एनआइसीको ५० करोड गायव , स्विफ्ट ह्याक गरी विदेशी बैंकमा रकम जम्मा


Tuesday, 24 Oct, 2017 12:00 AM

काठमाडौं -ह्याकरहरूले नयाँ बाटो अपनाएर बैंकको रकम चोरी गरेको घटना सार्वजनिक भएको छ । प्रारम्भिक अनुसन्धानमा एनआइसी एसिया बैंकको रकम चोरी गरी विदेशका बैंकमा लगेर जम्मा गरिएको देखिएको छ । बैंकको स्विफ्ट नेटवर्क ह्याक गरेर जापानसहित ६ वटा देशका बैंकमा रकम स्थानान्तरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ । एनआइसी एसियाको स्विफ्ट ह्याक गरेर स्थानान्तरण गरिएको भनिएका बैंकहरूमा राष्ट्र बैंक र एनआइसीले भुक्तानी रोक्न पत्राचार गरिसकेका छन् ।

यसमध्ये कतिपयले रकम भुक्तानी भइसकेको जनाएका छन् भने केहीले स्थानान्तरण गर्न दिएको निर्देशनलाई स्थगित गरिदिएका छन् । बैंक स्रोतका अनुसार हल तिहारका दिन स्विप्mट ह्याक गरिएको थियो । उक्त दिन विदा हुँदा स्वीफ्टमा के भइरहेको छ भन्ने यकिन नहुनु र आइतबार विदेशी बैंकहरू बन्द हुँदा ह्याकरले दिएको निर्देशन कार्यान्वयन नगर्न गरिएको अनुरोध पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा बैंकबाट बाहिरिएको रकममध्ये के कति भुक्तानी गरियो भन्ने यकिन हुन सकेको छैन ।

स्रोतका अनुसार एनआइसी एसियासँगै अन्य ६ वटा बैंकको स्विफ्ट पनि ह्याक भएको आशंका छ । यद्यपी अन्य बैंकहरूले भने यस बारेमा राष्ट्र बैंकलाई जानकारी गराएका छैनन् । राष्ट्र बैंकले ह्याकरले रकम स्थानान्तरण गरेको बारे अनुसन्धान गर्न आफ्नो टोली एनआइसी एसिया पठाइसकेको छ । शनिबार एनएमबी बैंकको स्विफ्ट नेटवर्कमार्फत् विदेशी बैंकहरूमा रहेको अकाउन्ट ह्याक गरिएको हल्ला चले पनि एनआइसी एसियको चाहिं विदेशी बैंकहरूमा रहेका एकाउन्ट स्विफ्टमार्फत् ह्याक गरी रकम अन्य बैंकहरूमा ट्रान्सफर गरिएको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ । बैंकको कति रकम स्थानान्तरण भयो भन्ने विषयमा भने छानबिन भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार बैक खुल्नेवित्तिकै सम्बन्धित बैंकहरूको सुपरिपेक्षण सुरू गरिसकेको जनाएको छ । स्रोतका अनुसार एनआईसी बैंकको ५० करोड रूपैंया स्विफ्ट नेटवर्कमार्फत ह्याकरहरूले बिदेशी बैंकमा पु¥याएका छन् । नेपालमा यो घटना पहिलो भए पनि ह्याकरहरूले विदेशमा भने यसरी रकम स्थानान्तरण गरिसकेका थिए । यसअघि स्विफ्ट नेटवर्कमार्फत सन् २०१६ मा बंगलादेश बैंकको फेडरल रिजर्भ बैंक अफ न्यूयोर्कमा रहेको बैकबाट ८१ मिलियन रकम यसैगरी चोरी भएको थियो । विदेशी बैंकमा पैसा जम्मा गर्नका लागि प्रयोग गर्ने स्विफ्ट नेटवर्कमार्फत एकाउन्ट ह्याक गरी पैसा ट्रान्सफर भएपछि वित्तीय क्षेत्रको अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक संस्था स्विफ्टको विश्वसनियतामा पनि प्रश्न उठेको छ ।
नेपाल राष्ट्र बैंकले अध्ययनपश्चात् नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी) मार्फत कारबाही प्रक्रिया अघि बढाउने जनाए पनि यो समाचार तयार गर्दा सम्म सिआइबीमा भने कतैबाट पनि औपचारिक रूपमा अनुरोध नआएको ब्यूरोले जनाएको छ ।

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top