पाकिस्तानी सेनाका कर्णेल नेपालवाटै वेपत्ता भएपछि पाकिस्तानमा हल्लीखल्ली


Saturday, 8 Apr, 2017 6:55 AM

काठमाण्डौ– पाकिस्तानी सेनाका अवकासप्राप्त लेफिटेनेण्ट कर्णेल मोहम्मद हविव जहिर नेपालवाट वेपत्ता भएका छन् । युएनमा जागिरको अन्र्तवार्ताको लागी पाकिस्तानवाट  ओमान हुदै नेपाल पुगेका जहिर लुम्वीनीवाट वेपत्ता भएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । उनलाई ओमानमा जाभेद अन्सारीले नेपाली मोवाइल उपलव्ध गराएको अनुसन्धानमा खुलेको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता नफिस जाकरीयाले पनि पाकिस्तानी सेनाका अवकाससप्राप्त अधिकृत नेपालवाट वेपत्ता भएको पुष्टि गरेका छन् । उनले पाकिस्तानी दुतावास र नेपाली अधिकारीहरुसंग घटनावारे कुराकानी भइरहेको पनि जनाएका छन् ।  

लेफिटेनेण्ट कर्णेल जहिरले अक्टोवर २०१४ मा पाकिस्तानी सेनावाट अवकास पाएका थिए । उनले सामाजिक संजाल लिंकदेनमा जागिरको लागी आफ्नो वायोडाटा राखेको र त्यसपछि वेलायतको फोनवाट मार्क थोमसोन नामवाट फोन आएको र अन्र्तवार्ताका लागी काठमाण्डौ बोलाइएको उनका परिवारले बताएका छन् ।

अप्रिल ६ मा काठमाण्डौ पुगेका जहिर त्यसैदिन वुद्ध एयरवाट लुम्बीनी पुगेपनि त्यसपछि भने सम्र्पकविहिन भएको जनाइएको छ । उनले लुम्बीनीवाट आफ्नो श्रीमतीलाई म्यासेज समेत पठाएको अनुसन्धानमा खुलेको छ ।

 

Related News

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top