गृहमन्त्री निधि विराटनगरवाट फर्केलगत्तै राजीनामा दिने,गोपालमानलाई गृह दिने देउवाको चाहना


Thursday, 1 Jan, 1970 5:30 AM

काठमाण्डौ– उपप्रधानमन्त्री कमल थापासँगको वरियता विवादमा पार्टी सभापति शेरबहादुर देउवाको समेत साथ नपाएपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि पदबाटै राजीनामा दिने निर्णयमा पुगेका छन् । सरकारमा  दोस्रो  वरियता  नदिए राजीनामा दिने बताउँदै आएका निधिले विराटनगरवाट फर्केलगत्तै राजीनामा दिने करिब निश्चित जस्तै छ । पूर्वाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीमा सहभागी हुन निधि शुक्रबार विराटनगर जाँदैछन् ।

सरकारमा काँग्रेसको तर्फबाट  नेतृत्व गरेका निधिले बिहीबार पार्टीका मन्त्रीहरुलाई गृहमन्त्रालय बोलाएर वरियतामा आफूलाई अपमान गरिए राजीनामा दिने बताएका थिए ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गरी राप्रपा अध्यक्ष कमल थापालाई आफूपछिको दोश्रो वरियतामा राख्ने गरी सरकारमा सहभागी गराएपछि वरियता विवाद हुँदै आएको थियो । वरियता विवादकै कारण लामो समयदेखि मन्त्रिपरिषद वैठक समेत बस्न सकेको छैन ।
गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले कमल थापा मातहतमा निधि  सरकारमा नबस्ने स्पष्ट गरे  । ‘उहाँले पहिल्यैदेखि कमल थापाको मातहतमा बस्दिन भन्दै आउनुभएको हो’, दाहालले भने, ‘प्रधानमन्त्रीले थापालाई वरियतामा अघि राखे उहाँ (निधि) सरकारमा बस्नुहुन्न ।’ प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा निधिले दुईपटकसम्म कार्यबाहक प्रधानमन्त्री चलाइरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार माओवादी केन्द्रको पार्टीको हेडक्वार्टर बैठक डाकेर राप्रपा अध्यक्षसेमत रहेका उपप्रधान तथा संघीय मामिला एवं स्थानीय विकासमन्त्री कमल थापालाई दोस्रो वरियतामा राख्ने निर्णय गराएका थिए ।  प्रधानमन्त्रीको उक्त निर्णयप्रति निधि असन्तुष्ट छन्  । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा मन्त्री निधिले वरियताक्रमअनुसार डिआईजी नवराज सिलवालाई आईजीपी नियुक्त गर्नुपर्ने अडान राखेदेखि नै उनको पार्टी सभापति देउवासँग समेत दूरी बढेको छ ।

निधिले पछिल्लो समय मधेसवादी दलहरुलाई समेटेर स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नुपर्ने बताउँदै आएका छन् । दुई चरणको चुनावबारे कांग्रेस सभापति देउवाको भने फरक धारणा छ । उनी तोकिएको मितिभित्र नै चुनाव सम्पन्न गरेर प्रचण्डबाट सत्ता लिने मनस्थितिमा छन् । निधिले राजीनामा दिए कांग्रेस नेता गोपालमान श्रेष्ठलाई गृहमन्त्री बनाउने मनस्थितिमा देउवा छन् ।

 

Related News

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top