ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष गठबन्धन घोषणापूर्व भएको सैद्धान्तिक आधारलाई टेकेरै यो निर्णयमा पुगे ओली–प्रचण्ड


Tuesday, 9 Jan, 2018 12:00 AM

काठमाडौं -एकीकरणको संयोजनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको शिर्ष तहको पद बाँडफाँडमा सैद्धान्तिक सहमतिको खाका बनेको छ । आगामी सरकारको नेतृत्व गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकीकृत बामपन्थी पार्टीको सहअध्यक्ष रहनेछन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी हाइकमान्डको कार्यकारी पदमा रहने सहमति बनेको छ ।


यस्तो सहमति ओली र प्रचण्डबीचको वैठकमा भएको छ । यसले एकता संयोजन समितिको वैठक डाक्न सहज भएको छ । एकतापछि दुबै पार्टीको मुख्य नेतृत्वको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा एकता संयोजन समितिको बैठक समेत बस्न सकेको थिएन ।


बैंकक जानुअघि ओलीले प्रचण्डसँग गोप्यरूपमा गरेको सहमतिबारे माओवादी स्रोतले भन्यो,‘विवादरहित नेतृत्वका लागि यस्तो सहमतिको खाका तयार भएको छ । यहि खाकाको आधारमा एकता संयोजन समितिले अन्य प्राविधिक कामको टुंगो लगाउनेछ ।’ बामपन्थी एकीकरणमा प्रभावकारी चासो भारतीय पक्षको पनि रहेका कारणले यस्तो सहमति बनेको हो । भारतीय पक्षले ओलीले अध्यक्ष नछाडे प्रचण्डलाई प्रधानमन्त्रीमा अघि बढाउनका लागि सुझाव दिएको थियो । तर, ओली कुनै पनि हालतमा प्रधानमन्त्री बन्ने भएपछि प्रचण्डले पार्टीको नेतृत्व पाउने पक्का भएको छ ।


प्रचण्डको नेतृत्वलाई एमालेका अन्य नेताले पनि स्वीकार गर्ने भएपछि ओली यो निष्कर्शमा पुगेका हुन् । यस्तो सैद्धान्तिक सहमति बामपन्थी गठबन्धन बन्नु अघि नै भएको थियो । बामपन्थी गठबन्धन घोषणापूर्व नै प्रचण्डले प्रधानमन्त्री भन्दा पार्टी कमान्डमा आफ्नो रूची देखाएका थिए । उक्त रूची सम्बोधन गर्नका लागि नै ओलीले गठबन्धनमा सहमति जनाएका थिए ।


आइतबार राती ओलीनिवासमा बालकोटमा भएको भेटमा प्रचण्डसँग ओलीले यस्तो समझदारीमा अघि बढ्ने बताएका थिए । तर, उनले प्रधानमन्त्री पदका लागि अन्य विकल्पमा नजानका लागि आग्रह समेत गरेका थिए ।


प्रचण्डले चाहेको बेलामा आफू प्रधानमन्त्री बन्नसक्ने अवस्था रहेपनि तत्काल पद भन्दा बामपन्थी ध्रुवीकरण र एकतालाई प्रभावकारी प्रयोग गर्न उद्दत रहेको बताउँदै आएका थिए । प्रचण्ड एकीकृत कम्युनिष्ट पार्टीको उपल्लो घेराको हाईकमाण्ड गर्नका लागि पहिलेदेखि नै उद्दत छन् ।
‘प्रचण्डले कम्युनिष्ट पार्टीलाई बलियो बनाउन सक्ने आधारमा छलफल भएरै गठबन्धन र एकताका लागि दुई दल अघि बढेका हुन् ।’, स्रोतले भन्यो,‘प्रचण्ड अध्यक्ष हुनेमा अब शंका छैन ।’

Related News

बिचार

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

अध्यन खोज विना रातारात जेर्णेलको ५ पदथप गर्ने कुचाल देशको हीतमा छैन

केही दिन यता सशस्त्र प्रहरी वलमा विशिष्ठ श्रेणीको पद ५ वटा थप गर्ने चलखेल भईरहेको खवरले व्यापकता पाएको छ । उक्त संगठनमा ११ वर्ष पुगेका ईन्सपेक्टरहरु डीएस्पीमा र १२ वर्ष पुगेका सिपाही सहायक हवल्दार सम्म हुन पाएका छैनन । देशमा ऐतिहासिक राजनैतिक परिवर्तन भएको दशकौ हुदा सम्म कुनै अध्यन कार्यदल वनेको छैन आवश्यक सुधार विकासका लागि । वर्तमान संविधान २०७२ अनुसार सशस्त्र प्रहरी वल, नेपाल केन्द्रीय शक्तिको रुपमा रहनेछ । यसको आवस्यकता वढेको छ र परिचालन पनि सोही अनुसार केद्रवाट हुने भएकोले अत्यन्तै दूरदृष्टि राखेर निर्णय लिनु उपयुक्त हुनेछ । यसलाई परम्परागतको स्थानीय प्रशासन र जनपद प्रहरीको ढांचामा सुजपुझ विना अल्प सोचका आधारमा कोठे राजनीतिका तरिकामा निर्णय गर्ने हो भने सेतो हात्ति वा सेरोमोनिएल र खर्चिलो हुनेछ । सुरक्षा काम कार्वाहीलाई असरदार र व्यवशायिक वनाउनस मातहतको दरवन्दी विस्तार गरी रेस्पोन्स क्यपासिटी वनाउनु पर्नेमा माथील्लो अहोदाको विशिष्ठ श्रेणीको जर्णेल पद थप गर्ने सोचले हतारको निर्णय फुर्सदको पछुताई हुनेछ । कुनै पनि फौजी संगठनमा स्ट्राटेजीक लेभल, विजेनस वा डिर्पाटमेण्टल लेभल तथा फंगसनल लेभल विचको सन्तुलन मिलेन भने फौज सेरामोनिएल वनाउन खोज्दा उट वने जस्तो नहोस ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top