मन्त्री बन्न र बनाउन नपाएपछि कांग्रेसभित्र गुटमा पानी बाराबार

पौडेलले चित्त दुखाउँदै भने “शेरेका तिघ्रेले दुख दिए”


Tuesday, 8 Aug, 2017 12:00 AM

काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वको सरकार बिस्तारका क्रममा गुट÷उपगुटको व्यवस्थापन गर्न नसक्दा र मन्त्रीका आकांक्षीको चित्त बुझाउन नसक्दा खटपट भएको छ । देउवाले पछिल्लो पल्ट बिस्तार गरेको मन्त्रीपरिषद्मा पर्न मरिहत्ते गर्ने नेताहरु मन्त्री बन्न नपाएपछि चित्त दुखाउँदै पार्टी नेतृत्वलाई सत्तो सराप समेत गर्न थालेका छन् ।

देउवाले प्रधानमन्त्री भएको डेढ महिनापछि साउन ११ गते मन्त्रीपरिषद् बिस्तार गर्दा पार्टी संस्थापन पक्ष र असन्तुष्ट पक्षमा समेत बिबाद भएको हो । नेता रामचन्द्र पौडेलले कांग्रेसले मन्त्रिपरिषद्मा पाउने मन्त्रालयमध्ये आफ्नो गुटलाई ४० प्रतिशत पाउनै पर्ने अडान लिएका कारण र आफ्नै गुटबाट मन्त्रीका आकांक्षी धेरै भएपछि देउवाले ढिलो गरी मन्त्रीपरिषद् बिस्तार गरेका थिए ।

देउवाले गुट र उपगुटका मन्त्रीका आकांक्षीलाई चित्त बुझाउँदा स्थानीय तहमा सबैभन्दा बढि स्थान जिताउन सफल मोरङ, गोरखा र नवलपरासीबाट एक जनालाई पनि मन्त्री बनाएनन् । यि जिल्लाबाट कांग्रेसले नौं, नौं वटा स्थानीय तहमा जित हासिल गरेको थियो ।

पुरानो संस्थापन पक्ष (कोइराला—पौडेल) लाई छोडेर पछिल्लो डेढ बर्षदेखि सभपाति देउवाको पक्षमा उभिएका र पार्टी संसदीय दलको प्रमुख सचेतक समेत भएका चिनकाजी श्रेष्ठ मन्त्रिपरिषद्मा पर्न नसक्दा सबैभन्दा धेरै चित्त दुखाउनेमा परेका छन् । उनले अन्य दल एमाले र माओवादीका संसदीय दलका सचेतकहरु चार जनासम्म मन्त्री हुँदा पनि आफ्नो पालो नआएको भन्दै चित्त दुखाएका थिए । उनले निरंकुश पञ्चायती व्यवस्थामा समेत यस्तो मानसिक तनाव नभोगेको भन्दै सभपाति तथा प्रधानमन्त्री देउवालाई पञ्चायती व्यवस्थाले सृजना गरेको यातना भन्दा बढी पीडा दिने व्यक्तिको रुपमा चित्रित गरेका छन् ।

देउवाकै गुटका यूवा नेता भिष्मराज आङदम्वेलाई पनि देउवाले अन्तिम समयमा आएर मन्त्री नबनाएकोमा ठूलै चित्त दुखाए । उनले आदिवासी जनजाति भएर मात्र होइन, चाकडि र चप्लुसी गर्न नसक्ने आफ्नै कमजोरीलाई धिक्कार्दै थिए, आफ्ना नजिकका साथिहरुसँग ।

पार्टीको १३ औं महाधिवेशनमा पुरानो संस्थापन पक्षलाई छोडेर देउवालाई साथ दिन आएका पर्बतका अर्जुनप्रसाद जोशीले देउवालाई सभपातिमा जिताउन राम्रै भूमिका खेलेका थिए । उनी पार्टीको जनसम्पर्क समितिका संयोजकको हैसियतले देउवाको पक्षमा माहौल बनाएका थिए, तर उनी नै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर देउवा गुटबाट पराजित भए । केन्द्रीय सदस्य बनाइएका जोशीले मन्त्रीपरिषद् बिस्तार हुनु अघिल्लो साँझबाट मन्त्री हुनेको लिस्टबाट आफ्नो नाम काटिएकोमा खुवै चित्त दुखाएका छन् । उनले पार्टी महाधिवेशमा देउवालाई लगाएको गुन सम्झना नभएर होला, आफू मन्त्री बन्न सकिन भन्दै प्रतिक्रिया दिँदै हिँडेका छन् ।

श्रेष्ठ, आङदम्वे र जोशीलाई मन्त्री बनाउने भनेर अन्तिममा धोका दिए पछि कोही पनि सपथ समारोहमा गएनन् । श्रेष्ठ दौरासुरुवाल लगाएर सपथ भनेर जान लागेकाले घरमा थचक्क बसे भने आङदम्वे ललितपुरको गोदाबरी तिर लागेका थिए ।

पार्टीका पूर्वउपसभापति रामचन्द्र पौडेल गुटमा भने मन्त्री बन्ने बिषयमा ठूलै पहिरो गएको छ । पौडेल गुटमा असन्तुष्टि यति चुलिएको छ कि, उनकै गुटबाट महामन्त्री बनेका डा. शसांक कोइराला राम्रोसँग पौडेलसँग दिल खोलेर बोल्दैनन् । उनलेको चित्त दुखाई मन्त्री बन्न नपाएकोमा भन्दा पनि सभापतिलाई असहयोग गर्दै गुट बलियो बनाउने र आफ्नो सल्लाह नमान्ने भन्ने बिषयमा बढी थियो ।

सभापति देउवाले जेठ २३ गते प्रधानमन्त्रीको सपथ खाएकै बेला महामन्त्री डा. कोइरालालाईा उपप्रधानमन्त्रीसहित एउटा मन्त्रालय दिन चाहन्थे । तर, पौडेलले नै रोकेको थिए । देउवा त्यतिबेलै मोरङका महेश आचार्यलाई सञ्चार मन्त्री बनाएर क्याविनटमा लान चाहन्थे । पौडेलको अबरोधले मन्त्रिपरिषद्मा जान नपाएपछि कोइराला र आचार्य त्यसैबेलादेखि पौडेलसँग चिडिएका छन् ।

पछिल्लो पटक मन्त्रीपरिषद् बिस्तार गर्दा महामन्त्री कोइरालाले दीपक गिरीलाई पुन मन्त्रिपरिषद्मा लैजाने प्रस्ताव गरेका थिए तर पौडेलले मञ्जुरी दिएनन । उनले महिलाको समेत प्रतिनिधित्व हुने भन्दै झापाकी नेतृ तथा विगत चार बर्षदेखि अचेत अवस्थामा वाँचीरहेका नेता चक्र बास्तोलाकी भाञ्जी सरिता प्रसाईंलाई मन्त्री बनाउने प्रस्ताव गरे । कोइरालाको यो प्रस्तावलाई समेत पौडेलले लत्याएपछि उनले सबै निर्वाचितलाई मन्त्री बनाउने भन्दै काश्कीका यज्ञ थापा र बर्दियाका सञ्जय गौतमको नाम अघि सार्नु परेको थियो ।

पार्टीको केन्द्रीय कार्य सम्पादन समिति गठन गर्दा पौडेलले आफूहरुको नाम कटाएको भन्दै पाका नेता आनन्दप्रसाद ढुंगाना र डा. शेखर कोइराला तीन महिनाअघि देखि नैं पौडेलसँगको सम्बन्धबाट टाढिएका छन् । पछिल्लो समय मन्त्रिपरिषद् बिस्तारमा पौडेलले सल्लाह गर्न समेत बोलाउन छाडेपछि ढुंगाना र डा. शेखर पौडेलसँग रुष्ट बनेका छन् ।

नेता पौडेलले मन्त्री बनाउँछु भनेर पनि अडान लिन नसकेको भन्दै पौडेल गुटकै नेता बलबहादुर केसी यतिवेला पौडेलसँग चिढिएका छन् । यहाँसम्मकी केसीले अब मलाई मन्त्रि बनाउन देउवालाई दबाब दिन नसकको परिणाम देखाइदिने चेतावनी समेत दिएका छन् । उनले पौडेललाई भेटेर आफ्नो गुटबाट पाँच जनालाई यो यो मन्त्रालय देउ नत्र मन्त्रीपरिषद् नैं बहिस्कार गर्छु भनेर धम्क्याउन पौडेललाई उकासेका थिए । केसीको नाम पौडेलले सिफारिस गर्नासाथ चिढिने गरेका देउवाले अर्को नाम सिफारिस गर्न भनेका थिए । तर पौडेलले केसीको बिकल्पमा महामन्त्री कोइरालासँग सल्लाह गरेर नाम दिएका थिए । केसीले मन्त्रीपरिषद्मा आफ्नो नाम नपठाए पौडेललाई ठीक पारिदिने चेतावनी दिएको र पूर्व महामन्त्री प्रकाशमान सिंहले राजेन्द्र केसीलाई मन्त्री नबनाए पौडेल गुट नैं छाडिदिने धम्की दिएका थिए । केसी र सिंहको चेतावनी र धम्कीबाट अवाक भएका पौडेलले आफ्नै गुटका केही सांसदसँग “शेरेका तिघ्रेहरुले मलाई सताउन थाले कसरी सम्झाउनु होला” भनेर निकै चित्त दुखाएका थिए ।

नेपाली कांग्रेसबाट अलग भएर नेपाली कांग्रेस  प्रजातान्त्रिक गठन गर्दा सिंह र केसी दुवै जना देउवाका दाहिने हात थिए । दुवै जना लाठि मुंग्री र हातपात गर्नपनि पछि नपर्ने लडाकु स्वभावका भएकोले पौडेलले दुवैलाई तिघ्रेको उपमा पौडेलले सिंह र केसीलाई देउवाले  आफूलाई दुख दिन पठाएको हो कि क्या हो भनेर पाँच नम्वर प्रदेशका केसी सांसदसँगको भेलामा आशंका पनि व्यक्त गरेका थिए ।

यता खुमबहादुर खड्का गुटबाट मन्त्री बन्ने प्रयास गरेका संखुवासभामा दीपक खड्का, दाङका बुद्धिबहादुर भण्डारी, पार्वती डिसी चौधरी  खड्कासँग चिढिएका छन् । उनीहरु मन्त्रीका आकांक्षी थिए ।

कृष्णप्रसाद सिटौला गुटबाट चर्चा बटुलेका गगन थापाले पनि आफू पुन मन्त्री हुन पाउनु पर्यो भन्दै सिटौलाई दबाब दिएका थिए । उनले माओवादी केन्द्रबाट राम्रो काम गरेको भन्दै जनार्दन शर्मा मन्त्री हुन पाउने म किन नपाउने भन्दै सिटौलासँग घुर्की पनि देखाएका थिए । पछि उनले अनलाईन मिडिया मार्फत आफूले स्वास्थ्य मन्त्री हुँदा धेरै राम्रो काग गरेको तर स्वास्थ्य प्रतिष्ठानहरुको उपकुलपति नियुक्ती गर्दा भने सिटौलाले नैं नेतृत्व लिएको भन्दै दोष थोपरेको थिए । सिटौलाबाट सम्भावना नदेखेका थापा पछि देउवा र ससुरा अर्जुननरसिंह केसीको शरणमा समेत पुगेका थिए रे । तर उनलाई देउवा र ससुरा केसी दुवैले वास्ता नगरेपछि थापा थच्किएर बसेका थिए ।

Related News

बिचार

पूर्वराष्ट्रपति डा रामवरण यादवको सनसनीपुर्ण खुलासा :- मैले तीनपल्ट सेना बचाएको छु

अहिले सम्झिँदा– पहिलो संविधानसभामा जुन पार्टीहरूले सेरेमोनियल राष्ट्रपतिको भरपूर उपयोग गरे, दोस्रो सभामा तिनैले अविश्वास गरेजस्तो लाग्दैन रुतपाईंले यो एकदम ठिक भन्नुभयो । उनीहरूले सत्ताको लागि यसो गरेका हुन् । राष्ट्रपति सेरेमोनियल हो । तर, जुन बेला संसद् रहँदैन, त्यसको अख्तियार पनि राष्ट्रपतिकहाँ गइहाल्छ । बुद्धिजीवी, पत्रकारहरूले मलाई त्यसबेला बढी सक्रिय भएको भनी प्रश्न गर्ने पनि गर्छन् । सेनापतिको विषयमा यो प्रश्न उठ्छ । लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि सेनाको विषयमा मैले संविधानलाई अलिकति ‘इन्क्रोच’ (हस्तक्षेप) गरेकै हुँ । तर त्यो बुझेर गरिएको निर्णय थियो । किनभने, देशमा दुई वटा सेना थिए । कम्तीमा शिविरका लडाकुको व्यवस्थापन भइसकेपछि कार्यकारी प्रमुखले ‘फुल फङ्सन’ (पूर्ण भूमिका) गर्न सक्थ्यो । नत्र, कहिलेकाहीँ मैले लगाम लगाउनै पथ्र्यो । मैले यो कुरा प्रधानमन्त्री प्रचण्डलाई स्पष्ट भनिदिएको थिएँ, ‘तपाईं विद्रोही प्रधानमन्त्री, रक्षामन्त्रीले दुई वटा सेनाको समस्या समाधान गर्नुस् । त्यसपछि सेनाको इस्युमा हात हाल्नुस् ।’

प्रचण्डजी, बाबुरामजीहरूले एक डेढ महिनादेखि बाहिर आएर बोल्न थाल्नुभएको थियो । मेरो सोच र उहाँको सोचमा फरक हुन थाल्यो । मैले सिधै त सोधिनँ, तर भित्र–भित्रै होमवर्क गर्न थालिसकेको थिएँ । किनकि, मैले अरू पार्टीहरूको फरक विचार छ भन्ने थाहा पाइरहेको थिएँ । रक्षामन्त्री (बादल) ले प्रधानमन्त्रीकहाँ सेनापतिलाई बोलाएर मलाई सहयोग गर्न (राजीनामा दिन) भनेपछि सेनापतिले मलाई फोन गरेका थिए । दोस्रोपल्ट पनि त्यसैगरी बोलाएर सहयोग गर्न भनेको थाहा पाएपछि मैले (कटवाललाई) राजीनामा नगर्न भनें । म त्यसबेला पत्रकारको एउटा कार्यक्रममा थिएँ । बाटोबाटै सेनापतिको फेरि फोन आयो । मैले जवाफ दिएँ, ‘तपाईंले प्रधानमन्त्री र रक्षामन्त्रीलाई भन्नुहोला– संस्थागत प्रक्रियाबाट राजीनामाका लागि कुरा ल्याउन भन्नुस्, (संस्थागत बाटोबाट ल्याउँदा चिठी राष्ट्रपतिकहाँ आइपुग्छ) अहिले राजीनामा नगर्नुहोला ।’
पुलिस र सशस्त्रको नियमावली परिवर्तन नगर्नुस् भनेर मैले प्रधानमन्त्री राखेर उहाँलाई भनेको थिएँ । उहाँले नमान्ने हुँदा आज पुलिस र सशस्त्रको के दशा छ ? आज सशस्त्र भन्सार र एयरपोर्टमा बसिरहेको छ ।
 

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

महत्वपूर्ण वेबसाइट

Top