गृहमन्त्री जनार्दन शर्मालाई वैदेशिक रोजगार व्यवसायि संघको धम्की


Saturday, 29 Jul, 2017 12:00 AM

काठमाडौ – गृहमन्त्री जनार्दन शर्मालाई शनिबार वैदेशिक रोजगार व्यवसायि संघले धम्की दिएको छ । मन्त्री शर्माको बैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीहरुको समस्या समाधान गर्न प्रहरीको स्पेशल फोर्स बनाएर परिचालन गरिने अभिव्यक्तिपछि संघले विज्ञप्ति निकालेको हो ।

संघका अध्यक्ष रोहन गुरुङले विज्ञप्ती जारीगर्दै गृहमन्त्रीको घोषणालाई नजिकबाट नियाली रहेको बताएका छन । विज्ञप्तीमा भनिएको छ, ‘वैदेशिक रोजगारीका नाममा वेरोजगार नेपालीलाई विभिन्न प्रलोभन देखाई सेटिङमार्फत सिमाना कटाउने, विदेशमा बिचल्लीमा पार्ने, राहदानी र रकम असुल्ने बिचौलियालाई तह लगाउन खोजिएको हो भने ठिक छ । तर इजाजत प्राप्त म्यानपावर कम्पनीमाथी कारबाही गर्न खोजिएको हो भने संघ खेद प्रकट गर्दछ ।’ म्यानपावर कम्पनीलाई ठगको लान्छना नलगाउन चेतावनी दिँदै संघले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने सोचभए आफूहरुसँग छलफल गर्न आग्रह पनि गरेको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितीको बैठकमा बोल्दै मन्त्री शर्माले युवाहरु ठगिएको हजारौं उजुरी प्रहरी समक्ष आउने गरेको उल्लेख गर्दै भन्नुभयो, ‘ठगीएको पैसा फिर्ता नपाउँदा धेरै घरबार विहीन भएका छन्, त्यस्तो समस्या समाधान गर्न प्रहरीको छुट्टै ब्युरो गठन गरेर परिचालन गर्नेगरी गृह मन्त्रालयले तयारी गरिरहेको बताएका थिए ।’

‘फ्रि–भिसाको प्रावधानलाई समेत हामीले नियमन गर्न सकेनौं’ मन्त्री शर्माले भनेका थिए , ‘दलालहरुले त्यही फ्रि भिसा बेचीराखेका छन्, बाहिर १० हजार बुझाएको रसिद दिएर भित्र एक लाख रुपैयाँ असुलिरहेका छन् ।’ हो यहि शब्दले व्यवसायि मन्त्रीसंग तर्सेका हुन ।

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top