प्रधानसेनापतिले लिए निकै रहस्यपुर्ण निर्णय,सात देशमा सैनिक प्रतिनिधी खटाइए


Wednesday, 14 Jun, 2017 7:53 AM

रोशन खड्का काठमाण्डौ – नेपाली सेनाले विश्वका विभिन्न सात देशमा सैनिक सहचारी पठाउने निर्णय गरेको छ । सेनाले नेपाली दुतावास रहेको अमेरीका, भारत, चीन, बेलायत, पाकिस्तान, न्युर्याकस्थित संयुक्त राष्ट्रसंघ हेर्ने स्थायी नियोग र वंगलादेशमा सैनिक सहचारीको रुपमा सैनिक अधिकृतको छनौट गरेको हो । सैनिक स्रोतले दिएको जानकारीअनुसार विपत व्यवस्थापन निर्देशनालयमा कार्यरत सहायकरथी ईश्वर कान्त मैनाली भारत, १९ नम्वर वाहिनी अड्डामा कार्यरत सहायकरथी विनोद पाण्डे चीन, सैनिक सचिव विभागमा कार्यरत महासेनानी कुमारबावु थापा बेलायत,सैनिक कमाण्ड तथा स्टाफ कलेजमा कार्यरत महासेनानी पदम बहादुर सिंह न्युर्याकस्थित स्थायी नियोगका लागी छनौट भएका छन् ।

त्यसैगरी, प्रधानसेनापतिको सैनिक सहायक रहेका महासेनानी मधुकर कार्की अमेरिका, गुणस्तर नियन्त्रण निर्देशनालयमा कार्यरत महासेनानी हेमराज केसी पाकिस्तान र युद्धकार्य निर्देशनालयमा कार्यरत महासेनानी विनोद खरेल वंगलादेशको लागी सैनिक सहचारी छनौट भएका छन् ।
हाल चीनमा सहायकरथी कमलेशबहादुर सिंह, भारतमा सहायकरथी अरुण घले, अमेरीकामा महासेनानी हिमांशु खड्का,वंगलादेशमा सहायकरथी सागर केसी,बेलायतमा महासेनानी प्रदिपजंग केसी,न्युयोर्कस्थित स्थायी नियोगमा महासेनानी योगराज शर्मा र पाकिस्तानमा महासेनानी निरज पौडेल सैनिक सहचारीका रुपमा कार्यरत छन् ।  

सेनाले भारत र चीनमा सैनिक सहचारीको रुपमा सहायकरथीलाई पठाउदै आएको छ भने अन्य पाच देशमा महासेनानीलाई सैनिक सहचारीको रुपमा पठाउदै आएको छ । तत्कालिन प्रधानसेनापति गौरवशमशेर राणाको पालामा भारत र चीनमा सहायकरथीलाई सैनिक सहचारीको रुपमा पठाउने निर्णय भएको थियो । त्यो भन्दा पहिले सेनाले महासेनानीलाई सैनिक सहचारीको रुपमा पठाउदै आएको थियो । हालका प्रधानसेनापति राजेन्द्र क्षत्रीले राणाको निर्णयलाई नै निरन्तरता दिएका छन् । यसपटक सैनिक सहचारीको लागी भने सेनामा पहिलो पटक लिखित परिक्षा नै भएको थियो ।

 

Related News

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top