थप उपचारका लागि केपी ओली विदेश जाँदै

कार्यवाहक अध्यक्ष वामदेव गौतमले नै पाउने


Tuesday, 9 Sep, 2014 11:02 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दायाँ हात सुन्निने समस्या नरोकिएपछि फलोअप उपचारका लागि एक-दुई दिनभित्रै बैंकक जाने तयारी भएको छ । उनी विदेश गएका बेला उपाध्यक्ष वामदेव गौतम एमालेको कार्यबाहक अध्यक्ष बन्नेछन् । ओलीनिकट स्रोतका अनुसार हातमा संक्रमण बढ्दै गएकाले उपचारका लागि जानुपर्ने अवस्था आएको हो । शुरुमा कोरिया जानेबारेमा कुरा उठे पनि बैंकक नै जाने तय भएको स्रोतले जनाएको छ ।

अध्यक्ष ओली पूरा ठीक नहुँदै महाधिवेशनका कारण बैंककमा उपचार रोकी काठमाडौं आएका थिए । यसबीचमा महाधिवेशन तथा चुनाव प्रचार प्रसारको दौडधूपका कारण ओलीको स्वास्थ्यमा सुधार आउन नसकेकाले ‘फलोअप उपचार’ गर्न जाने बारेमा सल्लाह भइरहेको ओलीका एक निकट सहयोगीले बताए । ‘कहिले जाने भन्ने मिति तय भएको छैन, तर एक दुई दिनभित्रै जाने सम्भावना छ’ उनले भने ।

ओलीको अन्य समस्या नदेखिए पनि हातमा समस्या बढेकाले त्यसको लागि सम्बन्धित विशेषज्ञसँगै परामर्श गरिने भएको छ । उपचारका लागि कहिले र कहाँ जाने भन्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

अध्यक्ष जितेलगत्तै ओलीले पहिलो केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक राखिसकेका छन् । उनले उपचारमा जानुपर्ने भएकाले यसबारे अर्को पक्षबाट कुनै टीकाटिप्पणी नहुन् भनेर बैठक चाँडो-चाँडो बोलाएको स्रोतले जनाएको छ ।

साउन २५ गते बोलाइएको दोस्रो केन्द्रीय कमिटी बैठकअघि नै अध्यक्ष ओली उपचार गराएर फर्किने तयारी भइरहेको छ । त्यो बैठकले पोलिटव्यूरो र स्थायी कमिटीको निर्वाचन गर्ने भएकाले पनि महत्वपूर्ण छ । तर यसबीचमा स्थगित गरिएको संसदीय दलको बैठक भने ओली नभए पनि कार्यवाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बस्ने उच्च स्रोतले जनाएको छ ।

बिचार

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

अध्यन खोज विना रातारात जेर्णेलको ५ पदथप गर्ने कुचाल देशको हीतमा छैन

केही दिन यता सशस्त्र प्रहरी वलमा विशिष्ठ श्रेणीको पद ५ वटा थप गर्ने चलखेल भईरहेको खवरले व्यापकता पाएको छ । उक्त संगठनमा ११ वर्ष पुगेका ईन्सपेक्टरहरु डीएस्पीमा र १२ वर्ष पुगेका सिपाही सहायक हवल्दार सम्म हुन पाएका छैनन । देशमा ऐतिहासिक राजनैतिक परिवर्तन भएको दशकौ हुदा सम्म कुनै अध्यन कार्यदल वनेको छैन आवश्यक सुधार विकासका लागि । वर्तमान संविधान २०७२ अनुसार सशस्त्र प्रहरी वल, नेपाल केन्द्रीय शक्तिको रुपमा रहनेछ । यसको आवस्यकता वढेको छ र परिचालन पनि सोही अनुसार केद्रवाट हुने भएकोले अत्यन्तै दूरदृष्टि राखेर निर्णय लिनु उपयुक्त हुनेछ । यसलाई परम्परागतको स्थानीय प्रशासन र जनपद प्रहरीको ढांचामा सुजपुझ विना अल्प सोचका आधारमा कोठे राजनीतिका तरिकामा निर्णय गर्ने हो भने सेतो हात्ति वा सेरोमोनिएल र खर्चिलो हुनेछ । सुरक्षा काम कार्वाहीलाई असरदार र व्यवशायिक वनाउनस मातहतको दरवन्दी विस्तार गरी रेस्पोन्स क्यपासिटी वनाउनु पर्नेमा माथील्लो अहोदाको विशिष्ठ श्रेणीको जर्णेल पद थप गर्ने सोचले हतारको निर्णय फुर्सदको पछुताई हुनेछ । कुनै पनि फौजी संगठनमा स्ट्राटेजीक लेभल, विजेनस वा डिर्पाटमेण्टल लेभल तथा फंगसनल लेभल विचको सन्तुलन मिलेन भने फौज सेरामोनिएल वनाउन खोज्दा उट वने जस्तो नहोस ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top