रथीको पदावधि थपसंगै सेनामा यसरी अन्त भयो नेतृत्वको दौड!


Thursday, 18 May, 2017 7:24 AM

काठमाण्डौ– एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको सम्भवत् अन्तिम मन्त्रीपरिषद वैठकले विहिवार सेनाका दुई रथीको पदावधी थप गर्ने निर्णय गरेसंगै नेपाली सेनामा भावी प्रधानसेनापतिको दौड लगभग सकिएको छ । सरकारले रथीद्वय वलदेवराज महत र पुर्णचन्द्र थापाको पदावधि विहिवार थप गरेको थियो ।  नेपाल प्रहरीमा नेतृत्व विकासमा जुन समस्या देखियो सायद त्यसैलाई मध्यनजर गरेर होला सैनिक नेतृत्वले यसपटक वुद्धिमतापूर्ण तरिकाले सेनाका दुवै रथीहरुको पदावधी बढाउने निर्णय गरेको छ ।

यसअघिका प्रधानसेनापति गौरवशमशेर राणाले उमेर हद वाकी भएपनि तत्कालिन रथी नेपाल भुषण चन्दमाथी व्यक्तिगत पूर्वाग्रह राखेर पदावधि थप नगरे पनि क्षत्रीले भने उमेर हद र सेनाको आवश्यकतालाई ध्यान दिएर दुवै रथीको पदावधि थपेर उदाहरणिय काम गरेका हुन ।

सेनामा निकै शक्तिशाली मानिने बलाधिकृतरथी रहेका बलदेवराज महतको तीन महिने पदावधि थपसंगै उनि आगामी आगामी १४ कात्तीकसम्म सो पदमै वहाल हुनेछन् भने त्यसपछि उमेर हदको कारण १५ कात्तिकमा महतले लामो सैनिक जिवनवाट अवकास पाउनेछन् । महतसंगै एकै दिन पदावधि थप भएका थापाले भने हालका प्रधानसेनापति राजेन्द्र क्षत्रीको २३ भदौ ०७५ मा तीन वर्षे पदावधि सकिएलगत्तै नेपाली सेनाको वागडोर सम्हाल्नेछन् ।

इजरायल–प्यालेस्टाइन सिमा क्षेत्र स्थित राष्ट्रसंघीय मिसन, अनडफमा फोर्स कमाण्डरको जिम्मेवारी सम्हालेका थापाले एक वर्षको अवधीमा आफुलाई भावी नेतृत्वका रुपमा कामले नै प्रमाणित गरेर नै होला सैनिक नेतृत्वले उनको पदावधि थप गर्ने निर्णय गरेको । फोर्स कमाण्डरको जिम्मेवारी सफलतापूर्वक पुरा गरेर एक वर्षमै नेपाल फर्केका रथी थापा उच्च व्यवसायीक सैनिक अधिकारी मानिन्छन् ।

थापा सेनामा यस्ता सैनिक अधिकृत हुन जसले सेनाका महत्वपुर्ण विभाग मानिनै सवै ठाउमा काम गरेर आफुलाई प्रमाणित गरिसकेका  छन् ।  उनले स्टाफतर्फ जंगी अड्डामा जनरल स्टाफ अधिकृत, प्रमुख सैन्य सचिवालयमा सम्पर्क अधिकृत, नेपाली सेनाको महत्वपूर्ण नियुक्ती मानिने सैनिक सचिव र कल्याणकारी निर्देशक र उपरथी हुदा कार्यरथी तथा संभाररथीको रुपमा जिम्मेवारी सम्हालेका छन् ।
फोर्स कमाण्डरका रुपमा काम गर्दा उपरथी थापा न्युयोर्कमा

सैनिक ऐनमा ५८ वर्ष पुगिनसकेको अवस्थामा रथीको पदावधि एक वर्ष थप्न सक्ने प्रावधानअनुसार नै महत र थापाको पदावधि प्रधानसेनापतिले थप गरेको देखिन्छ । प्रधानसेनापति क्षत्रीले पनि सैनिक ऐनमा नै टेकेर दुवै रथीको पदावधी थप गर्नको लागी सिफारीस गरेका हुन । यसअघि पनि सेनामा रथी बालानन्द शर्माको पदावधि थपेको इतिहास छ । २०६३ सालपछि रथीको पदावधी थप्ने अधिकार प्रधानसेनापतिमा सिमीत छ । यसअघि त्यो प्रावधान थिएन ।

सेनापति निकट स्रोतकाअनुसार क्षत्रीको चाहना आफ्नो भावी उत्तराधिकारी व्यवसायीक चरित्र भएको र नेतृत्व गर्न सक्ने क्षमता भएको होस भन्ने थियो । त्यसका लागी उनले आफ्नो झण्डै दुई वर्षे कार्यकालमा कसैलाई काखा र कसैलाई पाखा समेत गरेनन् ।   सायद लामो समयको मुल्यांकनपछि प्रधानसेनापति क्षत्री, रथी थापालाई नै आफ्नो उत्तराधिकारी बनाउने निष्कर्शमा पुगेका हुन । त्यसैको परिणामस्वरुप उनको म्याद थप भएको सैनिक वृतमा चर्चा छ ।

सरल स्वभाव र योग्यताका हिसावले पनि अव्वल मानिएका थापा लमजुङ्ग पाखाथोकमा जन्मिएका हुन । २०३६ सालमा सहायक सेनानीमा भर्ना भएका थापाको पल्टन भने गोरख बहादुर गण हो । थापाले सन् २००९ मा भारतको न्यु दिल्लीमा अवस्थित नेशनल डिफेन्स कलेजबाट नेशनल डिफेन्स कोर्ष गरेका हुन ।

सेनामा महतको अवकाससंगै हाल सैनिक गुप्तचर महानिर्देशनालयको प्रमुख रहेका उपरथी हेमन्त कुवर आगामी कात्तिक १५ मा रथीमा बढुवा हुनेछन् ।


 

Related News

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top