ओबिओआरमा नेपालले गर्यो चीनसंग हस्ताक्षर (फोटो फिचरसहित)


Thursday, 11 May, 2017 9:20 AM

काठमाण्डौ– चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा  नेपाल र चीनले हस्ताक्षर गरेका छन् । परराष्ट्रमन्त्रालयमा  शुक्रबार विहान भएको कार्यक्रममा र्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकर दाश बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले सवैको अनुमानलाई गलत सावित गर्दै वान बेल्ट वान रोड अवधारणामा नेपालको सहभागिता रहने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ओविओआरमा नेपालको सहभागीता रहने र  सम्मेलनमा नेपालको तर्फवाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा उच्चस्तरीय टोली चिन पठाउने निर्णय गरेको थियो ।
हस्ताक्षर कार्यक्रमपछि बोल्दै परराष्ट्रमन्त्री महतले दुई देशबीच भएको समझदारीबाट नेपाललाई ठुलो लाभ हुने बताए । उनले यो समझदारी दुई देशको सम्वन्धमा महत्वपूर्ण पाइला भएको बताए ।

चीनीया राजदुत योङले सम्झौताले दुई देशको सम्बन्ध झन् निकट बनेको बताईन । उनले सम्झौताले नेपालको आर्थीक विकासमा टेवा पुग्ने दावी गरीन  ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा उनले चिनीया राष्ट्रपति सी जिनपिङलाई चीनले अघि बढाएको ओविओआर अवधारणामा नेपाल सदस्य बन्ने प्रतिबद्दता जनाएका थिए ।  दाहालले चीन भ्रमण गरेको ठिक एक महिनापछि सरकारको कार्यकालको अन्त्यतिर ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय उनको  सरकारले गरेको हो ।

बेल्ट एन्ड रोड अवधारणामा नेपाल सदस्य भएपछि नेपाललाई चीन हुंदै तेस्रो मुलुकसंग पारवहन ब्यापार गर्न सहज हुने अनुमान गरीएको छ । नेपाल समेत संस्थापक सदस्य रहेको एसियाली लगानी तथा पूर्वाधार बैंक र सिल्क रोड फन्डमार्फत् नेपालमा चीनले ठुलो लगानी गर्ने अपेक्षा गरीएको छ ।
ओबिओआरको अवधारणा अनुसार दुई देशबीच सडक तथा रेल कनेक्टिभीटी विस्तार, लगानी, ब्यापार, पर्यटन गरी विविध क्षेत्रमा सहकार्य हुनेछ ।  परराष्ट्रमन्त्रालयमा शुक्रवार भएको सम्झौतामा वान बेल्ट वान रोडको फ्रेमवर्क भित्र रहेर सीमापार रेल, बिद्युत् प्रशारण लाइन, विमानस्थल, सुख्खा बन्दरगाह, जलबिद्युत् परियोजना, राजमार्ग र भौतिक पूर्वाधार निर्माणमा दुई देशबीच सहकार्य हुने उल्लेख गरीएको छ ।  





 

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top