प्रचण्ड नेतृत्वको सरकारले सवैलाई आश्चर्य पार्दै ओबिओआरमा आज काठमाण्डौमै हस्ताक्षर हुदै


Thursday, 11 May, 2017 8:26 AM

काठमाण्डौ– चीन सरकारले अघि बढाएको वान बेल्ट वान रोड (ओबिओआर) अवधारणामा शुक्रवार काठमाण्डौमा हस्ताक्षर हुने भएको छ । परराष्ट्रमन्त्रालयले दिएको जानकारीअनुसार समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकर दास बैरागी र नेपालका लागी चिनियाँ राजदूत यु होङ्ले शुक्रवार विहान परराष्ट्रमन्त्रालयमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्रालयका प्रवक्ता सहसचिव भरत पौडेलले एक पेटी एक मार्गमा नेपालको सहभागिताबारे शुक्रवार बृहत् समझदारी पत्रमा नेपालमै हस्ताक्षर हुने बताए । “शुक्रवार विहान परराष्ट्रमन्त्रालयमा समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ,वेइजिङमा हाम्रो उच्चस्तरीय सहभागीता मात्र रहन्छ,हस्ताक्षर यतै गर्ने टुङगो लागेको छ ।” पौडेलले मुलधारसंग भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले सवैको अनुमानलाई गलत सावित गर्दै वान बेल्ट वान रोड अवधारणामा नेपालको सहभागिता रहने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ओविओआरमा नेपालको सहभागीता रहने र  सम्मेलनमा नेपालको तर्फवाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा उच्चस्तरीय टोली चिन पठाउने निर्णय गरेको थियो ।

नेपालले बेल्ट एन्ड रोड अवधारणाको सदस्य बन्न प्रधानमन्त्री केपी शर्मा वलीकै पालामा चीनसंग सन् २०१४ मै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेको थियो । त्यसपछि चीनले वारम्वार सम्झौताको लागी पहल गरेपनि सरकार त्यसमा गम्भिर नभएको आरोप लाग्ने गरेको थियो ।  परराष्ट्रस्रोतकाअनुसार परराष्ट्रमन्त्री प्रकाशशरण महत, सचिव शंकर दास बैरागी तथा चिनिया राजदूत यू बीच भएको वार्तामा सम्मेलनअघि नै समझदारी पत्रमा हस्ताक्षर गर्ने सहमती भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा उनले चिनीया राष्ट्रपति सी जिनपिङलाई चीनले अघि बढाएको ओविओआर अवधारणामा नेपाल सदस्य बन्ने प्रतिबद्दता जनाएका थिए ।  दाहालले चीन भ्रमण गरेको ठिक एक महिनापछि उनले नेपाल ओबिओआर अवधारणामा सदस्य बन्ने निर्णय गरेका हुन ।

प्रधानमन्त्री दाहालको यो निर्णयको जनस्तरवाट स्वागत भएको छ । चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल र चार जना मन्त्रीहरुलाई बेल्ट एन्ड रोड शिखर सम्मेलनमा सहभागीताका लागि निमन्त्रणा पठाएपनि स्थानीय निर्वाचनका कारण प्रधानमन्त्री चीन जान नपाएपछि महराको नेतृत्वमा  संचारमन्त्री राम कार्की र भौतिक योजनामन्त्री रमेश लेखक चीन जाने टुंगो लागेको थियो ।

बेल्ट एन्ड रोड अवधारणामा नेपाल सदस्य भएपछि नेपाललाई चीन हुंदै तेस्रो मुलुकसंग पारवहन ब्यापार गर्न सहज हुने अनुमान गरीएको छ । नेपाल समेत संस्थापक सदस्य रहेको एसियाली लगानी तथा पूर्वाधार बैंक र सिल्क रोड फन्डमार्फत् नेपालमा चीनले ठुलो लगानी गर्ने अपेक्षा गरीएको छ ।

ओबिओआरको अवधारणा अनुसार दुई देशबीच सडक तथा रेल कनेक्टिभीटी विस्तार, लगानी, ब्यापार, पर्यटन गरी विविध क्षेत्रमा सहकार्य हुनेछ ।  परराष्ट्रमन्त्रालयमा शुक्रवार हुने सम्झौतामा वान बेल्ट वान रोडको फ्रेमवर्क भित्र रहेर सीमापार रेल, बिद्युत् प्रशारण लाइन, विमानस्थल, सुख्खा बन्दरगाह, जलबिद्युत् परियोजना, राजमार्ग र भौतिक पूर्वाधार निर्माणमा दुई देशबीच सहकार्य हुने उल्लेख गरीएको छ ।  

 

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top