विवादीत छवि भएका प्रधानमन्त्री पुत्र प्रकाशले किन् राखे १५ लाख पर्ने अत्याधुनीक हयितार ?


Thursday, 16 Mar, 2017 7:21 AM

काठमाडौं – वहुविवाहको आरोप खेपिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका एक मात्र पुत्र प्रकाश दाहालले सुरक्षा थ्रेट बढेको भन्दै आधुनीक हतियार राख्ने अनुमती पाएका छन् । हतियार राख्न  अनुमतीको लागी दाहालले लामो समयअघि देखी प्रयास गर्दै आएका थिए ।
प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका  दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट हतियारको अनुमति लिइसकेका छन् ।  
काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले प्रधानमन्त्रीपुत्र प्रकाशलाई हतियार राख्ने अनुमति दिएको जानकारी दिए । सरकारले सुरक्षा थ्रेट विश्लेषण गरेर मात्र हतियार राख्ने अनुमती दिने गरेको भएपनि दाहालको हकमा भने हचुवाको भरमा लाइसेन्स दिइएको छ ।

प्रकाशले बिहीबारदेखि इटालीबाट आयात गरेको २२ बोरको अत्याधुनिक राइफल राख्ने अनुमति पाएका छन् । उनले लिएको राइफलको मूल्य १५ लाखभन्दा बढीको रहेको बताइएको छ । दाहाललाई दुई सय थान गोली राख्ने इजाजतपत्र पनि दिइएको छ । जेठी श्रीमती हुदा हुदै विद्यार्थी नेतृ विना मगरलाई कान्छी श्रीमतीका रुपमा भित्राएका प्रकाश विवादीत छविका व्यक्ति हुन । गृहस्रोतकाअनुसार दाहाललाई सुरक्षा थ्रेट बढेको आधारमा भन्दा पनि हतियार राख्ने सोखले उनले हतियार राख्न अनुमती मागेका हुन ।

“प्रधानमन्त्रीसंगै वालुवाटारमा दाहालको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी,शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी खटिरहेको अवस्थामा दाहालले छुटटै हतियार राख्नुपर्ने देखिदैन ।” गृहमन्त्रालयका एक उच्च अधिकारीले भने ।



 

Related News

बिचार

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

डीएसपी हुँदा एसएसपी पक्राउ गर्नुपर्दा

बडाहाकिम अनुहारमा चिटचिट पसिना निकाल्दै हातमा एउटा कागज समातेर आफ्नो कार्यकक्षमा ओहोरदोहोर गरिरहेका थिए । मैले आफू आएको जानकारी गराउनासाथ उनले ‘माथिको आदेश’ भन्दै हड्बडाउँदै र दुवै हात कमाउँदै (आवा) आकाशवाणीका रूपमा प्राप्त गरेको कागजको एउटा टुक्रा मतिर बढाए । तलदेखि माथिसम्म पढेँ । धेरै कुरा केही थिएन । गृह मन्त्रालयबाट जारी गरिएको गोप्य निर्देशन रहेछ । जसमा लेखिएको थियो, ‘विशिष्ट राजनीतिक परिस्थिति सिर्जना हुन पुगेकाले उल्लिखित ६ व्यक्तिलाई तुरुन्त पक्राउ गरी हिरासतमा लिनू र यस कदमविरुद्ध कुनै व्यक्ति वा समूहद्वारा राजनीतिक क्रियाकलाप प्रदर्शन गर्न खोजे उनीहरूलाई पनि यसै आदेशका आधारमा पक्राउ गरी माथि जानकारी गराउनू ।’ पाँच जना व्यक्तिको नाममा मलाई त्यस्तो अप्ठ्यारो लागेन । तर, एक जना व्यक्तिको नामले मलाई भित्रैदेखि झकझक्यायो । मैले ती नाम दोहोर्‍याएर–तेहेर्‍याएर पढेँ । एकपटक झस्किएँ पनि, कतै आफ्नै नाम त छैन भनेर । मेरो नाम त थिएन तर मभन्दा माथिल्लो तहका प्रहरी अफिसर अर्थात् एसएसपीको नाम त्यो पक्राउ गर्नू भन्ने पुर्जामा चौथो नम्बरमा थियो । उनी नेपाली कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायका नातेदार थिए ।

महत्वपूर्ण वेबसाइट

Top