नेपाली सेनाको टोलीमाथी कंगोमा विद्रोही फौजद्धारा आक्रमण, ५ जनाको मृत्यु


Saturday, 17 Jun, 2017 9:15 AM

रोशन खड्का काठमाडौ – अफ्रिकी मुलुक कंगोमा गस्तीमा रहेको नेपाली सेनाको टोलीमाथी विद्रोही समुहले आक्रमण गरेको छ । कंगोमा लामो समयदेखी आतंक मचाइरहेको नेगेटिभ फोर्स (माई माई ) भन्ने विद्रोही समुहले सेनाको गस्ती टोलीमाथी आक्रमण गरेपछि सेनाले जवाफी हमला गर्दा ५ जना विद्रोहीको मृत्यु भएको छ । 
नेपाली सेनातर्फ दुई जना अमल्दार घाईते भएको सेनाले जनाएको छ । घाईते हुनेमा अमल्दार राम बहादुर कार्की र अर्जुन बहादुर भुजेल रहेका छन् । घाईतेहरुलाई आईसियुमा राखेर उपचार भइरहेको छ । दुवै जना घाईतेहरुको स्थिती खतरामुक्त रहेको छ । 

सहसेनानी लोकबहादुर वस्नेत नेतृत्वको टोलीमाथी विद्रोहीले आक्रमण गरेको थियो । सैनिक स्रोतकाअनुसार स्थानीय वासिन्दालाई ढालको रुपमा प्रयोग गरेर उनिहरुले सेनाको गस्तीलाई एम्बुसमा पारेको थियो । जवाफमा सेनाले कार्वाही गर्दा उनिहरु त्यहावाट भागेका थिए ।

सैनिक प्रवक्ता सहायकरथी झंकर बहादुर कडायतले कंगोमा दोहोरो भिडन्त भएको पुष्टी गरे । “कंगोमा सेनाको गस्तीमाथी आक्रमण भएको हो,अहिले अवस्था सामान्य भइसकेको छ ।” सैनिक प्रवक्ता सहायकरथी कडायतले मुलधारसंग भने ।

कंगोको कावसा भन्ने ठाउमा नेपाली सेनाको टोलीमाथी आक्रमण भएको थियो । विद्रोहीको गोली लागेर सेनाको युएन १३३९० नम्वरको एपीसीमा समेत क्षती पुगेको छ । घटनास्थल सेनाको नियन्त्रणमा आएको सेनाले जनाएको छ । सेनानी रामबहादुर लामाको कमाण्डमा २९ जना घटनास्थलमा बख्तरवन्द गाडीसहित परिचालन भएको छ ।  सेनाले घटनास्थलवाट एके ४७ नाल २ थान ,एके भरेको म्याग्जीन २ वटा र एके लिङ्कस १ थान बरामद गरेको छ । हाल कंगोमा नेपाली सेनाको शमशेर दल बटालियन कार्यरत छ ।  उक्त गणको गणपति प्रमुख सेनानी रत्न बहादुर गोदार रहेका छन् ।


 

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top