पुत्रशोकबीच प्रचण्डको ‘बोल्ड’ तयारी


Tuesday, 21 Nov, 2017 12:00 AM

काठमाडौं - चुनावको तिव्र अभियानको बीचमा बामपन्थी गठबन्धनको एउटा घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुत्रशोक परेपछि केही ठाउँका चुनावी अभियान र सभा प्रभावित भएका छन् । उनले आजको चितवनमा हुने चुनावी सभामा सहभागीता जनाउनेछन् । तर, सम्बोधन नगर्ने बताइएको छ । चुनावी सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र रामबहादुर थापा बादलले सम्बोधन गर्नेछन् ।

प्रचण्डका छोरा तथा सचिवालयका एकजना प्रमुख पात्र प्रकाश दाहालको आकस्मिक हृदयघातका कारण निधन भएको अस्पतालले ठहर गरेपछि उनी पुत्रशोकमा छन् । सभामा प्रकाशलाई श्रद्धाञ्जली दिइनेछ ।प्रचण्ड झापाको चुनावी सभालाई छाडेर काठमाडौं फर्किएपनि उनले शोकको घडीमा पनि चुनाव प्रभावकारी बनाउने बोल्ड निर्णय गरे । सँगै काठमाडौं आउन लागेका गठबन्धनको अर्को घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘म सम्हालिन्छु, परिवार सम्हाल्छु तपाई सभाको कमाण्ड गर्नुस्’ भनी फर्किएका थिए ।

नेता भएका कारणले शोकमा डुबेर बस्नेभन्दा पनि देशको स्थिति मजबुद बनाउने दायित्व रहेको भन्दै उनले चुनावका कुनै पनि कार्यक्रम नरोक्नका लागि माथाहथको पार्टी र गठबन्धनको घटकलाई निर्देशन र सुझाव पनि दिए । आकस्मिक रूपमा भएको यो दुर्घटनाले प्रचण्डलाई पारिवारिक शोक र भावनात्मक चोट पुगेपनि उनले देशलाई यसले प्रभाव पार्न नहुने धारणामा उनी अडिग रहे ।

‘श्रद्धाञ्जली र समवेदना दिने पार्टीका कार्यकर्ता र नेतालाई उहाँले चुनावी अभियानमा तिव्रताका साथ लाग्नका लागि निर्देशन दिनु भएको छ । उहाँ व्यक्तिगत रूपमा भावुक भएपनि देशका लागि अघि बढ्न सवैलाई अनुरोध गरिरहनु भएको छ’, लाजिम्पाट पुगेका माओवादीका एकजना विद्यार्थी नेता मदन चुडालले भने,‘प्रचण्डले देशको निकासका लागि अघि बढ्न सवैलाई आग्रह गर्नुभएको छ ।’

सोमबार दिनभर नै समवेदना र श्रद्धाञ्जली दिन आएका सवैसँग भेट्दा प्रचण्डले यस्तो सुझाव दिएका हुन् । तर, उनले आफु सम्हालिए पनि परिवार सम्हाल्न केही कठिन भएको पनि बताएका थिए ।  तीन वर्षभित्र छोरी र छोरा गुमाएको पीडाले परिवार सम्हाल्न कठिन भएको उनले बताएका थिए । उनकी जेठी छोरी ज्ञानुको क्यान्सरका कारण ओम अस्पतालमा ज्यान गएको थियो ।

जनताले आफूबाट अभिभावकको भूमिका खोजेकाले एउटा नेता भएका नाताले व्यक्तिगत रूपमा चित्त बुझाउने ठाउँ भएपनि परिवारको चित्त बुझाउन कठिन भइरहेको उनले बताए । भने,‘पीडा ठूलै छ । हामीले धैर्य गर्नुपर्छ भनेपछि विस्तारै नर्मलतिर स्थिति जाने क्रममा छ ।’
प्रचण्डको छोरा प्रकाश दाहालको हृदयाघातबाट ३६ वर्षको उमेरमा निधन भएको थियो । दाहाल परिवारलाई भेट्न र समवेदना व्यक्त गर्न प्रचण्ड निवास पुग्नेहरूको सोमबार पनि घुइँचो छ । सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दाहाल परिवारलाई भेटेकी छन् । उनले स्वर्गीय प्रकाशको तस्वीरमा पुष्प गुच्छा चढाएकी थिइन् ।

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top