प्रधानमन्त्री प्रचण्डले नारायाणकाजीलाई भने तपाईको अध्यक्ष म कि ओली ?


Wednesday, 4 Jan, 2017 1:42 AM

काठमाण्डौ– एमाओवादी विदेश विभाग प्रमुख तथा पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले एमालेसंग मिलेर पार्टीलाई फसाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” उनिसंग आगो भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वुधवार प्रधानमन्त्री प्रचण्डले श्रेष्ठलाई पार्टीको हित विपरीत काम नगर्न चेतावनी समेत दिएका छन् ।

प्रधानमन्त्री ताप्लेजुङमा रहेको वेला संसदको कार्यव्यवस्था परामर्श समितीको बैठकमा गिरिराजमणी पोखरेललाई पठाएर एमालेसंग मिलेको आरोप पार्टीमा श्रेष्ठमाथी लागेको  छ । श्रेष्ठले प्रमुख सचेत रहेका पोखरेललाई दवाव दिएर एमालेसंग मिलेको आरोप उनिमाथी छ । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले वरिष्ठ नेता श्रेष्ठलाई एमालेको ऐजेण्डालाई स्विकार गरेर गम्भिर गल्ती गरेको भन्दै आगामी दिनमा त्यसो नगर्न चेतावनी दिएका छन् ।

“संविधान संसोधन प्रस्तावको विपक्षमा एमाले छ, यो प्रस्तावलाई एमालेले राष्ट्रघाती हो भनेर भनिरहेको वेला प्रक्रिया अघि बढाउनुको सट्टा एमालेकै प्रस्तावमा सहमती जनाउन किन दवाव दिनुभयो ?” प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो ।  प्रधानमन्त्रीले श्रेष्ठलाई तपाईको अध्यक्ष केपी ओली की म भन्दै प्रश्न समेत गरेको स्रोतको दावी छ ।

आफ्नै पार्टीका नेता प्रधानमन्त्री रहेको सरकारले लोडसेडिङ मुक्त देश बनाएको,विकासको कामलाई तिव्र रुपमा अगाडी बढाएको,मधेषका मागलाई सम्वोधन गरेर राष्ट्रिय एकतालाई मजवुत बनाउने  कोशिस गरिरहेको वेला उनले सरकारलाई असहयोग गरिरहेको भन्दै एमाओवादी केन्द्रमा उनको आलोचना हुने गरेको छ ।

सभामुखले शिर्ष नेतासहित मंगलवार बोलाएको कार्यव्यवस्था परामर्श समितीको वैठकमा कांग्रेसवाट रामचन्द्र पौडेल,एमालेवाट सुवास नेम्वाङ र माओवादीवाट गिरिराजमणी पोखेरल सहभागी थिए । वैठकमा कानुनमन्त्री अजयशंकर नायकको समेत उपस्थिती रहेको  थियो ।  एमालेको तर्फबाट वैठकमा सहभागी एमाले नेता नेम्वाङले सर्वोच्चले गरेको फैसला स्वागतयोग्य भएको र यसले सहमती निर्मणको लागी पहल गर्न सजिलो हुने भन्दै संसद वैठक केही दिन स्थगित गर्ने प्रस्ताव राखेका थिए ।

उनको प्रस्तावपछि नेम्वाङ,पौडेल र पोखरेलवीच छुट्टै वैठक समेत वसेको थियो । एमाले नेता नेम्वाङको लाइनमा सवैले सहमती गरेपछि सभामुखले शिर्ष नेताहरुका प्रतिनिधीको सहमतीमा वैठक केही दिन सार्ने प्रस्ताव गरेकी थिईन । संसदको कार्यव्यवस्था परामर्श समितीको वैठकको सुझाव र सल्लाहमा नै सभामुखले संसदको वैठक अघि बढाउने प्रचलन छ ।

सरकारको संसद वैठक अवरोधका विचमा पनि सुरु गर्ने,झडप हुने स्थितीमा स्थगित गरेर अर्को दिन वैठकलाई जारी राख्ने तयारी भएपनि आफ्नै पार्टीका नेता एमालेसंग मिलेपछि प्रधानमन्त्री धर्म संकटमा परेका थिए । प्रधानमन्त्री प्रचण्डले यसलाई एमालेको आन्दोलनलाई आफ्नै पार्टीका नेताले नै सहयोग गरेको अर्थमा लिएका छन् ।

सभामुख ओनसरी घर्ती सहितको वैठकमा सवै नेताहरुले पार्टी लाइनअनुसार नै वोलेपनि मिनि वैठकमा भने सवैले वैठक केही दिन सार्ने सहमती गरेका थिए । एमाओवादी केन्द्रका नेता पोखरेल श्रेष्ठ निकट मानिन्छन् । श्रेष्ठले पछिल्लो समय वर्तमान सरकारले एमालेका मागलाई सम्बोधन गर्नुपर्ने बताउदै आएका छन् ।

उसो त  श्रेष्ठ कहिले राष्ट्रियताको खोक्रो नारा लगाएर त कहिले सेवा सुविधा त्यागेर चर्चामा आउने गरेका छन् । उनि पछिल्लो समय भने अध्यक्ष प्रचण्डको गाडी चढ्ने गरेका छन् । पार्टीका नेताहरु सुविधाभोगी भएको,नाराअनुसार व्यवहार नभएको भन्दै सार्वजनिक यातायात चढ्ने गरेका श्रेष्ठले आफु अस्वस्थ भएकोले गाडी आवश्यक परेको भनेपछि उनलाई प्रधानमन्त्रीले गाडी उपलव्ध गराएका हुन ।

माओवादी प्रवेश गरेपछि प्रायजसो लाभको पद हासिल गरेका श्रेष्ठले सरकारको वचाउ गर्नुको सट्टा उल्टै आलोचना गर्ने गरेको गुनासो पनि माओवादी नेतृत्वको छ । सरकार बढी दक्षिणको इशारामा चलेको,राष्ट्रियता खतरामा रहेको भन्दै श्रेष्ठले आफु निकटकासंग सरकारको आलोचना गर्ने गरेको माओवादी उच्च स्रोतको दावी छ ।

 

Related News

बिचार

नवराज सिलवाल प्रकरणः गणतन्त्रको कोतपर्व

-कृष्णा पौडेल,
निश्चय नै सिंगो राष्ट्रको अगाडि नागरिक नै हार्ने हो । राष्ट्रको जितका लागि नागरिकलाई हराउने हो । यो युनिर्भसल वा युर्निभसल जस्तै हो । हात्ती र हात्तीछाप चप्पल जस्तै । राज्य हार्नु हुँदैन भन्दै आफ्ना अभिष्ट पुरा गर्न केही नेता र प्रहरी स्वयंले प्रहरी संगठनमाथि खेले । यो भन्दा मेरो पुवाग्रह देखिन सक्छ । समाचारको बहानामा सञ्चार माध्यमले व्यक्तिको मानहानी गर्दै दोषी नै प्रमाणित गरिदिए । सिंगो राष्ट्र जो एक असल नागरिकको विपक्षमा लागिरहेको छ । जो एक असल नागरिकलाई हराउन लागिपरिरहेको छ । मिडिया, जसलाई त्यही राज्यद्वारा नियन्त्रित संस्थाले दिएको रिपोर्टको आधारमा न्याय खोजिरहेको व्यक्तिलाई दोषी नै प्रमाणित गरी समाचार छापिरहेका छन् । घन्काइरहेका छन् । सिलवाल र सरकार दुवै तर्फका आ–आफ्ना प्रतिवेदन विभिन्न मिडियामा आइसकेका छन् । प्रतिवेदनमा दुवै पक्षले आफू सही भएको यथेष्ट प्रमाण दिन खोजेका छन् ।

आईजीपी नियुक्ति प्रकरण :- कता जाँदैछ नेपाली कांग्रेस ?

सर्वोच्च अदालतले आइजीपी नियुक्तिका सन्दर्भमा गरेको फैसला कार्यन्वयन नगराउन कांग्रेस सभापति देउवा स्वयं सक्रिय भएको प्रचार सुरु भएको थियो । कांग्रेसको यो निर्णयले त्यो आरोपलाई पुष्टि गरेको छ । अदालतले निर्णय दिईसकेपछि कार्यान्वयनमा सघाउनुको विकल्प छैन । देउवाको आज जुन राजनीतिक उचाई छ यसमा स्वतन्त्र न्यायालयको ठूलो योगदान छ । पहिलो कुरा, सर्वोच्च अदालतका तत्कालिन न्यायधीशले ‘नेविसंघ अवैध हो’ भन्ने राजाको इच्छा मानिदिएको भए देउवाको राजनीतिक उदय नै हुने थिएन । त्यतिबेलै प्रतिबन्ध लागेर सेलाउँथ्यो । नेविसंघको अध्यक्ष बनेपछि नै देउवाको राजनीतिक शिखर आरोहरण सुरु भएको हो । त्यतिबेलाको निरंकुश राजतन्त्रले समेत अदालतको फैसलालाई दायाँबायाँ गर्ने आँट गरेन ।

महत्वपूर्ण वेबसाइट

Top