका एक सय ५० जना सैनिकलाई मुख्यालयले माघभित्र सुडान, मालीलगायत देशमा पठाइसक्ने आश्वासन नेपाली सेनाले दिएको छ।
विज्ञप्तिमा भनिएको छ ‘मिशनबाट फिर्ता भएका १५० जना नेपाली शान्ति सैनिकहरुलाई प्राथमिकता दिई निकट भविश्यमा जाने शान्ति सैनिक मिशनमा सहभागी गराउने योजना रहेको समेत जानकारी गराउँदछौं।’

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top