भाईप्रति प्रचण्डको यस्तो अविश्वास किन ?


Tuesday, 12 Sep, 2017 12:00 AM

काठमाडौं - राजनीति र सत्तामा भाईहरूको विश्वास गरेका कारणले जङ्गबहादुर राणाले छोरासम्म गुमाउनु परेको थियो । विरासतमा छोरालाई उभ्याउन लागेको अभियोग लगाउँदै जङ्गबहादुरका छोरा जगतजङ्ग लगायत उनका सन्तानलाई शम्शेर खलकले हत्या गरेको इतिहाँसहरूमा छन् । सत्ता र शक्तिका लागि भाईले दाजुको हत्या गरेको इतिहाँस नेपाली राजनीतिमा कसरी बिम्बित हुन्छ त ? तर, त्यहि जङ्गबहादुरको खाँचो देखेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि छोराछोरीको राजनीतिक भविष्य गुम्ने देखेपछि आफ्ना भाई नारायण दाहालमाथि अविश्वास गरेका छन् ।

नारायण दाहाल चितवनका इञ्चार्ज हुन् । तर, अब भाइप्रति उनको विश्वास गुमिसकेको उनको घोषणाले प्रतित गरिसकेको छ । ‘म चितवनबाट चुनाव लड्छु’, उनले घोषणा गरिसकेका छन् ।

प्रचण्डले चितवनमा आफ्नो राजनीतिक विरासतको उदय गराउने प्रयत्न भने केही महिनाअघिमात्र गरेका होइनन् । यो एक वर्षअघिदेखिको योजनानुसारको घोषणा हो । काठमाडौं, सिरहा या रोल्पामा हार्ने त्रास भन्दा पनि राजनीतिक विरासत निर्माणका लागि उनी चितवनबाट लड्दैछन् । आफु शक्ति केन्द्र र कार्यकारी पदमा रहँदा चितवनसँग उनको प्रत्यक्ष सम्बन्ध बलियो नहुनुको कारणका विकल्पमा पनि उनी चितवन छिरेका हुन् । ‘अब जन्मथलोबाटै चुनाव लड्छु । एक ठाउँमा लड्ने भएकाले चितवन फर्किएको हुँ ।’, उनले पत्रकार सम्मेलनमा भने ।
प्रचण्डको यो घोषणा माओवादी केन्द्रको नेतृत्वभित्रको पारिवारिक राजनीतिको चिरफार पनि हो । चितवनको राजनीतिलाई प्रचण्ड परिवारमा नारायण दाहालले मात्र उपयोग गरेका थिए । ‘चितवनको संगठनको कुरा होइन उद्योग वाणिज्यदेखि हरेक कुरामा नारायण दाईको मनोपोली बढेको सवैले ठानेका थिए त्यसकारण त्यहाँ हस्तक्षेप गर्ने बेला आएरै यो निर्णय भएको हो ।’, प्रचण्डनिकट स्रोतले भन्यो,‘रेणु दाहालले जित्दा जित्दै हार्ने परिस्थिति झन्डै आएको थियो, त्यसमा पनि नारायण दाईको भुमिका देखियो ।’

प्रचण्ड सानो घेरालाई मात्र विश्वास गर्छन् । उनी परिवारभन्दा अरूलाई विश्वासमा लिन सक्तैनन् । त्यसकारण आफ्ना स्वकीय सचिवहरूको घेरामा छोरालाई युद्धकालदेखि नै अहिलेसम्म राखिरहेका छन् । खासगरी पहिलो पाइला रेणु दाहालको भरतपुरको उम्मेदवारीमार्फत राखे । त्यहाँ माओवादी केन्द्रका कार्यकर्ताले त सहयोग गरे तर भित्रि रूपमा नारायण दाहालको असहयोग रह्यो । बालुवाटार र लाजिम्पाटसँग चितवनको सोझो कनेक्शनमा रेणु देखिने भएपछि नारायणले भतिजि हराउनका लागि एमालेसँग निक्कै गोप्य छलफल चलाएका थिए । ‘रेणु दाहाल हराएपछि प्रचण्डको चितवन आउने सपना तुहिने र माओवादीको चितवन राजनीतिमा आफु हावी भइरहने उनको योजना नै थियो तर त्यो सबै उल्टो भयो’, प्रचण्डनिकट स्रोतले भन्यो,‘यसको खबर अध्यक्षलाई बारम्बार भएको हो । तर, जब मतपत्र च्यातिएर विवाद आयो त्यसबेला नारायण दाहालको निस्क्रियता देखेपछि उहाँले बुझिसक्नु भएको थियो ।’

त्यसो त राजनीतिक विरासत लामो बनाउनका लागि पनि प्रचण्डले आफूलाई चितवमा उभ्याएका हुन् । राजनीतिक उत्तराधिकारीका रूपमा नारायण दाहाललाई हटाउँदै रेणु दाहाललाई चितवन छिराएका प्रचण्डले अबको विरासतको राजनीति त्यहिँबाट थाल्दैछन् ।
प्रदेश र संसदको चुनाव मंसिर १० र २१ मा गर्ने निर्णय भइसकेको छ र चितवनमा तीन वटा निर्वाचन क्षेत्र बनेको छ । त्यसमध्ये एउटामा प्रचण्ड लड्नेछन् ।

 

Related News

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top