प्रधानमन्त्री देउवाको साता व्यापी पश्चिम नेपाल भ्रमण :-पहिलो गांसमै ढुंगा


Tuesday, 14 Nov, 2017 12:00 AM

नेपालगन्ज - आधा खुला भएको भुइँतलाको सानो हलमा खचाखच कार्यकर्ता भरिएका थिए कांग्रेस बाँकेको पार्टी कार्यालयमा । सुरक्षाकर्मीलाई भीड मिलाउन हम्मेहम्मे थियो । पार्टी जिल्लासचिव कपिल शर्माले कार्यक्रम सुरु गरे । कार्यकर्तालाई जिज्ञासा राख्न भने । मञ्चमा बसेका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला सभापति किरण कोइरालासँग कानमा खुसुक्क भन्दै थिए, ‘केको जिज्ञासा छ र ? ऐले ढिला हुन्छ ? ’ कोइरालाले राख्न दिऊँ भन्ने इशारा गरिन् ।

लगत्तै भीडबाट एक जना कार्यकर्ता जुरुक्क उठे । ‘हामी पनि पार्टीमा लागेर जीवनै सक्किन लाग्यो, हाम्रो नामै सिफारिसमा परेन, टिकट वितरणमा रहेका मेरा भाइ उमेरका केन्द्रीय सदस्य किशोरसिंह राठौरले बरु मेरो उमेर सोध्नुभयो ? ’ बाँके क्षेत्र नं। ३ का ती कार्यकर्ता हरिभक्त उप्रेतीको रिस अझै सकिएको थिएन, ‘के हामी जिल्ला बस्नेहरूको पार्टीमा कुनै हैसियत छैन ?

भीडमा गडगडाहट ताली सुनियो । उनी अझै जोशमा आएर पार्टीप्रति गुनासो गर्दैथिए ‘पार्टी सकिनै लाग्यो सभापतिज्यू, एक त वाम गठबन्धनले त्यसै अप्ठ्यारो छ, त्यसमाथि पार्टी तपाईंकै कारणले सकिन लाग्यो । चुनाव कसरी जितिन्छ ? ’ उनले पार्टी जिल्ला सभापति किरण कोइरालाको समेत नाम समानुपातिक सूचीमा नअटाएको भन्दै गर्दा कोइराला टाउको हल्लाइरहेकी थिइन् । ताली एकनासले बजिरहेको थियो ।

उनलाई कार्यक्रम सञ्चालक जिल्लासचिव शर्माले जोडबल गरेर बसाउन खोजे पनि कार्यकर्ताले ‘हुटिङ’ नछाडेपछि बसाउन सकेनन् । तर, उनलाई जबर्जस्ती बस्न लगाइयो । अर्का कार्यकर्ता सोमबाहदुर थापा जुरुक्क उठेर एक्कासि कुर्लिए ‘सभापतिज्यू कहिलेसम्म हामीले तपाईंहरूको झोला बोकिरहने हो ? के तपाईंहरू मरेपछि मात्रै हाम्रो पालो आउने हो ? ’

उनलाई कार्यक्रम सञ्चालक जिल्लासचिव शर्माले जोडबल गरेर बसाउन खोजे पनि कार्यकर्ताले ‘हुटिङ’ नछाडेपछि बसाउन सकेनन् । तर, उनलाई जबर्जस्ती बस्न लगाइयो । अर्का कार्यकर्ता सोमबाहदुर थापा जुरुक्क उठेर एक्कासि कुर्लिए ‘सभापतिज्यू कहिलेसम्म हामीले तपाईंहरूको झोला बोकिरहने हो रु के तपाईंहरू मरेपछि मात्रै हाम्रो पालो आउने हो ? ’

उनको आक्रोश निकै बढ्दै थियो । कार्यक्रम सञ्चालकले फेरि माइकबाटै आफ्नो कुरा सक्न भने । झन् रिसाउँदै भने, ‘हाम्रो त जीवन नै सकिन लाग्यो, पार्टी पनि यही कारणले सकिन्छ रु अब कसरी जित्छ कांग्रेसले हामी पनि हेरौंला ।’

फेरि अर्का कार्यकर्ता देउवा नजिकै उभिएर गर्जंदै थिए । ती थिए, मुस्लिम समुदायका कांग्रेसी नेता अब्दुल हमिद सिद्धिकी । उनलाई सुरक्षाकर्मीले केही पछि धकेले । उनी त्यहीँबाटै कुर्लिन सुरु गरे । उनको पनि गुनासो टिकट वितरणप्रति नै थियो । ‘कांग्रेसलाई जनताले हराउँदैनन्, सभापतिज्यू यस्तै कारण आफैंले गर्दा कांग्रेसले हारेको छ’, उनी भन्दै थिए, ‘तपाईंले हाम्रै जिल्ला सभापतिको नामसमेत याद गर्नु भएन, यसरी त अब चुनाव जित्न गाह्रै छ ।’ कार्यक्रम सञ्चालकले जबर्जस्ती गरी उनलाई चुप लगाए तीनजना कार्यकर्ता बोलेपछि ‘फ्लोर’ बन्द भयो ।

त्यसपछि पनि कार्यकर्ता सम्झाउन देउवालाई हम्मे-हम्मे भयो । उनले टिकट वितरण ‘अन्याय’ भएको स्वीकार पनि गरे । ‘हो मलाई थाहा छ, एक से एक दुःख गरेका साथीहरूको नाम छुटेको छ, दुःख मलाई पनि लागेको छ’ प्रधानमन्त्री देउवाले कार्यकर्तालाई सम्झाउँदै भने, ‘तर, पनि यतिबेला चुनाव जित्नु छ, यसरी आफैंभित्र झगडा नगरौं ।’

उनले जिल्ला सभापति कोइरालाको नाम छुटेको बारेमा आफूलाई जानकारी नै नभएको भन्दै त्यसप्रति दुःख पनि व्यक्त गरे । उनले भने, ‘हामी आ(आफू पार्टीभित्र पछि लडौंला, अहिले चुनावमा लडौं र कांग्रेसलाई जिताऔं ।’ अन्नपूर्ण पोष्टमा खबर छ ।

Related News

बिचार

प्रहरी टुलुटुलु हेरेर बस्ने कि सरकारको निर्देशन कुरेर बस्ने ?

माओवादी आन्दोलन उत्सर्गमा पुगेका बेला (०५६) पनि प्रहरीले नै सुरक्षा रणनीति बनाएर चुनाव गराएको थियो। त्यतिबेला सरकार पहिला उभिन्थ्यो र पछि प्रहरी उभिन्थ्यो। तर, अहिले परिस्थित ठीक उल्टो बनेको छ। सरकार निर्णय र स्पष्ट निर्देशन दिन नसक्ने, प्रहरी नेतृत्व कताकता अल्मलिने देखिएको छ। प्रहरीले आदेश र निर्देशन कुरेर सम्भव छैन। ठूला घटनामा पठाउँदैको बेला ब्रिफिङ गरेर सरकारले भन्नुपर्छ कि अन्तिम समयमा तिमीहरूको हतियार नै खोस्न लागे वा ज्यान लिन लागे भनी अधिकतम अधिकार प्रयोग गर भनेर। ०५६ सालमा तत्कालीन विद्रोही माओवादी चुनाव हुन दिँदैनौं भन्दै बन्दुक र गोलीगठ्ठा बोकेर हिँडेको थियो। राज्यले पनि प्रहरी संगठनलाई ‘तिमीहरू जुनसुकै निर्णय गर्न पनि खुला छौु भनेर अधिकार दिएको थियो। मैले संगठनको नेतृत्व गरेको थिएँ। प्रहरी जवानदेखि सिनियर अधिकृतलाई जुनसुकै घटनामा ‘तिमीहरू नै निर्णयको भागीदार छौु भनेर सन्देश दिएको थिएँ। त्यस्तो अवस्थामा पनि चुनाव गराइयो। तत्कालीन समयमा शंका लागेका व्यक्ति वा समूहलाई ‘प्रि-एरेस्टु गरेका थियौं, जुन छिमेकी मुलुक भारतमा समेत गरिन्थ्यो। ठूला घटनामा सुरक्षा रणनीति सेनासँग समन्वय गरेर प्रहरी मुख्यालयभित्रै बन्थ्यो। अहिले सुनेको छु, गृह मन्त्रालयमा बन्छ रे !

बाऊको बिहे हेर्ने अवस्थामा पुग्ने जस्तो छ नेपाली कांग्रेस

यस्तो अवस्था रहदाँ रहदै काँग्रेसले माओवादी-एमाले जिते मुलुकमा सर्वसत्तावाद आउने कल्पनाको कुरालाई मुख्य चुनावी मुद्दा बनायो । यही हावादारी कुरालाई काँग्रेसले सर्वत्र उचाल्दै छ । बिमलेन्द्र निधी देखि गगन थापाले सम्म यसैमा जोड दिई रहेको देखिन्छ । पहाडको अवस्था मलाई धेरै थाहा छैन । पहाड वारे स्वंय काँग्रेसमै संत्रास देखिन्छ । तर मधेसमा त काँग्रेसको यो प्रचार टाउको दुख्दा नाईटोमा ओखति लगाए जस्तो भएको छ । सबैले बुझेको छ, काँग्रेसले खेलेको यो बचकाना खेल एमाले बिरूद्धको एक फगत आलोचना मात्र हो । काँग्रेसको आरोप झै यहाँ कुनै अधिनायकवाद आउने बाला छैन । तर, के नेपालका कम्युनिष्टहरूले सधै भारतलाई तारो बनाए झै अब नेपाली काँग्रेसले पनि सोही बाटो अपनाएको हो त ? आज काँग्रेसमा एक से एक जानकार तथा संवेदनशील मानिसहरू रहेको देखिन्छ, तरपनि सबै काँग्रेसीले यही कुरा फलाक्दै हिडीरहेको छ । काँग्रेसका सबै उम्मेदवारहरूले एमालेका बिरूद्ध यही सर्वसत्तावाद र अधिनायकवादको मुद्दा उचाल्दै भाषण गरिरहेको भेटिन्छ । सत्य त के हो भने शेर बहादुरको सरकार उपर ठूलो नैतिक प्रश्न खडा गर्दै सरकार मै सहभागी रहेका माओवादीले एमालेसंग चुनावी गठबन्धन बनाए पछि तत्काल रिसाएको काँग्रेसले रिस कै झोकमा बाम गठबन्धन बिजयी भए-देशमा कठोर अथवा स्टालिन कालको साम्यवाद आउने भनेको थियो । यसो भनेर वामपंथी ध्रुविकरणको बिरूद्ध कुनै रूपमा चुनावी फायदा लिन सकिन्छ कि भन्ने काँग्रेसको फुच्चे दाँउ हुनसक्छ ।

महत्वपूर्ण वेबसाइट

Top