मैना सुनुवार र भैरवनाथ काण्डका दोषी समेत पदकका लागी सिफारीस !

परराष्ट्रसचिवले दुई पटक आफ्नो नाम सिफारीस गरेपनि पदक पाएनन्


Monday, 29 May, 2017 8:50 AM

काठमाण्डौ– गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपतिले दिने मानपदवीमा नेपाल सरकारका उच्च पदाधिकारीले आफ्नो नाम आफै सिफारीस गरेको खुलासा भएको छ । विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेका व्यक्ति र सरकारी कर्मचारीले सरकारको सिफारीसमा राष्ट्रपतिले पदक दिएर सम्मान दिने चलन छ । राजाको शासनकालमा पनि आफु निकट सरकारी अधिकारी र सेना प्रहरीका उच्च अधिकारीहरुलाई पदक सिफारीस गर्ने प्रचलन रहेको थियो ।
सरकारले यो पटक ५ सय  १४ जनलाई मानपदवी प्रदान गर्न सिफारीस गरेको छ । जसमा अधिकाशं पहुचवाला र पहुचवालाका पिए र उनका निकटस्थहरुको बोलवाला छ । पदक सिफारीसमा पर्नेमा तिनै सुरक्षा निकायका प्रमुखहरु,मुख्यसचिव सोमलाल सुवेदी, गृहसचिव लोकदर्शन रेग्मीदेखी लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीसम्म छन् । पदकको सिफारीस गर्नेमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरु छन् ।
परराष्ट्रमन्त्रालय पदक विहिन
सरकारले ५ सय १४ जनालाई मानपदवी दिएपनि परराष्ट्रमन्त्रालयबाट भने एक जनाको नाम पनि सुचीमा परेको छैन । मन्त्रालयले पठाएको सिफारीसमा सचिव शंकरदास वैरागीको नाम परेपनि उनलाई समेत पदकमा सिफारीस गरीएको छ्रैन । यो भन्दा पहिलो पनि परराष्ट्रबाट वैरागीले आफ्नो नाम मात्र पदकका लागी सिफारीस गरेका थिए । तत्कालिन परराष्ट्रमन्त्री कमल थापाले उनलाई पदक दिलाउन कोशीस गरेपनि अन्तितमा उनको नाम सुचीवाट हटेको थियो ।

तपाईले पदकका लागी आफ्नो नाम मात्र सिफारीस गर्नुभएछ नी भन्ने मुलधारको प्रश्नमा “वैरागीले भने मैले होईन मन्त्रीज्युले मेरो नाम पठाउनुभएको हो,त्यो पनि अन्तिम समयमा पठाएकाले होला मेरो नाम परेन ।” परराष्ट्रमा पछिल्लो समय राहदानी विभाग, कन्सुलर विभागका साथै विदेशस्थित मिसनमा उत्कृष्ट काम भएपनि त्यहाका कर्मचारीलाई सिफारीस नगर्नु र सचिव वैरागीले आफु एक जनाको नाम मात्र सिफारीस गर्नु गलत भएको परराष्ट्रका एक उच्च अधिकारीको भनाई छ ।
परराष्ट्रसचिव वैरागीले आफ्ना नाम मात्र पदकका लागी सिफारीस गरेको भन्दै मन्त्रालयमा उनको आलोचना भएको छ ।

सेनामा पनि काण्ड लागेकाले पदक पाए
नेपाली सेनामा पनि पदक पाउनेहरु प्रधानसेनापति निकट र विभिन्न अभियोग लागेकाहरुले पदक पाएको खुलासा भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले भैरवनाथ काण्डका मुख्य दोषी सहायकरथी राजु बस्नेतको नाम सुप्रवलजनसेवाश्री पुरष्कारका लागी सिफारीस गरिएको छ भने मैना सुनुवार हत्या काण्डमा दोषी भनिएका तत्कालिन मेजर (हाल प्रमुख सेनानी) निरन्जन वस्नेतलाई प्रबल जनसेवाश्री पुरष्कारका लागी सिफारीस गरीएको छ ।

वस्नेतलाई राष्ट्रसंघले सुनुवार हत्याकाण्डमा संलग्न  भन्दै अफ्रिकाको चाडमा रहेको मिसनवाट नेपाल समेत फर्काएको थियो । उनलाई काभ्रे जिल्ला अदालतले निलम्वन गर्न आदेश दिएपनि सैनिक अदालतले भने उनलाई निर्दोष सावित गरेको थियो । सेनाले वस्नेत उक्त घटनामा दोषी नभएको दावी गर्दै आएको छ । तत्कालिन माओवादी नेता वावुराम भट्टराई प्रधानमन्त्री हुदा २०६९ असोज १८ मा सरकारले भैरवनाथ प्रकरणका मुख्य अभियुक्त राजु वस्नेतलाई सहायकरथीमा बढुवा गर्दा चर्को विरोध भएपनि हाल माओवादी नेतृत्वकै सरकारले उनलाई पदकका लागी सिफारीस गरेको छ  ।

वस्नेतमाथी द्धन्द्धकालमा भैरवनाथ गणबाट ४९ जना माओवादी नेता तथा कार्यकर्ता बेपत्ता पारेको अभियोग छ । उनलाई संयुक्त राष्ट्रसंघको उच्चायुक्तको कार्यालयले समेत तत्काल निलम्वन गरेर कार्वाही गर्न भनेपनि सेनालाई अस्विकार गर्दै आएको छ । वस्नेतलाई मानवअधिकारवादी संघसस्थाले पनि कार्र्वाहीका लागी दवाव दिदै आएका छन् ।



 

बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउन सक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न सक्दा उनको सफलताको आरम्भ हुनेछ ।

महत्वपूर्ण वेबसाइट

Top