नेता जति चुनावमा, नेपाली सेना सडक निर्माणमा


Friday, 8 Sep, 2017 12:00 AM

काठमाडौं– नेपाली सेनाले दुई नम्बर प्रदेशको तेस्रो चरणको निर्वाचनलाई मध्यनजर गरेर सडक र बाटो निर्माण कार्यलाई तिब्रता दिएको  छ । सेनाले गत श्रावणमा परेको अविरल वर्षाको कारण आएको वाढीले क्षतिग्रस्त सडक, कलभर्ट तथा बाटोहरु मरामत गरेको जनाएको छ ।  आगामी असोज २ गते हुने चुनावमा सर्वसाधारणलाई मतदान केन्द्रहरुसम्म पूग्ने पहुंच मार्ग तथा सडकहरु सुचारु गर्न स्थानीय निकायहरुसंगको सहकार्यमा सेनाले मर्मत कार्य अघि बढाएको हो ।  सेनाको पुर्वी पृतनाबाट खटिएको टोलीले सप्तरी,सिराह,बारा, रौतहट र धनुषा जिल्लाको विभिन्न ठाउमा भत्किएका सडकको निर्माण र मर्मत कार्यलाई तिव्रता दिएको हो ।

सेनाले राजविराज स्थित डुम्री–राजदेवी तथा विरौल–डुम्री–शिवथान–देउरी सडक खण्डका विभिन्न स्थानका क्षतीग्रस्त सडकमा परेका खाल्टाहरुमा माटो तथा गिट्टी भरी सवारी साधन सुचारु गराएको छ । त्यसैगरी हनुमाननगर कंकालिनी ईलाकामा २८ मिटर कटान भई ६ फिट गहिरो खाल्डो परी पूर्ण क्षती भएको सडकमा पनि माटो तथा गिट्टी भरी मरामत कार्य सम्पन्न भएको सेनाले जनाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार सेनाले सिराहको सिराह नगरपालिकामा रहेको गुलेरिया, विष्णुपुर, राजपुर, गोलबजार, बेतुना गुर्धाम र भगवानपुर ईलाकाको क्षतीग्रस्त सडक खण्डमा बालुवा तथा माटो भर्र्ने कार्य सम्पन्न गरी उक्त जिल्लाहरुको मतदान केन्द्रहरुसम्म आवत जावत सहज बनाउन मद्धत गरेको छ ।   

यसैगरी नेपाली सेनाबाट खटिएका सैनिक टोलीहरुले बाराको कलैया उपमहानगरपालिकामा र ब्रन्हपुरी ईलाकामा क्षतीग्रस्त ३ किलो मिटर कच्चि सडक खण्डमा माटो तथा ढुंगा भरेको र पर्सा जिल्लाको मसिहानी, लक्ष्मीपुर, पसैनी, जगन्नाथपुर, श्रीपुर तथा रंगपुर ईलाकामा बाढीले क्षती पु¥याएको कच्ची सडकको समेत मरामत गरेको जनाइको छ ।

 साथै, रौतहट जिल्लाको राजपुर नगरपालिकाको महेशपुर ईलाकाको २१५ मिटर कच्ची सडक खण्डमा समेत माटो भरी सेनाले सडक सुचारु गराएको छ ।  नेपाली सेनाका पूर्वी पृतनापति उपरथी गौरव तण्डुलले  सिराह तथा सप्तरीमा भईरहेको सडक तथा पहुंच मार्ग मरामतको प्रगतिको निरीक्षण समेत गरेका छन् ।

Related News

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

राजनीतिView More..

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी पत्नि बेन सवार गाडि जयपुरमा दुर्घटना, एकको मृत्यु

वामदेवको टेकोमा वाम एकता ! ओलीले तलमाथि गरे एमाले फुटाउने तयारी

यि खलपात्र जसले कांग्रेसलाई रसातलमा लान भूमिका खेले, अनि देउवाका दश कमजोरी

उम्मेदवारी नै हापेर नवराज सिलवालको प्रचारमा उत्रिए प्रतिद्धन्द्धि उम्मेदवार

आफुलाई सम्हाल्दै बीना मगरले शुरु गरिन कञ्चनपुरमा चुनावि अभियान

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विष्फोट

देशले खोज्नुपर्ने र जनताले रोज्नैपर्ने नेताहरु जो चुनावी मैदानमा छन

डोल्पामा सबै भन्दा धेरै मत खस्यो, रोल्पामा सबै भन्दा कम अरु जिल्लामा कति ? सूचीसहित

प्रशासन View More..

Top