गुप्तचर प्रमुख रेग्मीले यस्तो हर्कत गरेपछि गृहमा हंगामा


Friday, 2 Sep, 2016 10:20 AM

काठमाण्डौ– प्रधानमन्त्रीको भ्रमणपुर्व दुई देशबीचको सुरक्षा साझेदारी,उच्च सर्तकता र समन्वयसम्बन्धमा छलफल गर्न नेपालका गृहसचिव र भारतीय समकक्षीबीच २० र २१ गते दुईपक्षिय बैठक हुदैछ,दिल्लीमा । तर,त्यही बैठकलाई लिएर यता रोइलो छ,सिंहदरबारसंगैको बरफबागमा । सुरक्षा मामलामा छलफल गर्ने भइसकेपछि गृहमातहतका तिन वटै सुरक्षा निकायका अधिकारी लैजाने मन्त्रालयको तयारी छ । त्यसका लागी नेपाल प्रहरी र सशस्त्रबाट एक एक जना डिआईजीको नाम पठाउन गृहले भर्खरै परिपत्र गर्यो । त्यस्तै परिपत्र राष्ट्रिय अनुसन्धान विभागमा पनि भएको छ । तर, राअले लाजै पचाएर गुप्तचर प्रमुखक दिलीप रेग्मीले आफ्नै नाम पठाएका छन् ।

प्रोटोकलका हिसावले सुरक्षा निकायका प्रमुखहरु सचिवभन्दा मुनि तर हैसियत दुवैको बरावर(विशिष्ट श्रेणी) हो । तर,अन्य सुरक्षा निकायले प्रथम श्रेणी दर्जाका डिआईजीलाई भ्रमणमा सामेल गराउने भइसकेपछि मर्यादाका हिसाबले पनि अर्को सुरक्षा निकायका प्रमुख नै जान चाहनु लज्जास्पद विषय हो ।

पर्वतका दिलिप रेग्मी अहिले राअका प्रमुख हुन । उनको चासो हो,भारतसंगका कतिपय संवेदनशिल विषयमा छलफल गर्न पठाउदा गोपियनता भंग हुने र समस्या आउने । यता,सिंहदरवारतिर लाग्ने गरेको आरोप के छ भने,बरफबागलाई राज्यकोषले भन्दा बढी तलब सुबिधा लैनचौरले दिने गरेको छ । त्यसवापत देशका महत्वपुर्ण र संवेदनशील सुचना वेप्रवाह लैनचौर हुदै दिल्लीस्थित साउथ ब्लक पुग्ने गरेको छ ।

गृहले दिलीपलाई भन्यो, डिआईजीस्तरको अधिकारी पठाउन सकिदैन भने पनि एआईजीस्तरको पठाउनुस् तर यसमा तपाई नजानुस् । समस्या के रहेछ भने,अहिले राष्ट्रिय अनुसन्धान विभागमा दोस्रो वरीयताका एआईजी भट्ट छन् । उनी प्रमुखका दावेदार थिए । तर,नियुक्ती हुदाको सरकारले दक्षिणी भनसुन र लैनचौरको दबाव थेग्न नसक्दा दिलीप प्रमुख भएका हुन । उनी प्रमुख भएकै दिनदेखी वरफवागमा तीव्र गुटवन्दी   छ ।

जुनियरलाई प्रमुख नमान्ने भट्टपक्षधर अधिकारीको त्यहा वर्चस्व छ । फलतः औपचारीकताबाहेक उच्चअधिकारीबीच कुनै समन्वयात्मक भुमिका छैन् । त्यसो त सरकारलाई गोप्य सुचना दिएर देशको सुरक्षा नीति बनाउनमा महत्वपुर्ण भुमिका खेल्नुपर्ने उक्त विभागले बिहान काठमाण्डौबाट प्रकाशन हुने दैनिक र साप्ताहिक पत्रिकाको कटिङ प्रधानमन्त्री र राष्ट्रिय सुरक्षा परिषदलाई पठाएर भुमिका खेलिरहेको छ । र देशका,महत्वपुर्ण सुचनाको चुहावट भने लैनचौरतिर हुने गरेको बताइन्छ ।

फेरी राअमा उच्च अधिकारीबीच चलेको द्धन्द्धको कारण भुमिका ननिभाएको बिषयमा छैन । लैनचौरबाट जे जति आउछ त्योमध्ये केही आसेपासेलाई बाड्ने र बाकी दिलीप एक्लैले खान्छन् भन्ने असहमती हो । उता, दोस्रो वरीयतामा भट्टलाई  कामै नदिएर अर्को जात्रा चलाईको जनआस्था साप्ताहिकले समाचार छापेको छ  ।
 

Related News

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top